समाचार
बाढी पहिरो प्रभावितहरुको लागि इनड्राइभद्वारा घर निर्माण
इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ । इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न ३३ लाख ५५ हजार ५०० रूपैयाँ ( २५,००० अमेरिकन डलर ) सहयोग गरेको हो ।
पीडितहरुको आवश्यकता पुरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरु निर्माण गरीरहेको हो । नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ वटा र गरी ५ वटा आवासहरु निर्माण भईरहेका छन् ।
यी आवासहरु जाडो गर्मी बाह्रै मास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् । बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरु टिकाउ र दिगो रहेका छन् । हरेक घरमा २ वटा बेड रुम, अगाडि पट्टी बार्दली र शौचालय र किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ ।
चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ । यी घरहरुमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियस भन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने जानकारी दिइएको छ । घर निर्माणको साथसाथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारहरुलाई कम्बलहरु पनि प्रदान गरेको छ ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले समुदायका मानिसहरुलाई सहयोग गर्ने र आवश्यकता अनुसार दीगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्ने बताइन ।
उनले अगाडि भनिन, 'हामी सन्चालन हुने ठाउँहरुमा सकरात्मक् प्रभाव पार्नुपर्छ भन्ने हामी विश्वास राख्छौँ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर हामीले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई आश्रय प्रदान गर्ने मात्र नभै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेका छौँ । यस सहकार्यले राहत वितरणको प्रयास र प्रभावित परिवारमा आशाको किरण छर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ ।
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीलेसामाजिक अन्यायलाई चुनौती दिने मिसनमा लागि परेको इनड्राइभ सन २०३० को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको बताए ।
'दीगो समाधान र अर्थपूर्ण कामहरु मार्फत सामुदायिक हितको लागि हामीले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रससँग सहकार्य गरेका छौँ । यस सहकार्यले हाम्रो विश्वासलाई मुर्त रुप दिएको छ प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई अस्थायी बसोबास मात्र नभएर हामीले यस्तो समाधान दिएका छौँ जहाँ उनीहरुले आफ्नो जीवन नयाँ तरिकाले शुरुवात गर्न सक्नेछन्,' उनले भने, 'चुनौतीपूर्ण समयमा सहायता प्रदान गर्ने र दीगो समुदाय निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई यस सहकार्यले मुर्त रुप दिएको छ । हामी नवीन, दिगो पहलहरू मार्फत सामुदायिक सशक्तिकरण गर्न समर्पित छौं । हाम्रो मिशन भनेको हामी सन्चालन भएको हरेक समुदायको आवश्यकतालाई सम्बोधन गरेर सकारात्मक प्रभाव पार्नु हो ।'
समाचार
ह्वाट्सएपको नयाँ फिचर 'मेटा एआई': अब च्याटिङ अझ स्मार्ट र सजिलो
ह्वाट्सएप आफ्ना प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिनका लागि निरन्तर नयाँ–नयाँ फिचरहरू प्रस्तुत गर्दै आइरहेको छ । हालै, कम्प…
सेतोपाटीको युट्युब च्यानल ह्याक
नेपालको लोकप्रिय अनलाइन मिडिया सेतोपाटीको युट्युब च्यानल ह्याक भएको छ । सेतोपाटीले च्यानल ह्याक भएको जानकारी दिएको छ । <…
टिकटकलाई चुनौती दिने मेटाको योजना, नयाँ क्रिएटरका लागि ४५ हजारडलरसम्मको प्रोत्साहन प्रस्ताव
मेटा (फेसबुक र इन्स्टाग्रामको पेरेन्ट कम्पनी) ले क्रिएटर्सलाई आफ्ना प्लेटफर्महरूमा आकर्षित गर्नका लागि अमेरिका भित्र ४५ हजार डलरसम्मक…
डिजिटल नेपाल प्रोजेक्टका लागि वातावरणीय तथा सामाजिक प्रतिबद्धता योजनाको मस्यौदा सार्वजनिक
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल प्रोजेक्टको पूर्व तयारीको क्रममा सार्वजनिक गर्नुपर्ने वातावरणीय तथा सामाजिक प्रति…
अब क्युआर कोडसहितको ड्राइभिङ लाइसेन्स पनि जारी हुने, नियमावली संशोधन
अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) क्युआर कोडसहितको भएपनि पुग्ने भएको छ ।
चीप निर्यात रोक्दा पनि चीनले बनायो ओपन एआईको जस्तै शक्तिशाली मोडेल, अमेरिकालाई चुनौती
चीनियाँ एआई स्टार्टअप ‘डीपसिक’ यतिबेला विश्वभर चर्चा भइरहेको छ । एआईको क्षेत्रमा वर्चस्व रहेको अमेरिकालाई चीनियाँ स्…
खल्ती डिजिटल वालेट ९ औं वर्षमा प्रवेश
खल्ती डिजिटल वालेटले ९ औं वर्षमा प्रवेश गरेको छ । सबै नेपालीलाई वित्तीय पहुँच पुर्याउने उद्देश्यसहित सन् २०१७ जनवरी …
इन्ड्राइभका क्षेत्रीय निर्देशक टली भन्छन्: प्रयोगकर्तामाथि हुने कुनै पनि दुर्व्यवहार सैह्य हुँदैन्
इनड्राइभका एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टलीले इन्ड्राइभका प्रयोगकर्तामाथि गरिने कुनै पनि दुर्व्यवहार सैह्य नहुने…
मोरूबाट कोच बीएसआर इन नेपाल इभेन्टको टिकेट काट्न सकिने
मोरु डिजिटल वालेटले आफ्नो सेवा दायरा विस्तार गर्दै आगामी जनवरी ३१ र फेब्रुअरी १ मा आयोजना हुने कोच बीएसआर इन नेपाल इभे…
दुई विद्यार्थीको सानो आइडियाले कसरी बन्यो गूगल ?
कल्पना गर्नुहोस्, दुई विद्यार्थी, कोठामा बसेर संसार बदल्ने योजना बुन्दै छन् । एउटा सानो छात्रावासको कोठाबाट सुरु भएको आईडिया आज …
ओपनएआईले सार्वजनिक गर्यो एआई एजेन्ट, आफै वेबमा काम गर्न सक्ने
ओपनएआईले आफ्नो नयाँ एआई एजेन्ट अपरेटर लन्च गरेको छ । यसले प्रयोगकर्ताहरूका लागि वेबमा विभिन्न कार्यहरू गर्न सक्ने छ ।
टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एचडी वानबाट प्रसारण हुने
पोखराको टाइगर ग्रुपले आयोजना गर्ने गरेको पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडी १ टेलिभिजनले …
सिद्धार्थ बैंक र हार्ड रक क्याफे बीच सम्झौता: डिजिटल कारोबार प्रोत्साहन गर्न बैंक ग्राहकहरूलाई १० प्रतिशत छुट
सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौं बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौत…
पक्षाघात भएका व्यक्तिले बिसिआई र एआईको सहायताले भर्चुअल ड्रोन उडाए
प्रविधिले लगातार जीवनलाई नयाँ उचाइहरूमा पु¥याउँदैछ । हालसालै, एकजना पक्षाघात भएका व्यक्तिले केवल आफ्नो सोचको सहायताले भर्…
नागरिक एपमा राष्ट्रिय परिचयपत्र लिंक भएन ? यस्तो छ कारण
नागरिक एपमा राष्ट्रिय परिचयपत्र जोड्न सकिने सुविधा आएको छ ।
तर कतिपयले नागरिक एप…