कीवर्डहरू -

सामाजिक सञ्जालमा गैरकानुनी विज्ञापन : मेनपावर कम्पनीमाथि कारबाही

सामाजिक सञ्जालमा गैरकानुनी विज्ञापन : मेनपावर कम्पनीमाथि कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले पूर्व अनुमति बिना सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको आरोपमा एक मेनपावर कम्पनीलाई जरिवाना गरेको छ । विभागका अनुसार लाइसेन्स नम्बर १०२२/२०६८/०६९ भएको एशोसिएट वेलकम इन्टरनेशनल प्रा.लि. लाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

कम्पनीले विभागको स्वीकृति बिना सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइएपछि कारबाही गरिएको बताइएको छ । साथै, यस्ता गतिविधि नगर्न विभागले कम्पनीलाई सचेत पनि गराएको छ ।

त्यस्तै, अन्य दुई मेनपावर कम्पनीहरू मास ह्युमन रिसोर्स प्रा.लि. र टेस्ला ओभर्सिसलाई पनि विभागले सचेत गराएको छ । यी कम्पनीहरूको विवरण विभागको अभिलेखमा रहने गरी चेतावनी दिइएको हो । वैदेशिक रोजगार विभागले यी कारबाहीहरू वैदेशिक रोजगार ऐन २०६४ बमोजिम गरिएको जनाएको छ ।