समाचार
च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार
ओपनएआईले आफ्नो अत्याधुनिक कृत्रिम बुद्धिमत्ता मोडेल च्याटजीपीटी-५ को सार्वजनिक गरेको छ । ओपनएआईका अनुसार, यो मोडेल अघिल्ला संस्करणहरू जस्तै च्याटजीपीटी-४ओ, च्याटजीपीटी-४.५, र च्याटजीपीटी-३.५ भन्दा निकै बुद्धिमान, तीव्र र सुरक्षित छ ।
च्याटजीपीटी-५ केवल एक साधारण संस्करण-अपडेट मात्र नभएर, यो तर्क क्षमतामा, तथ्यगत शुद्धता, र प्रयोगकर्तासँगको अन्तरक्रियामा भएको ठूलो प्राविधिक छलाङ भएको ओपन एआईको दावी छ । यसलाई शिक्षा, रोजगारी, व्यवसाय, र दैनिक जीवनका कार्यहरूमा अधिकतम प्रभावकारी बनाउन डिजाइन गरिएको छ।
अघिल्ला मोडेलहरूको तुलनामा, च्याटजीपीटी-५ ले करिब ८० प्रतिशत कम तर्कगत गल्ती गर्ने क्षमता प्रदर्शन गरेको छ । तथ्यगत जानकारी दिनु पर्दा यसले ४५ प्रतिशतकम त्रुटि गर्छ, जसले यसलाई शैक्षिक अनुसन्धान, सरकारी परीक्षा तयारी, र पेशागत कार्यका लागि उच्च विश्वासिलो बनाउँछ।
ओपनएआईका सीईओ सैम अल्टम्यानले नयाँ मोडेललाई “हाम्रो एजीआईतर्फको यात्रामा एक महत्वपूर्ण कदम” भने, तर उनले मुख्य रूपमा यसको प्रयोगमैत्रीतालाई जोड दिए , उनका अनुसार हरेक हप्ता करिब ७० करोड मानिसले च्याटजीपीटी प्रयोग गर्छन्।
“यो कुनै विशेषज्ञसँग कुरा गर्ने जस्तो हो, आवश्यकता परेमा कुनै पनि क्षेत्रका वास्तविक पीएचडी-स्तरका विशेषज्ञको पहुँच पाउन सकिन्छ,” आल्टम्यानले बिहीबार लाईभस्ट्रीम गरिएको शुभारम्भ कार्यक्रममा भने।
च्याटजीपीटी-५ ले ईमेल लेखन, रिपोर्ट सम्पादन, बायोडाटा र आवरण-पत्र तयार गर्ने कार्यदेखि लिएर रचनात्मक लेखन र भाषानुवादसम्मका क्षेत्रमा गुणस्तरीय सुधार गरेको छ । यसले प्रयोगकर्ताको निर्देशन अनुसार शैली, टोन र संरचना अनुकूलन गर्न सक्ने क्षमता पनि बढाएको कम्पनीको दावी छ ।
यस संस्करणमा कोडिङ क्षमतामा उल्लेखनीय विस्तार गरिएको छ। अब केवल एउटा निर्देशन (प्रम्प्ट) दिएर नै वेब एप, मोबाइल एप, वा साधारण कम्प्युटर खेल तयार गर्न सकिन्छ। यसले जटिल प्रोग्रामिङ तर्क बुझ्न र समाधान गर्न सक्षम भएकोले, यो नयाँ सिक्नेदेखि लिएर अनुभवी विकासकर्तासम्मका लागि उपयोगी छ।
साथै स्वास्थ्यसम्बन्धी प्रश्नहरूको जवाफ दिने क्रममा च्याटजीपीटी-५ पहिलेभन्दा बढी सावधान र सटीक छ । यसले रोगका लक्षण, चिकित्सा शब्दावली, र स्वास्थ्यसम्बन्धी वैज्ञानिक तथ्य बुझाउन सहयोग पुर्याउँछ। तर, यसले स्पष्ट रूपमा चेतावनी दिन्छ कि कुनै पनि रोगको निदान वा उपचारका लागि योग्य स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।
च्याटजीपीटी-५ अघिल्ला मोडेलहरूको तुलनामा अझ द्रुत छ र प्रयोगकर्ताको आवश्यकता अनुसार संक्षिप्त वा विस्तृत जवाफ दिने निर्णय स्वतः गर्नेछ । यसले प्रसङ्गलाई गहिरो रूपमा सम्झने र निरन्तरता कायम राख्ने क्षमता पनि बढाएको छ ।
अघिल्ला मोडेलहरूमा देखिएको ‘ह्यालुसिनेसन’ अर्थात् आत्मविश्वासका साथ गलत जानकारी दिने समस्या, च्याटजीपीटी-५ मा न्यूनतम पारिएको छ। यसका लागि ओपनएआईले बहु-स्तरीय तथ्य-जाँच प्रणाली, जैविक र नैतिक जोखिम घटाउने नियन्त्रणहरू, र सुरक्षित डेटा-प्रक्रिया तन्त्र लागू गरेको छ।
च्याटजीपीटी ५ प्रयोगमा सिमितता छ । सिमा सकिएपछि स्वतः ‘च्याटजीपीटी-५ मिनी’ मा स्विच हुनेछ । यस्तै प्लस, प्रो, टिम र इन्टरप्राइज प्रयोगकर्ताले भने च्याटजीपीटी-५ प्रोको समेत प्रयोगब गर्न पाउने छन् । च्याटजीपीटी-५ सबै प्रयोगकर्ताहरूका लागि स्वतः डिफल्ट मोडेल बन्ने छ। कुनै अपडेट गर्नुपर्ने छैन् ।
समाचार
विन्डोज १० प्रयोगकर्ताका लागि माइक्रोसफ्टको एक्स्टेन्डेड सिक्योरिटी अपडेट सुरक्षा प्याच एक वर्ष थप
यदि तपाईं विन्डोज १० प्रयोगकर्ता हुनुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त आवश्यक छ। माइक्रोसफ्टले १४ अक्टोबर २०२५ पछि विन्डोज १० …
भिसाले नेपालमा खोल्यो कार्यालय, थापा नेपाल प्रमुखमा नियुक्त
विश्वकै अग्रणी डिजिटल पेमेन्ट कम्पनी भिसा इंकले नेपालमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। काठमाडौंमा स्थापित उक्त कार्यालयमार्फत …
मानसिक स्वास्थ्य र प्रयोगकर्ता सन्तुलनका लागि ओपनएआईले च्याटजीपीटीमा थप्यो ब्रेक रिमाइन्डर फिचर
गेमिङ वा सोसल मिडिया एप जस्तै अब मानिसहरूलाई च्याटजीपीटीको लत लाग्न थालेको छ। ओपनएआईका अनुसार, मानिसहरू च्याटजीपीटीमा घण्टौं…
डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, २५ प्रतिशतसम्म छुटको सुविधा
देशकै अग्रणी डिजिटल सेवा प्रदायक कम्पनी डिशहोमले नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो का…
एनसेलले सुरू गर्यो भोल्टे रोमिङ सेवा
नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोम…
कक्षा १२ को नतिजा सार्वजनिक, अनलाइनबाट यसरी हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार साझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।&…
पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्स भयो नवौं, जित्यो १ करोड ७८ लाख बढी पुरस्कार
पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्सले नवौं स्थान हासिल गर्न सफल भएको छ ।
चीनको ‘मर्निन’ ह्यूमनोइड रोबोटले मानिसको सहयोगबिना खोल्यो गाडीको ढोका
चीनले रोबोटिक्स क्षेत्रमा विगत केही वर्षमा निकै प्रगति गरेको छ। त्यहाँका रोबोटहरू यस्ता काम गरिरहेका छन्, जसको कल्पना पनि गर्न गा…
इन्स्टाग्रामको नयाँ लाइभ-स्ट्रीमिङ नीति: पब्लिक अकाउन्ट र १ हजार फलोअर्स अनिवार्य
इन्स्टाग्रामले लाइभ-स्ट्रीमिङमा नयाँ नीति लागू गरेको छ । टेकक्रन्चलाई दिएको जानकारी अनुसार लाइभ-स्ट्रीमिङ फिचर प्रयोग गर्न कम्…
इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे: सुनुवारले जिते टाटा एक्सेप्रेस टी ईभी, थापालाई टिभीएस बाइक
इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो विश्वव्यापी मोबिलिटी एण्ड अर्वान स…
स्टारलिंक सिग्नलको इन्टरफेरेन्सले खगोलशास्त्रमा समस्या: ब्रह्माण्ड अवलोकनका ३० प्रतिशत इमेज प्रभावित
एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले एस्ट्रोनोमर्स (खगोलविद्हरू) को चिन्ता बढाएको छ। कर्टिन युनिभर्सिटीका रिसर्चर्स …
आइओएस १८.६ अपडेट तुरुन्त इन्स्टल गर्न एप्पलको आग्रह
एपलले यस हप्ताको सुरुमा आफ्ना डिभाइसहरूका लागि लेटेस्ट सफ्टवेयर अपडेट आइओएस १८.६, आइप्याडओएस १८.६, म्याकओएस सेक्वोइया १५.६, टी…
शेयर कारोबार खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य
अब शेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।
नेपाल स्टक एक्सचेन्…
ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्ष
सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्ष हुने भएको छ ।
सरकारले राजपत्रमा प्…
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड …