कीवर्डहरू -

याङ्गो डेलिभरीले गर्‍यो उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान

याङ्गो डेलिभरीले गर्‍यो उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान

काठमाडौं । याङ्गो डेलिभरीलेले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट काम गर्ने केही पार्टनरलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्य पार्टनरहरूलाई दैनिक डेलिभरी कार्य सहज बनाउन थर्मोब्याग वितरण गरिएको थियो ।

यो पहल नेपालमा याङ्गोको डेलिभरी पार्टनर नेटवर्कलाई अझ बलियो बनाउन र काठमाडौंका प्रयोगकर्तालाई राम्रो सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो । याङ्गोले स्थानीय साझेदारहरूसँग मिलेर डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि लचिलो आम्दानीको अवसर सिर्जना गर्दै आएको छ ।

याङ्गो प्रो प्लेटफर्ममार्फत पार्टनरहरूले एउटै एपबाट ट्याक्सी र डेलिभरी दुवै प्रकारका अर्डर लिन सक्छन् । यसले उनीहरूलाई आफूअनुसार काम छनोट गर्न र आम्दानी बढाउन सहयोग पुर्याउँछ साथै यसमा नयाँ डेलिभरी पार्टनरका लागि सेल्फ–रजिस्ट्रेशन सुविधा पनि उपलब्ध छ ।

याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले भने- “याङ्गा्ेले नेपालमा डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि अवसर विस्तार गर्न र प्रयोगकर्तालाई भरपर्दो सेवा दिन स्थानीय साझेदारहरूसँग निरन्तर सहकार्य गरिरहेको छ ।” यो कार्यक्रम याङ्गो डेलिभरीका स्थानीय साझेदारहरूसँगको सहकार्यमा आयोजना गरिएको थियो ।