कीवर्डहरू -

समाचार

डिशहोमका ग्राहकलाई चन्द्रागिरी केबलकारमा १० प्रतिशत छुट

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत, सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन्।

काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरी हिल्स काठमाडौं उपत्यकाबाट छिटो पहुँचिने प्रमुख पर्यटन गन्तव्य हो। यस साझेदारीले डिशहोमका ग्राहकहरूले छुटसहित चन्द्रागिरी हिल्सको अनुभव लिन सक्ने अवसर प्रदान गर्ने बताइएको छ । 

माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरेर आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गरी होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्न सकिने छ । 

अनि चन्द्रागिरी हिल्सको केबलकार टिकट किन्ने बेला कार्ड देखाएर छुट प्राप्त गर्न सकिने छ । यस साझेदारीलाई औपचारिकता दिने क्रममा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

“यो साझेदारीले हाम्रो ग्राहकहरूलाई केवल डिजिटल कनेक्सन मात्र नभई, नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच प्रदान गर्नेछ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।
 

समाचार

‘आत्महत्या कसरी गर्ने’ प्रश्नको जवाफै दिदैनन् एआई च्याटबट, अध्ययन भन्छ - उत्तर दिने शैली परिवर्तन गर्नुपर्छ

आत्महत्यासँग सम्बन्धित प्रश्नहरूमा तीन लोकप्रिय एआई च्याटबटहरूको प्रतिक्रिया जाँच गर्ने अध्ययनले केही निकै रोचक र अचम्मलाग्दो तथ्…

नेपाल टेक मार्केटले सार्वजनिक गर्‍यो फोहोर व्यवस्थापन प्रणाली

नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्…

नासो कर्णालीलाई खगोलीय उपकरण हस्तान्तरण

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) कर्णालीका संयोजक डा…

काठमाडौंमा ‘एआई सुरक्षा भेला’ सम्पन्न, एआईको नैतिक प्रयोगमा जोड

गएको शनिबार काठमाडौंमा एआई सुरक्षा भेला (AI Safety Meet-Up) सम्पन्न भएको छ । एनोभेटर्स र बेलायतस्थित गैर-नाफामूलक संस्था &lsq…

बालबालिका, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई अनिवार्य छैन् राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, असहाय, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य न…

कस्तो रह्यो नेपालमा नामीको एक वर्ष ?

नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक…

नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक

नमस्ते पे नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नमस्ते पेबीड एनडीएमा हस्ताक्षर भएको …

टेली डिजिटल सर्भिसेस अब गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर

रमेश कर्पको अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेसले गुगल क्लाउडसँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टन…

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ हुँदै

युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘क…

नेपाली विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ तालिम दिदै सामसङ, तेस्रो ब्याचका ५६ जनालाई प्रमाणपत्र वितरण

सामसङले आफ्नो सामाजिक उत्तरदायित्त्व पहल अन्तर्गत सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक…

मोबैंकमार्फत भुक्तानी गर्दा कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झ…

चिनियाँ साइबर आक्रमण बढ्दा ताइवानका इन्टरनेट सेवाहरू जोखिममा: विशेषज्ञको चेतावनी

चीन प्रविधिको मामलामा प्रगतिशील छ,  एआई देखि रोबोटिक्ससम्मका क्षेत्रमा चीनले ठूलो लगानी गरेको छ। अमेरिकाले चीनको प्रविधिल…

आउँदो ३ वर्षमा एआईले मानिसजस्तो व्यवहार देखाउन सक्छ, डीपमाइन्डका सुलेमानको चेतावनी

माइक्रोसफ्टको एआई प्रमुख र डीपमाइन्डका को–फाउन्डर मुस्तफा सुलेमानले भनेका छन् कि अर्को ३ वर्षमा एआईले मान्छे जस्तै चेतना (कन्…

आइसिटी अवार्डमा अनलाइन नोमिनेसन दिने समय थप, यस्तो छ आवेदन दिने तरिका

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (…

सोशल मिडिया र बाल मानसिक स्वास्थ्य: विश्वभर नियमनमा हुँदैछ कडाइ

सोसल मिडियाको बढ्दो प्रभावसँगै यसले युवालाई केही नयाँ गर्ने प्लेटफर्म दिइरहेको छ । तर सँगसँगै बालबालिकाहरूको मानसिक स्वास्थ्य र…