समाचार
एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा
एनसेल र मेटलाइफ नेपालको साझेदारीमा डाटासँगै जीवन बीमा नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् ।
नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ ।
दुई प्याकेजहरूमा पहिलोमा करसहित ९९ रूपैयाँको प्याक रहेको छ । ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, २ लाख बराबरको म्यादी जीवन बीमा २ लाख रूपैयाँ बराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।
दोस्रोमा ३९ रूपैयाँको प्याक रहेको छ । यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा ५० हजार रूपैयाँ बराबरको म्यादी जीवन बीमा र ५० हजार रूपैयाँ बराबरको घातक रोग बीमा पाउँछन् । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।
ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्छन् । यी प्याकहरु *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ ।
यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरुलाई यसले ठूलो महत्व राख्दछ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बीमा सुविधासहितको “डाटासँगै जीवन बीमा” योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्वपूर्ण यात्रा सुरु गरेको छ ।
“मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौं । यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ । आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “मेटलाइफ नेपालमा हामी सुरक्षा सबैको अधिकार हो, सुविधा होइन, भन्ने विश्वास गर्छौं । यो साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाईं र तपाईंको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु हो ।”
समाचार
युनाइटेड एकेडेमीमा अब कक्षा ५ देखि नै कोडिङ, प्रोग्रामिज र युनाइटेड एकेडेमीबीच सहकार्य
देशकै अग्रणी एडटेक कम्पनी प्रोग्रामिजले युनाइटेड एकेडेमी ग्रुपसँग साझेदारी गर्दै कक्षा ५ देखि नै …
अब सोरा एपमा फ्रीमा एआई भिडियो बनाउन नपाइने, १० भन्दा बढी कन्टेन्ट क्रिएसनका लागि पैसा तिर्नुपर्ने
आर्टिफिसियल इन्टेलिजेन्स एआई कम्पनी ओपनएआईले आफ्ना प्रयोगकर्ताका लागि ठूलो परिवर्तन गरेको छ। कम्पनीले अहिले आफ्नो सोरा एपमा एआई भ…
सिरी एआई २०२६ मा आउने संकेत: एप्पलको एआई रिबुटको तयारी
एप्पलको लामो समयदेखि ठप्प अवस्थामा रहेको सिरी एआईको लन्च अन्ततः गतिशील अवस्थामा फर्किएको छ र यसलाई २०२६ भित्र प्रयोगकर्ताका लागि …
आंशिक रुपमा चल्न थाल्यो यातायात व्यवस्था विभागको सर्भर
यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा चलेको छ। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको सर्भर कात्तिक १६ गत…
एप्पलद्वारा आईफोनमा भ्वाइस आइसोलेसन सुविधा सार्वजनिक, भीडभाडमा कलिङ आवाज सुधार्ने समाधान
एप्पलले आईफोनमा भ्वाइस आइसोलेसन नामक नयाँ सुविधा उपलब्ध गराएको छ, जसले कलको समयमा प्रयोगकर्ताको आवाजलाई प्राथमिकता दिएर पृष्ठभ…
यूट्यूबको नयाँ एआई फिचरले पुराना भिडियोहरूको क्वालिटी अपग्रेड गर्ने
यूट्यूबले केही महिनाहरूमा धेरै एआई-पावर्ड फीचरहरू प्रस्तुत गरिसकेको छ, र अब कम्पनी भिडियो क्वालिटीमा पनि आर्टिफिसियल इंटेलिजेन्…
आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा स्टार्टअपहरूका लागि २ दिने तालिम सम्पन्न
आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा आयोजना भएको दुई दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १५ र १६ गते स्टार्टअप त…
क्यान्भाको नयाँ ‘डिजाइन मोडेल’ सार्वजनिक, एफिनिटी सफ्टवेयर अब निःशुल्क
विश्वप्रसिद्ध ग्राफिक डिजाइन कम्पनी क्यान्भा (Canva) ले बिहीबार डिजाइनका लेयर र फर्म्याटहरू बुझ्नसक्ने गरी आफ्नै डिजाइन मोडेल सार्वज…
इसेवा र शिखर इन्स्योरेन्सले ल्याए ‘सहारा हेल्थ इन्स्योरेन्स’, १ हजार ३९९ रूपैयाँबाट प्रिमियम सुरू हुने
डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपालीको स्वास्थ्य सुरक्षाला…
एपीईसी शिखर: शीले एआईलाई ‘मानवताको विश्वव्यापी सम्पत्ति’ बनाउने योजना अघि सारे, अमेरिका असहमत
दक्षिण कोरियाको ग्योंग्जू शहरमा भएको एपीईसी (एशिया–प्यासिफिक आर्थिक सहयोग) शिखर सम्मेलनमा चीनका राष्ट्रपति शी जिनपिंगले ए…
कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै, दिगाे टेक इकाेसिस्टम विकासमा सघाउने विश्वास
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ‘
नोभेम्बर महिना टेक्नोलोजी प्रेमीहरूका लागि निकै विशेष रहनेछ। यो महिनामा वानप्लस, नथिङ, ओप्पो, रियलमी र आईक्यू जस्ता प्रमुख कम्पन…
टप ५ स्मार्टफोन नोभेम्बरमा आउँदै: नथिङ (३ए) लाइटदेखि ओप्पो फाइन्ड X९ प्रो सम्म
ट्रम्पको गोल्डेन डोमका लागि उपग्रह विकास गर्न स्पेसएक्सलाई २ अर्ब डलरको ठेक्का दिने तयारी
अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले अमेरिकी सरकारका लागि उपग्रह विकास गर्न करिब २ अर्ब अमेरिकी डलरको ठेक्का पाउने भएको छ…
देशभरका ३७ विमानस्थलमा फ्री वाईफाई सेवा सञ्चालन गर्दै नेपाल टेलिकम
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फ्री वाईफाई इन्टरनेट सेवा कार्तिक ११ गतेदेखि त्रिभुवन अन्…
तेह्रौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला
नेपालका लागि तेह्रौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ । कार्यक्रमको सिनियर विधामा जुलाई १, २००६ वा त्यसपछ…