समाचार
अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार नियमित गराउन ‘ब्रीथफ्री ९०’ कार्यक्रम सुरु गरेको छ। एआई प्रविधिमा आधारित यो कार्यक्रम ९० दिनसम्म चल्नेछ र ह्वाट्सएपमार्फत बिरामीहरूलाई इनहेलर समयमै प्रयोग गर्न नियमित रूपमा सम्झाउनेछ।
देशभर वायु प्रदूषण गम्भीर स्वास्थ्य चुनौती बनेका बेला नेपालका लागि यो पहल निकै सान्दर्भिक मानिएको छ। नेपालमा प्रदूषणका कारण प्रत्येक वर्ष झन्डै ५० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ।
दम र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू बढ्दै गइरहेको पाइएको छ । यस्ता रोगका लागि इनहेलरहरू प्रभावकारी उपचार मानिए पनि, धेरैजसो बिरामीहरूले नियमित रूपमा औषधि प्रयोग नगर्दा समस्या झन् जटिल हुने गरेको छ।
‘ब्रीथफ्री ९०’ कार्यक्रमले यस्ता समस्यालाई हल गर्ने अपेक्षा गरिएको छ । ‘ब्रीथफ्री ९०’ मा सहभागी बिरामीहरूले आफ्नो उपचार तालिकाअनुसार हरेक दिन सजिलो भाषामा तयार पारिएका सन्देशहरू प्राप्त गर्नेछन्।
एआईले इनहेलर प्रयोगको सही तरिका र रोग व्यवस्थापनसम्बन्धी जानकारी पनि दिनेछ जसले विरामीको स्वास्थ्य सुधारमा सहयोग पुर्याउनेछ। कार्यक्रममा सहभागी हुन क्लिनिक, अस्पताल वा फार्मेसीहरूमा उपलब्ध क्युआर कोड स्क्यान गर्न सकिनेछ ।
सिप्लाका इमर्जिङ मार्केट र युरोपका प्रमुख स्वप्न मलपानीले प्रविधिको माध्यमबाट बिरामीहरूको जीवनस्तर सुधार गर्ने कम्पनीको प्रतिबद्धता दोहोर्याए । उनले भने, “हामी श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगसँग बाँचिरहेका मानिसहरूको जीवन सहज बनाउने दिशामा काम गरिरहेका छौं, र ब्रीथफ्री ९० यसैको एउटा महत्वपुर्ण पाइला हो।”
नेपाल रेस्पिरेटरी सोसाइटीले यो कार्यक्रम स्वास्थ्यकर्मीहरू माझ प्रवर्द्धन गर्दै अस्पताल र क्लिनिकहरूमा यसको कार्यान्वयन सुनिश्चित गर्न मद्दत गर्नेछ ।
सिप्ला र सोसाइटीबीचको यो सहकार्यले हजारौं नेपालीको श्वासप्रश्वास स्वास्थ्य सुधारमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ।
समाचार
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (MBUST) ले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।
डिजिटल प्रविधिमा आधारितरहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेव…
स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच स्मार्ट पे र स्मार्ट क्युआरका लागि सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको &…
अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने
अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने भएको छ ।
स्वास्थ्य बीमा…
ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण
“मेरो डिजिटल देश” अभियान अन्तर्गत, ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ ।…
ह्वावेजस्तै नियति दोहोरिने डर: अमेरिकी नियन्त्रणबाट बच्न चिनियाँ कम्पनीहरूको गुगलरहित एन्ड्रोइड प्रयास
केही वर्षअघि अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे माथि कडाइ गरेको थियो। ट्रम्प सरकारको पहिलो कार्यकालमा हुवावेलाई का…
कफीको रहरले जन्मिएको वेबक्याम: यस्तो छ सुरूवातीको रोचक कहानी
के तपाईंले कहिल्यै गुगलको “गुगली" खेल्नुभएको छ ? यो विभिन्न विषयहरूबारे रोचक कुरा थाहा पाउने रमाइलो तरिका …
विनोद चौधरी र बिल गेट्सबीच भेटघाट
नेपालका एक मात्र डलर अर्बपति तथा सांसद विनोद चौधरी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सबीच भेटघाट भएको छ ।
‘३४० वटा स्टार्टअप कर्जा माछा, दुध, बाख्रामा दिइएको रहेछ, प्रचार अर्को गूगल जन्मन लागेको जसरी गरियो’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले नेपालमा अर्को गूगल, मेटा, च्याटजीपीटी जन्मन लागेको जस्तो…
‘आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको छ, यहाँ सञ्चार मन्त्रालयको बजेट नै ७ अर्ब छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको बताएका छन् ।&nbs…
कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप सदाका लागि बन्द
कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप बन्द भएको छ । दुई दशक चलिरहेको अग्रणी अनलाइन भिडियो कल सेवा स्काइप मे ५ द…
नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने
गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा…
ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्डका लागि सम्झौता
ज्योति विकास बैंक र एनसीएचएलबीच नेशनल पेमेन्ट स्वीच (एनपीएस) - नेशनल कार्ड स्वीच (एनसीएस) को डोमेस्टिक कार्ड स्क…
केई एक्स्चेन्ज कार्निभल आयोजना गर्दै लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्स
नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना…
ट्रम्पले दिए संकेत: टिकटक ब्यानको म्याद फेरि ७५ दिन लम्बिन सक्ने
अमेरिकामा टिकटकको समय लम्बिन सक्ने भएको छ । ट्रम्पले भनेका छन् कि यदि बाइटडान्सले १९ जुनभित्र अमेरिकामा रहेको टिकटकको व्यापार ब…