कीवर्डहरू -

समाचार

नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना हुने, कारियाली कम्पनीसँग सम्झौता

नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना गर्नका लागि लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि– फिलोस कम्पनी लिमिटेडबिच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

समझदारी अनुसार प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेस गर्नेछ । 


यो पनि पढ्नुहोस्ः ‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’


प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि गत वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेको थियो । 

लगानी बोर्डको ६३ औँ बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । अब जी फिलोसले जलविद्युतबाट हरित हाइड्रोजनको ठूला मात्रामा उत्पादनको लागि पर्याप्त छ कि छैन्, यातायात, उद्योग, र ऊर्जा भण्डारण लगायतका क्षेत्रहरूमा देशभित्रको सम्भावित माग तथा क्षेत्रीय बजारहरूमा निर्यात सम्भाव्यता, लगानी, खर्च, पर्यावरणीय र सामाजिक प्रभाव, नीति तथा कानुनहरू अध्ययन, पाइलट परियोजनाको कार्यान्वयन, विस्तार सम्भाव्यता लगायत विस्तृत अध्ययन गरेर विस्तृत अध्ययन गरेर बोर्डमा बुझाउने छ । 

कम्पनीले नेपालको प्रशस्त जलविद्युत स्रोतबाट उत्पन्न अतिरिक्त विद्युत समेत प्रयोग गरी इलेक्ट्रोलाइसिस विधिमार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यो पनि पढ्नुहोस्ः हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्न कोरियाली कम्पनीको प्रस्ताव


 

समाचार

डिशहोमका ग्राहकलाई चन्द्रागिरी केबलकारमा १० प्रतिशत छुट

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस स…

सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन सरकारकाे सातदिने अल्टिमेटम

सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन सातदिने अल्टिमेटम दिएकाे छ ।

सोमबार बसेकाे मन्त्…

पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा नेपालको एससीटी चयन

नेपालको भुक्तानी प्रणाली सञ्चालक कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) पेमेन्ट कार्ड इन्डष्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (पीसी…

मिस्ट्रल र पेरप्लेक्सिटी खरिद गर्ने आन्तरिक छलफलमा एप्पल

एप्पलले फ्रान्सको एआई स्टार्टअप मिस्ट्रल र एआई सर्च कम्पनी पेरप्लेक्सिटी खरिद गर्न आन्तरिक रूपमा छलफल अगाडि बताएको छ । एआईको दौडमा प्…

‘आत्महत्या कसरी गर्ने’ प्रश्नको जवाफै दिदैनन् एआई च्याटबट, अध्ययन भन्छ - उत्तर दिने शैली परिवर्तन गर्नुपर्छ

आत्महत्यासँग सम्बन्धित प्रश्नहरूमा तीन लोकप्रिय एआई च्याटबटहरूको प्रतिक्रिया जाँच गर्ने अध्ययनले केही निकै रोचक र अचम्मलाग्दो तथ्…

नेपाल टेक मार्केटले सार्वजनिक गर्‍यो फोहोर व्यवस्थापन प्रणाली

नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्…

नासो कर्णालीलाई खगोलीय उपकरण हस्तान्तरण

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) कर्णालीका संयोजक डा…

काठमाडौंमा ‘एआई सुरक्षा भेला’ सम्पन्न, एआईको नैतिक प्रयोगमा जोड

गएको शनिबार काठमाडौंमा एआई सुरक्षा भेला (AI Safety Meet-Up) सम्पन्न भएको छ । एनोभेटर्स र बेलायतस्थित गैर-नाफामूलक संस्था &lsq…

बालबालिका, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई अनिवार्य छैन् राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, असहाय, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य न…

कस्तो रह्यो नेपालमा नामीको एक वर्ष ?

नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक…

नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक

नमस्ते पे नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नमस्ते पेबीड एनडीएमा हस्ताक्षर भएको …

टेली डिजिटल सर्भिसेस अब गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर

रमेश कर्पको अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेसले गुगल क्लाउडसँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टन…

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ हुँदै

युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘क…

नेपाली विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ तालिम दिदै सामसङ, तेस्रो ब्याचका ५६ जनालाई प्रमाणपत्र वितरण

सामसङले आफ्नो सामाजिक उत्तरदायित्त्व पहल अन्तर्गत सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक…

मोबैंकमार्फत भुक्तानी गर्दा कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झ…