कीवर्डहरू -

समाचार

राष्ट्र बैंकद्वारा मोबाइल/वेब बैंकिङ, क्यूआर र आरटीजीएससम्बन्धी विद्युतीय भुक्तानी सीमा र सञ्चालन नियम जारी

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी विस्तृत सूचना जारी गरी खुद्रा मूल्य भुक्तानी प्रणाली (रिटेल भ्यालु पेमेन्ट सिस्टम -आरभीपीएस) तथा ठूलो मूल्य भुक्तानी प्रणाली (लार्ज भ्यालु पेमेन्ट सिस्टम-एलभीपीएस) अन्तर्गत प्रयोग हुने भुक्तानी माध्यम, प्रति कारोबार र मासिक सीमा, सञ्चालन समय तथा ग्राहक सुरक्षासम्बन्धी प्रावधानहरू स्पष्ट पारेको छ ।

सूचनाअनुसार मोबाइल बैंकिङ एप्लिकेशन, कनेक्ट आइपीएस एप र क्यूआर कोडमार्फत हुने लेनदेनमा प्रति कारोबार अधिकतम रु. ३ लाखसम्म तथा वेब एप्लिकेशन/इन्टरनेट बैंकिङमार्फत हुने कारोबारमा प्रति कारोबार रु. २० लाखसम्म सीमा तोकिएको छ।

बैंक खाताबाट वालेटमा रकमान्तरण र वालेटबाट बैंक खातामा (क्यूआर कोडसमेत) रकमान्तरण गर्दा प्रति कारोबार रु. २ लाख र मासिक रु. १० लाखसम्म र एउटै वालेटबाट अर्को वालेटमा रकमान्तरण गर्दा प्रति कारोबार रु. ५० हजार र मासिक रु. ५ लाखसम्म सीमा लागू हुने व्यवस्था गरिएको छ।

साथै डेबिट/क्रेडिट कार्ड वा प्रिपेड कार्ड तथा मोबाइल बैंकिङ/वालेटमार्फत क्यूआर कोड प्रयोग गरी मर्चेन्ट पेमेंट र ई–कमर्स कारोबारमा ग्राहकतर्फबाट कुनै सीमा नरहने र बैंक/वालेट प्रदायकले ग्राहकबाट कुनै अतिरिक्त शुल्क नलिने व्यवस्था रहेको सूचनामा उल्लेख छ।

यूएसएसडी (अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा) मार्फत गरिने कारोबारमा प्रति कारोबार अधिकतम रु. ५ हजार र प्रतिदिन अधिकतम रु. १० हजार गर्ने व्यवस्था, एनएफसी (नियर फील्ड कम्युनिकेसन) प्रविधि प्रयोग गरी कन्ट्याक्टलेस कार्डबाट गरिने कारोबारमा प्रति कारोबार रु. ५ हजारसम्म सीमा र मोबाइल एप/इन्टरनेट/एसएमएस बैंकिङ/डिजिटल वालेटका प्रयोगकर्ताले युजरनेम, पासवर्ड वा ट्रान्ज्याक्शन पिन हराए/बिर्सिएमा सम्बन्धित सेवा निःशुल्क रुपमा पुन:प्राप्त गर्न सक्ने व्यवस्था पनि समावेश गरिएको छ।

थप रूपमा, वालेटमा लिंक गरिएको आफ्नै बैंक खाताबाट रकम स्थानान्तरण गर्दा कुनै सीमा नलाग्ने र एउटै व्यक्तिको नाममा रहेको बैंक तथा वित्तीय संस्थाका खाताहरूबीच रकम स्थानान्तरणमा सीमाहरु नलाग्ने प्रावधान सूचनामा समेटिएको छ।

व्यवसायिक प्रयोजनका लागि कर्पोरेट पे, इन्टर–बैंक फण्ड ट्रान्सफर फर बिजनेश जस्ता विशेष भुक्तानी उपकरण उपलब्ध गराइने र आवश्यकताअनुसार छुट्टै सीमा तोकिने तथा ठूलो मूल्यका तत्कालै सेटलमेन्टका लागि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत रु. २ लाख वा सोभन्दा माथिको रकम वास्तविक समयमा पठाउन मिल्ने व्यवस्था गरिएको छ ।

आरटीजीएस सञ्चालन समय आइतबारदेखि बिहिबार बिहान ८:३० बजेदेखि बेलुका ५:३० बजेसम्म र शुक्रबार बिहान ८:३० बजेदेखि अपरान्ह २:४५ बजेसम्म कायम गरिने उल्लेख गरिएको छ। राष्ट्र बैंकले यी व्यवस्था लागू गर्ने उद्देश्य ग्राहक सुरक्षालाई थप सुदृढ पार्नु, भुक्तानी सेवामा पारदर्शिता र सहज पहुँच सुनिश्चित गर्नु रहेको जनाएको छ।

nullnull

समाचार

प्रधानमन्त्रीले खोलिन् नयाँ सामाजिक सञ्जाल अकाउन्ट, जीमेल प्रयोगले साइबर सुरक्षामा प्रश्न

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाता सञ्चालनमा ल्याएकी छन्। उनले आइतबारदेखि फेसबुक, एक्स (ट्विटर) र इन्स्टाग्राममा आफ्नो नाममा नयाँ &…

ओपनएआई र जोनी आइभको एआई डिभाइस विकासमा चुनौती

ओपनएआई र एप्पलका पूर्व प्रमुख डिजाइनर जोनी आइभले संयुक्त रूपमा तयार गर्न लागेको नयाँ एआई डिभाइसमा प्राविधिक समस्या देखा परेको …

एनएफसी प्रविधि प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

सम्पर्करहित भुक्तानी प्रविधि ‘एनएफसी’ प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस् आजकल भुक्तानीको आधुनिक माध्यमको रूपम…

ओपनएआईले किन्यो रियो स्टार्टअप, वित्तीय क्षेत्रमा पनि प्रवेश गर्न खोजेको सङ्केत

ओपनएआईले रियो (Rio) नामक स्टार्टअप अधिग्रहण गरेको छ। यसपटक एआई कम्पनीले प्रयोगकर्तालाई आफ्ना सम्पूर्ण वित्तीय पोर्टफोलियो एकै ठाउँ…

के ट्रिलियन डलर सम्पत्ति भएको व्यक्ति बन्लान एलन मस्क ?

विश्वकै धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको छ । बुधबार मस्कको जम्मा सम्पत्ति आधा ट्रिलियन डलर अर्थात् ५०० अर्ब डलर…

विपद्को मौका छोपेर बढी भाडा असुल्ने राइड शेयरिङविरूद्ध कारवाही गर्ने प्रशासनको चेतावनी

जिल्ला प्रशासन काठमाडौंले मनसुनजन्य विपद्को समयमा बढी भाडा लिने इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ चालकहरूलाई कारवाही…

इन्डोनेसियमा टिकटकको लाइसेन्स निलम्बन, आवश्यक डेटा उपलब्ध नगराएको आरोप

इन्डोनेसियाले लोकप्रिय सामाजिक सञ्जाल टिकटकको सञ्चालन लाइसेन्स निलम्बन गरेको छ। टिकटकले अगस्ट महिनामा भएको देशव्यापी प्रदर्शनको स…

बाढी तथा मौसम सम्बन्धि जानकारी यसरी लिनुहोस्

देशका विभिन्न ठाउँमा वर्षा सुरू भएको छ । यसअघि नै जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म पानी पर्ने बताइसकेको छ । …

ओपेराको एजेन्टिक एआई ब्राउजर नियोन सार्वजनिक, यस्ता छन् सुविधा

वेब ब्राउजर निर्माता ओपेराले आफ्नो नयाँ एजेण्टिक एआई ब्राउजर ‘ओपेरा नियोन’ (Opera Neon) सार्वजनिक गरेको छ ।

परप्लेक्सिटीको कोमेट एआई ब्राउजर अब विश्वभर निःशुल्क उपलब्ध

परप्लेक्सिटीले आफ्नो कोमेट एआई ब्राउजर सबैका लागि निःशुल्क उपलब्ध गराएको छ। यसअघि यो सेवा परप्लेक्सिटी म्याक्स प्रयोगकर्ताहरूल…

एरिजोनामा अमेजनका दुई डेलिभरी ड्रोन क्रेनसँग ठोक्किँदा दुर्घटना

एरिजोनाको टोल्सनमा अमेजनका दुई डेलिभरी ड्रोनहरू क्रेनसँग ठोक्किँदा दुर्घटना भएको छ। यो घटना अमेजनको फुलफिलमेन्ट सेन्टरबाट करिब…

एडोबीले आईफोनमा ल्यायो प्रिमियर एप, क्यापकट र एडिट्ससँग प्रतिस्पर्धा

डेस्कटपमा सबैभन्दा धेरै प्रयोग हुने भिडियो सम्पादन सफ्टवेयरमध्ये एक एडोबी प्रिमियर अब आईफोनमा पनि उपलब्ध भएको छ।

टिकटक, रिल्स र शर्ट्ससँग प्रतिस्पर्धा गर्न ओपनएआईले ल्यायो सोरा एप, एआई जेनेरेटेड भिडियो शेयर गर्न सकिने

एआई कम्पनी ओपनएआईले मंगलबार आफ्नो नयाँ भिडियो र अडियो जेनेरेटर ‘सोरा २’ सार्वजनिक गरेको छ । यसअघि आएको सोरा मो…

एलन मस्कले घोषणा गरे ‘ग्रोकीपेडिया’, विकिपेडियालाई चुनौती दिने तयारी

अमेरिकी अर्बपति एलन मस्कले आफ्नो एआई कम्पनी एक्सएआईमार्फत विकिपेडियालाई टक्कर दिने नयाँ परियोजना सुरु गर्ने घोषणा गरेका छन्।

च्याटजीपीटीमा नयाँ सुरक्षा र अभिभावक नियन्त्रण सुविधा

ओपनएआईले च्याटजीपीटीमा नयाँ सुरक्षित राउटिङ प्रणाली र अभिभावक नियन्त्रण (Parental Controls) सुविधा सुरु गरेको छ।