समाचार
नेपाल टेलिकमले ल्यायो सिक्सजी सीपीई र एक्सेस पोइन्ट
नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपीई) र एपी अर्थत् एक्सेस पोइन्ट उपलब्ध गराउने भएको छ। यस अनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुने कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी अर्थात् एक्सेस पोइन्टसमेत उपलब्ध गराउने भएको हो। नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ।
धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ।
कम्पनीका अनुसार ग्राहकहरुका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ। इन्डिभिजुअल प्याकेज अन्तर्गत १. इन्टरनेट र टेलिफोन प्याकेज, २. इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र ३. इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ।
त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत १. प्रिमियम इन्टरनेट प्याकेज वान्ली, २. प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज र ३. प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ।
नेपाल टेलिकमले उपलब्ध गराउने वाइफाई ६ प्रविधिको सीपीई र एपी तथा एफटीटीएचको नयाँ दररेट र अन्य जानकारी लिन नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर्न सकिन्छ।
त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकमको कार्यालयबाट पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ।
समाचार
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने जनाएको छ । आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको हो …
बीमा योजना खरिदमा इसेवाको विशेष अफर, स्मार्टवाच र स्मार्ट टिभी जित्ने अवसर
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। अफ…
आईटी तथा स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिन राष्ट्र बैंकलाई सुझाव
आईटी तथा स्टार्टअप व्यवसायमा युवाहरूलाई प्रोत्साहन गर्ने कर्जा नीति लिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
नेपालमा जन्मिएका अजर राजभण्डारी फोर्ब्सको ‘थर्टी अन्डर थर्टी’को सूचीमा
ललितपुरमा जन्मिएका अजर राजभण्डारी ‘फोर्ब्स ३० अन्डर ३० (रिटेल एण्ड ई–कमर्स) २०२६’ सूचीमा सूचीकृत भएका छन्। अम…
वायर vs वायरलेस: कुन ईयरफोन तपाइँका लागि उत्तम?
आजकाल ईयरफोनहरू केवल गीत सुन्ने साधनमा सीमित रहेनन्, बरु हाम्रो दैनिकीको अनिवार्य हिस्सा बनिसकेका छन्। अफिसका लामो मिटिङ तथा …
टिकटक शपले सुरू गर्यो डिजिटल गिफ्ट कार्ड सुविधा, अमेजन र इबेलाई चुनौती
टिकटक शपले प्रयोगकर्तालाई एपभित्र उपलब्ध लाखौँ उत्पादनहरू किन्न सहयोग पुग्ने उद्देश्यसहित डिजिटल गिफ्ट कार्ड खरिद गर्न मिल्ने नयाँ स…
एससीटीले सुरू गर्यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले स्विफ्ट टेक्नोलोजिजसँगको…
सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो नयाँ प्लेटफर्म, अनलाइनबाटै आवेदन दिन मिल्ने
ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्टसेयर' प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबा…
गुगल असिस्टेन्टलाई जेमिनीले प्रतिस्थापन गर्ने प्रक्रिया लम्बियो
गुगलले आफ्नो पुरानो र भरपर्दो गुगल असिस्टेन्टलाई नयाँ तथा उन्नत एआई प्रणाली जेमिनीसँग प्रतिस्थापन गर्ने योजनामा समय थप गरेको छ। …
एनएमबि बैंकको अनलाइन कर्जा ट्रयाकिङ सुविधा सुरु
एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत व्यक्तिगत तथा साना मझौला कर्जाक…
नेपाल क्लियरिङ हाउसको वार्षिक साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर स्वीकृत
नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०८१/८२ को चौधौं वार्षिक साधारणसभा बिहीबार काठमाडाैंमा सम्पन्न गरेको छ ।
डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड: क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजि…
वायुदृष्टिलाई जुरी मेन्सन आइसिटी अवार्ड २०२५ प्रदान
जुरी मेन्सन आइसिटी अवार्ड २०२५ वायुदृष्टिलाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ …
ट्रिप टर्बोले जित्यो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५
ट्रिप टर्बो प्रालिले हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ ।
शु…
क्विकसीसीएले जित्यो प्रडक्ट आइसिटी अवार्ड २०२५
क्विकसीसीएले प्रडक्ट आइसिटी अवार्ड २०२५ जितेको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड…