समाचार
मदन भण्डारी विश्वविद्यालयबाट रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादनमा जोड
नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ ।
मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक अन्तरराष्ट्रिय भेलाका सहभागीले सो सम्भावना औल्याएका हुन् ।
भेलालाई सम्बोधन गर्दै ओलिन कलेज अफ इन्जिनियरिङ बोष्टन अमेरिकाका संस्थापन अध्यक्ष रिचर्ड मिलरले व्यवहारिक शिक्षामा हुने लगानी नै शिक्षा क्षेत्रको वास्तविक लगानी हुने बताए ।
उनले नेपालमा स्थापना भएको प्रविधि विश्वविद्यालयलाई सहयोग गर्न आफु प्रतिबद्ध रहने भन्दै गुणस्तरिय जनशक्ति उत्पादनमा सरकार, निती निर्माता, विश्वविद्यालय र समाजको भूमिका रहने भन्दै स्तरिय शिक्षाले टिक्नसक्ने मानव संसाधन निमार्ण हुने बताए ।
त्यसैगरी अमेरिकन विश्वविद्यालय कायरोका पूर्व उपाध्यक्ष ब्रुस फ्लेस्नरले नेपालका प्राविधिक विश्वविद्यालय संचालनको प्रशस्त सम्भावना रहेको भन्दै उत्साहका साथ मदन भण्डारी विश्वविद्यालयमा लगानी गर्न आग्रह गरे ।
दैनिक जिवन चलाउन उपयोगी शिक्षाको छुट्टै महत्व हुने भन्दै फ्लेस्नरले लगानीकर्तालाई उत्साहका साथ काम गर्न आग्रह गरे । नेशनल युनिभर्सिटी अफ सिंगापुरका पूर्व संस्थापन उपाक्ष्यक्ष सिराम रामकृष्णाले सिंगापुर विश्वविद्यालयले स्पष्ट लक्ष्य निर्धारण गरेर काम गर्दा २५ वर्षमा विश्वका उत्कृट विश्वविद्यालयमा सामेल हुन सकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि प्राविधिक विश्वविद्यालय संचालनको सम्भाना रहेको बताए ।
उनले विश्वस्तरिय सेवा, गुणस्तरिय शिक्षामा ध्यान केन्द्रित गर्दा मदन भण्डारी विश्वविद्यालयले पनि विश्यका गुणस्तरिय मध्येको एक विश्वविद्यालय बन्न सक्ने जिकिर गरे ।
शोध, अनुषन्धान, बैज्ञानिक प्रयोगशाला र विश्वविद्यालयमा भएको लगानी नै समृद्ध भविष्यको वास्तविक लगानी हुने भन्दै नेपाल सरकार, निती निमार्ता र सरोकारवालालाई सोहि पक्षमा केन्द्रित रहन सुभाव दिए ।
विश्व बैंकका पूर्व नेपाल निर्देशक केनिची ओहासीले नेपाल सरकार र यसका निकायले निती निमार्ण गर्दा उत्पादकत्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नेपर्ने धारणा राखे । सो कार्यका लागी सरकारका नितीहरु प्रविधिमैत्री, व्यवहारिक र समाबेशी सहभागीतामा आधाति अपधारणामा केन्द्रित हुनुपर्न भन्दै उनले नेपालले आफ्नै मौलिक विधिबाट प्रभावकारी आयोजना बनाउने, कार्यान्वयन गर्न प्रशस्त सम्भावना रहेको भन्दै शिपयुक्त बिद्यार्थीले यस कार्यमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताए ।
कार्यक्रममा मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष डा.राजेन्द्रध्वज जोशीले विश्वस्तरिय विश्वविद्यालय स्थापनाको सपना साकार भएको भन्दै मदन भण्डारी विश्वविद्यालयलाई अहिलेको भन्दापनि स्तरिय अवश्थामा टिकाइराख्नुपर्ने जिम्मेवारी आफुमा आईपरेको बताए ।
उनले सो जिम्मेवारी पूरा गर्नका लागी विश्वका स्तरिय विश्वविद्यालय संगको सहकार्य र सहयोग समेत आवश्यक रहेको भन्दै सहयोगको माग गरे । विश्वविद्यालयले अहिले च्याउ, किवी, अर्गानिक तराकारी उत्पादन तथा अनुशन्धान गर्ने गराउने र कृषि, उद्योग एआइ र प्रविधिका विविक्ष पक्षमा अध्ययन गरेको भन्दै त्यस्ता अध्ययन विश्वका अनुशन्धान संस्थाको समेत ध्यान तानेको बताए ।
मदन भण्डारी विश्वविद्यालले रोजगारी खोज्नेभन्दा पनि रोजगारी सृजना गर्नसक्ने जनशक्ति उत्पादन गर्ने बताए ।
कार्यक्रममा पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मदन भण्डारी विश्वद्यिालयको स्थापना नेपालको उच्च शिक्षामा एक महत्वपूर्ण फड्को मारेको बताए ।
छुट्टै कानुन र अलग अवधारणामा स्थापना भएका स्वास्थ्य, प्राविधिक र खुला विश्वविद्यालयको आफ्नै महत्व रहने भन्दै उनले यस्ता विश्वविद्यालका जनशक्तिले उद्यमशिलता विकास गर्न देश निर्माणमा भूमिका निभाउने पनि बताए ।
उनले अर्थतन्त्रमा रुपान्तरणकारी भूमिका निभाउने काम पूराना विश्वविद्यालयले गर्ने नसक्ने भन्दै नयाँ अवधारणाका विश्वविद्यालय स्थापना गर्नुपरेको बताए । कार्यक्रममा एरिस मसरुम फर्मका संचालक ओमकृष्ण श्रेष्ठ र मदन भण्डारी विश्वविद्यालयका संचालक डा. राजेन्द्रध्वज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
फर्मका संचालक ओमकृष्ण श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेपछि आफूसंग अनुषन्धान सम्वन्धी शिप नहुँदा फर्म स्थापनामा निकै समस्या भोग्नुपरेको बताए । उनले व्यसायीक च्याउ उत्पादन गर्न स्थापना भएको फर्म अहिले समृद्ध अवस्थामा रहेको भन्दै च्याउ उत्पादन तथा अनुशन्धान कार्यमा विद्यार्थीलाई सहयोग गर्ने बताए ।
भेलाको उद्घाटन सत्रमा मदन भण्डारी विश्वविद्यालय कृत्रिम बौद्धिकता विभाग प्रमुख प्रो. डा. शुरेस मानान्धर, प्रो. डा. देवराज अधिकारी , भानु आचार्य लगायतले बोलेका थिए ।
मदनभण्डारी विश्वविधालयलाई दिर्घकालिन रुपमा स्थापित गर्न अन्तराष्टिय सहयोग तथा सम्बन्ध बिस्तार गर्ने उद्देश्यले भएको भेलामा नेपाल र नेपाल बाहिरका प्राज्ञ नीति निर्माता, अनुशन्धानकर्ता र अन्यको उत्साहजनक सहभागिता रहेको छ ।
समाचार
माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०८२ प्रदान
आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०८२ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना …
शुन्य प्रतिशत ईएमआईमा अब रियलमीका फोन किन्न सकिने
रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ । यस यो…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आज
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ शीर्षकमा एकद…
क्युआरसहितको ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने तयारीमा बागमती प्रदेश
बागमती प्रदेशले अब ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने भएको छ ।
छिट्टै क्युआर कोडसहितको ड्रा…
नागरिक एपबाटै दैनिक २५ देखि ३० हजारले देखाउँछन् ड्राइभिङ लाइसेन्स, १७ सयले तिर्छन् जरिवाना
दैनिक २५ देखि ३० हजार सवारी चालकहरुले नागरिक एपमार्फत डिजिटल्ली लाइसेन्स देखाउने सुविधा लिन थालेका छन् ।
बागमतीको नयाँ ड्राइभिङ लाइसेन्स प्रणाली: बायोमेट्रिक दिन नपर्ने, लिखित र ट्रायल दिए पुग्ने
बागमती प्रदेशले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली (ईडीएल…
अब बच्चाको टिकटक अकाउन्ट अभिभावकले सजिलै कन्ट्रोल गर्न सक्ने, के के छन् सुविधा ?
टिकटकले नेपालमा आफ्ना किशोरकिशोरी प्रयोगकर्ताका लागि ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ । यस फिचरमार्…
एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारद्वारा सम्मान
सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । क…
यसैवर्षदेखि फाइभजी सुरू गर्ने सञ्चारमन्त्रीको घोषणा
नेपालमा यसैवर्षदेखि फाइभजी सुरू हुने भएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्र…
अब भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्यूआर कोडसहित ई-ब्लुबुक जारी हुने
बागमती प्रदेशले ई–ब्लुबुकको सुरूवात गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओ…
अब एक स्थानीय तह: एक स्मार्ट हुलाक
सरकारले एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको कार्यान्वयन गरिने बताएको छ ।
…
सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने सरकारको घोषणा
सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तु…
अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिने, नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने
सरकारी र सार्वजनिक सेवामा नागरिकहरूको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरि…
किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने
सरकारले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने भएको छ ।
इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला
सरकारले इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।