समाचार
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो जेनजी पुस्ता
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिएको छ । सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्ट नेता तथा उच्च पदस्थ सरकारी कर्मचारी र उनीहरूका सन्तानको विलासी जीवनशैलीको विरोध गर्दै जेनजी पुस्ता सोमबार सडकमा उत्रिएको हो ।
स्कुल, कलेज छाडेर जेनजीहरू माइतिघरमा जम्मा हुन थालेका छन् । कलेज ड्रेस लगाएर जेनजी विद्यार्थीहरू माइतिघर पुगेका छन् ।
माइतीघरदेखि नयाँ बानेश्वरको एभरेस्ट होटलसम्मको बिचमा जेनजी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । काठमाडौंमा मात्र नभएर देशका धेरै ठाउँमा जेनजी प्रदर्शन हुँदैछ ।
जेनजीको सूचनामा भनिएको छ, ‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ। हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस्।’
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ। आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुने बताइएको छ। प्रहरीले भने जेनजी युवा पुस्ताको प्रदर्शनमा घुसपैठ हुन सक्ने अनुमानसहित सुरक्षा सतर्कता बढाएको छ।
समाचार
एआईले पाँच वर्षमै विश्व रोजगारी तहसनहस बनाउन सक्ने चेतावनी
लुइसविल विश्वविद्यालयका कम्प्युटर विज्ञान प्राध्यापक रोमन याम्पोल्स्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आर्टिफिसियल जनरल इंटेलिजेन्स…
क्यान महासंघले भन्यो – सामाजिक सञ्जाल बन्द समाधान होइन, डिजिटल रूपमा नेपाल पछि पर्न सक्छ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयप्रति कम्प्युटर एसोसिएसन नेपाल महा…
टिकटकमा चल्यो भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने ‘नेपो बेबी’ अभियान
सामाजिक सञ्जाल टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने नयाँ अभियान सुरू भएको छ ।
नेपालमा सूचीकरण हुनका लागि एक्सले माग्यो आवश्यक कागजात
सामाजिक सञ्जाल एक्सले नेपालमा सूचीकरण हुनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा आवश्यक कागजात म…
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
गुगल जोखिममा: प्रयोगकर्ताहरू जनरेटिभ एआईतिर सर्दै, ट्राभलदेखि फिटनेससम्म प्रयोग
फ्यूचर एआई सेन्टिमेन्ट वेभ ३ को रिपोर्ट अनुसार, अमेरिकामा ५५ प्रतिशत र बेलायतमा ६२ प्रतिशतमानिसहरू अब सर्च इञ्जिनको सट्टा एआई च्य…
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । करिब १ हप्ता अगाडि नै महानिर्देशक पौड्यालले पदबाट र…
भिडियो एडिटिङ सफ्टवेयर एडोब प्रिमियर अब आईफोनमा, निःशुल्क चलाउन पाइने
एडोबले आफ्नो लोकप्रिय भिडियो एडिटिङ सफ्टवेयर प्रिमियरलाई नि:शुल्क रूपमा आइफोनमा ल्याउने घोषणा गरेको छ। यससँगै सामग्री निर्माताल…
कान्तिपुर सिटी कलेजमा बीटेक इन एआई कार्यक्रम, भर्ना खुला
पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको …
नेपालमा अब कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
माओवादीले भन्यो: सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो
नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।
एससीटीले सुरू गर्यो थ्रीडीएस एक्सेस कन्ट्रोल सर्भर
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले थ्रीडीएस एक्सेस …
फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणको प्रक्रियामा नआए…
भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त ग…
भारतमा ओपनएआई: १ गीगावाटको डाटा सेन्टर बनाउने, ५ लाखलाई निःशुल्क च्याटजीपीटी दिने
च्याटजीपीटी बनाउने अमेरिकी कम्पनी ओपनएआई भारतमा आफ्नो उपस्थितिलाई मजबुत पार्दैछ । ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले स्थानीय पार्…