कीवर्डहरू -

समाचार

कस्तो छ सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र पावरफुल स्मार्टफोन ?

सामसङले आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी एस२५ एज सार्वजनिक गरेको छ । कम्पनीको दावी अनुसार यो फोन अत्यन्तै स्लिम , स्टाइलिस् र विशेषताले भरिएको छ । एस २५ एज मात्र ५.८ मिमीको मोटाइ र १६३ ग्राम वजनका साथ आएको छ ।

यो सामसङको ग्यालेक्सी एस सिरिजको अहिलेसम्मकै सबैभन्दा पातलो स्मार्टफोन हो, तर यसको विशेषता केवल यसको पातलोपनमा सीमित छैन् । कम्पनीले यसलाई “एक स्लिम फोन भन्दा धेरै” भनेर वर्णन गरेको छ । सामसङले यस स्मार्टफोनलाई भारतसहित विश्वव्यापी बजारमा लन्च गरेको हो । अब यसका केही अचम्म लाग्दा फिचर्स बारे जानौँ ।

सामसङ ग्यालेक्सी एस२५ एजमा ६.९ इन्चको क्यु–एच–डी प्लस डिस्प्ले दिइएको छ ।  यो डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट, एचडीआर १० प्लस सपोर्ट, र २६०० निट्स पिक ब्राइटनेस सपोर्ट गर्छ । केवल १६३ ग्राम तौल भएको यस फोनमा क्वालकॉम स्न्यापड्रैगन ८ एलाइट चिपसेट प्रयोग गरिएको छ, जसले यसलाई स्लिम मात्र होइन, अत्यन्त शक्तिशाली परफर्मेन्स दिने बनाउँछ ।

यस स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप दिइएको छ । यसको प्राइमरी क्यामेरा २०० एमपीको छ, जुन एस२५ अल्ट्रामा पनि प्रयोग गरिएको थियो । कम्पनीको दावी अनुसार, यसबाट अत्यन्त उत्कृष्ट फोटोहरू खिच्न सकिन्छ ।

यसमा नाइट फोटोग्राफी र सामसङ लोग भिडियो जस्ता फिचर्स पनि उपलब्ध छन् । दोस्रो क्यामेरा १२ एमपीको अल्ट्रा वाइड लेन्स हो । सेल्फी र भिडियो कलिंगको लागि यसमा १२ एमपीको फ्रन्ट क्यामेरा दिइएको छ ।

सामसङको यो फोन टाइटेनियम सिल्भर, टाइटेनियम जेट ब्ल्याक, र टाइटेनियम आइसि ब्लु रंगहरूमा लन्च  गरिएको छ । तर, यो फोन कहिलेदेखि उपलब्ध हुनेछ र यसको मूल्य कति हुनेछ भन्नेबारे अझै स्पष्ट जानकारी दिइएको छैन् ।

 

समाचार

गूगलको ‘जी’ लोगोमा सामान्य परिवर्तन, कस्तो छ नयाँ लोगो ?

गूगलले आफ्नो ‘जी’ लोगोमा सामान्य परिवर्तन गरेको छ । पहिले चारवटा स्पष्ट रंगमा बाँडिएको यो लोगो अहिले केही ठाउँमा…

ई–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन्। इ–रिक्…

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्दे…

सुरक्षण मुद्रण केन्द्रमार्फत ड्राइभिङ लाइसेन्स छाप्ने तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्…

टिकटकको कारण संकटमा परेको इन्स्टाग्राम, सिईओ मोसेरीको खुलासा

इन्स्टाग्राम अस्तित्वमा आएको समयदेखि अहिलेसम्म धेरै अन्य एपहरूसँग प्रतिस्पर्धा गर्दै आएको छ ।
अन्य सामाजिक सञ्जाल एपहरूबाट रा…

सगरमाथा संवादका लागि भारतले नेपाललाई दियो १५ वटा ईभी

नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी…

आइसिटी मल स्थापनामा निजी क्षेत्रलाई प्रोत्साहित गर्न उद्योग वाणिज्य महासंघका अध्यक्षको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई आइसिटी पार्क जस्तै आइसिटी मल स्थापनामा प्रोत्साहित गर्न आग्रह गरेक…

यातायात व्यवस्था विभाग प्रिन्टिङ प्रणालीमा समस्या, अत्यावश्यक लाइसेन्स छपाइ बन्द

यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द भएको छ ।

यही वैशाख २५ गते बि…

नेपालमा इलेक्ट्रोनिक्स ब्राण्ड नोबेल सार्वजनिक

नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचार…

मुक्तिनाथ विकास बैंकले आयोजना गर्‍यो स्टार्टअप केन्द्रित वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक क…

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरू

महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक स्क्यान टु क्याससेवाको सुरुवात गरेको छ ।  यससँगै महालक्ष्मी वि…

डेभकन २०२५ सम्पन्न, एआई र डेटा सुरक्षाको विषयमा छलफल

एडिट इन्टरप्राइजेजले आयोजना गरेको डेभकन २०२५  सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा आयोजना भएको डेभकनमा एआई र डेटाक…

च्याटजीपीटीको डिप रिसर्चलाई अब गिटहबको डेभलपर इकोसिस्टममा जोड्न सकिने

च्याटजीपीटीले आफ्नो डिप रिसर्च सेवा गिटहबको डेभलपर इकोसिस्टममा सिंधै जोड्न सकिने ल्याएको छ । यो एकीकरण अहिले बेटा परीक्षणको चर…

अब एन्ड्रोइडमा पनि ‘ब्याट्री हेल्थ’ फिचर

प्रायः आईओएस माथि एन्ड्रोइड बाट लिएको हो, तर यसपटक कुरा उल्टो भएको छ । वास्तवमा एन्ड्रोइडको आगामी भर्सन, अर्थात् एन्ड्रोइड १६ मा आइ…

यामाहाका जेनुइन स्पेयर पार्ट्स अब दराजबाट पनि किन्न सकिने

अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिने …