समाचार
अमेरिका–चीनबीच टिकटक सम्झौतामा अन्तिम सहमति
संयुक्त राज्य अमेरिका र चीनले टिकटक सम्झौतामा अगाडि बढ्ने तयारी गरेका छन्। अमेरिकी राजस्व सचिव स्कट बिसेन्टका अनुसार दुई देशबीच उक्त सम्झौता अन्ततः टुंगिएको छ।
बिसेन्टले गत महिना म्याड्रिडमा भएका छलफलका क्रममा टिकटक सम्झौताका लागि ‘फ्रेमवर्क’ तयार भएको बताएका थिए। त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता सहज बनाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
सीबीएसको ‘फेस द नेशन’ कार्यक्रममा आइतबार बिहान बोल्दै बिसेन्टले भने, ‘हामीले म्याड्रिडमा सम्झौता गरेका थियौं, र आजको मितिसम्म सबै विवरणहरू मिलिसकेका छन्। यो सम्झौता बिहीबार कोरियामा दुई नेताले औपचारिक रूपमा पूरा गर्नेछन्।’
उनले सम्झौताका विस्तृत विवरण सार्वजनिक गर्न अस्वीकार गरे पनि भने, ‘मलाई चिनियाँ पक्षलाई लेनदेन स्वीकृत गर्न राजी गराउने जिम्मेवारी थियो, र त्यो हामीले पछिल्ला दुई दिनमा सफलतापूर्वक पूरा गरेका छौं।’
राष्ट्रपति ट्रम्पले बाइटडान्सलाई आफ्नो स्वामित्व अन्तर्गतको टिकटक अमेरिकी बजारमा बिक्री गर्न वा प्रतिबन्धको जोखिम मोल्नुपर्ने कानुनको समयसीमा पटक–पटक विस्तार गर्दै आएका छन्।
ट्रम्पको कार्यकारी आदेशअनुसार, टिकटकको अमेरिकी सञ्चालन (रेकमेन्डेसन एल्गोरिदम, स्रोत कोड र कन्टेन्ट मोडरेशन) नयाँ बोर्ड अफ डायरेक्टर्सको नियन्त्रणमा रहनेछ। यस अन्तर्गत ओरेकल (Oracle) सुरक्षा सञ्चालनको जिम्मेवारी लिनेछ।
ट्रम्पका सहयोगी ल्यारी एलिसन नेतृत्वको ओरेकलसँगै फक्स कर्प, एन्ड्रिसन होरोविट्ज र सिलभर लेक म्यानेजमेन्ट नयाँ संयुक्त लगानीकर्ताको रूपमा रहने जनाइएको छ। फक्सको सहभागिता ट्रम्प स्वयंले पुष्टि गरेका छन्।
यो पनि पढ्नुहोस्
अमेरिकामा टिकटक: बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताको हुने, सम्झौतामा कहिले होला हस्ताक्षर ?
अमेरिकामा टिकटक: ८० प्रतिशत स्वामित्व अमेरिकी लगानीकर्ताले लिने, नयाँ एप परीक्षणमा
समाचार
एक्सटेन्सन बोर्डमा यी उपकरणहरू नलगाउनुहोस्, हुन सक्छ ओभरलोड र आगलागीको जोखिम
एक्सटेन्सन बोर्ड सामान्यतया कम बिजुली खपत गर्ने उपकरणहरू (जस्तै मोबाइल चार्जर, ल्यापटप वा साना ल्याम्प) लाई पावर दिन डिजाइन गरिएक…
'आई’को रहस्य: आइम्याकदेखि आईफोनसम्म, एप्पलले किन आईको प्रयोग गर्छ?
आईफोन संसारका सबैभन्दा लोकप्रिय स्मार्टफोनहरूमध्ये एक हो र यसको नामअगाडि रहेको 'आई' अक्षर यसको पहिचान बनिसकेको छ। आइम्…
नयाँ जेनेरेटिभ म्युजिक टुल विकासमा काम गर्दै ओपनएआई
कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआई हाल एउटा नयाँ जेनेरेटिभ म्युजिक टुल विकास गरिरहेको खबर सार्वजनिक भएको छ। द इन्फर्मेशनको रिपोर्टअनुसार, यो उपकरणले पा…
पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली ग्लोबल च्याम्पियनशिपका लागि छनोट
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ। प्रतियोगिता…
ओएसआर डिजिटलले युट्युबमा पार गर्यो १ करोड सब्सक्राइबर
ओएसआर डिजिटलले युट्युबमा १० मिलियन अर्थात १ करोड सब्सक्राइबर पार गरेको छ । ९ वर्षको युट्युब यात्रापछि शुक्रबार ओएसआर डिजिटलले य…
टिकटकको कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने भिडियोहरू बढ्दै, नेपालबाट मात्रै हटे २४ लाख बढी भिडियो
सामाजिक सञ्जाल टिकटकले सन् २०५ को दोस्रो त्रैमासिकमा नेपालका २४ लाख बढी भिडियोहरू हटाएको छ । टिकटकले तीन महिनाको अवधिमा कम्य…
फ्युजमेसिन र सीएसएलएम एक्युजीसन कर्प बीचको व्यापारिक एकीकरण सम्पन्न, फ्युजमेसिन नेस्डाकमा सूचीकृत
फ्युजमेसिन इन्क, एक एआई समाधान र सेवा कम्पनीले सीएसएलएम एक्युजीसन कर्प (नेस्डाक) सँगको व्यापारिक एकीकरण आ…
सानिमा बैंकको तिहार–छठ विशेष अफर: १०प्रतिशत क्यासब्याक र थप १०प्रतिशत छुट
सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ ।
…एआई र सोसल मिडियाको प्रभाव: विकिपिडियामा मानव भिजिट ८ प्रतिशतले घटे
फ्री अनलाइन इन्साइक्लोपीडिया प्लेटफर्म विकिपिडियाले खुलासा गरेको छ कि २०२५ मा यसको वेबसाइटमा मानव भिजिट्समा ८ प्रतिशत कमी आएको…
माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त, कम्पनीले रूपान्तरण र डिजिटल लक्ष्यमा जोड दिने
एनसेलले माइकल फोलेलाई नयाँ प्रमुख कार्यकारी अधिकारी (CEO) का रूपमा नियुक्त गरेको घोषणा गरेको छ, जुन नियुक्ति १ नोभेम्बर २०२५…
आईसीटी अवार्ड र हिमालय टिभीबीच प्रसारण साझेदारीका लागि सम्झौता
आईसीटी अवार्ड २०२५ का आयोजक र हिमालय टिभीबीच आधिकारिक प्रसारण साझेदारी गर्ने सम्झौता गरिएको छ। उक्त सम्झौता पत्र १६ अक्टूबर २०२…
विन्डोज १० सपोर्ट समाप्त:सिक्युरिटी अपडेट रोकिएपछि प्रयोगकर्तामा जोखिम बढ्यो, अब के गर्ने?
माइक्रोसफ्टले आफ्नो पुरानो अपरेटिङ सिस्टम विन्डोज १० को समर्थन बन्द गर्ने घोषणा गरेको छ। अब प्रयोगकर्ताहरूले सुरक्षा अद्यावधिक(अपडे…
मेटाद्वारा तीन वर्षपछि स्थानीय रोजगारी सूची फेरी सुरु, अब फेसबुकबाटै जागिर खोज्न सकिने
मेटाले तीन वर्षपछि आफ्नो स्थानीय रोजगारी सूची सुविधा फेरी सुरु गरेको छ। यस सुविधामार्फत् प्रयोगकर्ताहरूले अब आफ्नो छिमेकमै जागि…
लिपमोटर बी टेनको रेञ्ज टेस्टः एकै चार्जमा ४५० किमी पूरा
चीनको लोकप्रिय इलेक्ट्रिक गाडी ब्रान्ड लिपमोटरको नयाँ मोडल B10 ले काठमाडौं–पोखरा–काठमाडौं मार्गमा एकै चार्जमा सफलत…
इनड्राइभले नेपालमा “राइड मोर, विन मोर” अभियानमार्फत् यात्रुलाई ई-स्कुटर र स्मार्टवाच प्रदान गर्याे
ग्लोबल मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले काठमाडौँमा आफ्नो “राइड मोर, विन मोर” अभियानका ग्रान्ड प्राइज वि…