कीवर्डहरू -

समाचार

सुरक्षण मुद्रण केन्द्रमार्फत ड्राइभिङ लाइसेन्स छाप्ने तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढु‌ंगानाबीच आइतबार भएको छलफलमा मुलुकभित्रै सवारी चालक अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुंगानालगायत कर्मचारीको उपस्थिति थियो ।

सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमपतिपत्र छाप्ने विषय अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।


‘मन्त्रालयको महत्वपूर्ण योजनामध्ये मुद्रण केन्द्रलाई नियमित सञ्चालन गर्नु पनि एक हो । यथाशीघ्र केन्द्रमार्फत छपाइको काम सुरुआत गर्नेछौं । त्यसका लागि आवश्यक पर्ने भौतिक र प्राविधिक तयारीमा लाग्नेछौं,’ उनले भने ।

मन्त्री गुरुङले स्वदेशमा आवश्यक कागजात छाप्नु भनेको देशको स्वाभिमान र गौरवका साथै रोजगारीका अवसर सृजना हुने भएकाले सरकारका छपाइसम्बन्धी कार्य केन्द्रमार्फत गर्ने तयारी भइरहेको बताए ।

स्वदेशमा आयआर्जन हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने भएकाले यथाशीघ्र छपाइलाई निरन्तरता दिने उनले उल्लेख गरे ।

यातायातमन्त्री दाहालले सरकार नयाँ र महत्वपूर्ण कार्यको सुरुआत गरेर जनतामा सकारात्मक र भरोसापूर्ण सन्देश छोड्नुपर्ने धारणा राखे । उनले सञ्चार मन्त्रालयसँग यथाशीघ्र सहकार्य गरेर सुरक्षण मुद्रण केन्द्रसँग लाइसेन्स छपाइसम्बन्धी लिखित सम्झौता गरिने प्रतिबद्धता जनाए ।

सञ्चार सचिवसमेत रहेकी सुरक्षण मुद्रण केन्द्रकी अध्यक्ष अर्यालका अनुसार छलफलमार्फत सञ्चार मन्त्रालयले सवारी चालक अनुमपतिपत्र छाप्न सकिने निश्‍कर्ष निकालेको छ ।

केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले छलफलमा उठेका विषयलाई सञ्चालक समितिको बैठकमा प्रस्ताव पेस गरेर सम्झौतामा हस्ताक्षर गर्नेदेखि छाप्ने मिति तय गरिने जानकारी दिए । ‘अहिले छलफल मात्रै भएको हो । कहिले छाप्ने भन्ने मिति तय भएको छैन,’ उनले भने ।

छलफलले करिब ३० लाख लाइसेन्स छाप्नसक्ने निष्कर्ष निकालेको छ । दुई वर्षअघि सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो । त्यसपछि कार्यकारी निर्देशकविहीन भएको केन्द्र निष्क्रिय बनेको थियो ।

सञ्चारमन्त्री गुरुङले निष्क्रिय अवस्थामा रहेको केन्द्रलाई पुनर्जीवित बनाउन छपाइसम्बन्धी प्रक्रिया सुरु गर्न जरुरी रहेको बताए । कर्मचारीविहीन केन्द्र सञ्चालनका लागि कार्यकारी निर्देशक ढुंगानालाई नियुक्त गरिएको थियो । उनी आएपछि छपाइ कार्य सुरु गर्न लागिएको हो ।

सञ्चारमन्त्री गुरुङले छापाखाना प्रविधियुक्त बनाउन, कर्मचारी व्यवस्थापनलगायत विषय प्रभावकारी बनाउन आवश्यक तयारी थालिएको बताए । कुनै पनि नेपाली कागजात बाहिर छाप्नु नपर्ने भन्दै उनले हुलाक टिकट, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्रलगायत कागजपत्र स्वदेशमा छापाइ हुँदा देशको राजस्वमा टेवा पुग्ने धारणा राखे ।

मन्त्री गुरुङले एक–दुई दिनभित्र लाइसेन्स छाप्ने विषयमा यातायात मन्त्रालय र केन्द्रसँग सहमति गरी छपाइ थालिने स्पष्ट पारे । ‘यही वर्षभित्र छपाइ सुरु गर्छौं । एक–दुई दिनमा लिखित सहमति गरेर बाँकी प्रक्रिया सुरु गर्छौं,’ उनले भने ।

समाचार

यातायात व्यवस्था विभाग प्रिन्टिङ प्रणालीमा समस्या, अत्यावश्यक लाइसेन्स छपाइ बन्द

यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द भएको छ ।

यही वैशाख २५ गते बि…

नेपालमा इलेक्ट्रोनिक्स ब्राण्ड नोबेल सार्वजनिक

नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचार…

मुक्तिनाथ विकास बैंकले आयोजना गर्‍यो स्टार्टअप केन्द्रित वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक क…

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरू

महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक स्क्यान टु क्याससेवाको सुरुवात गरेको छ ।  यससँगै महालक्ष्मी वि…

डेभकन २०२५ सम्पन्न, एआई र डेटा सुरक्षाको विषयमा छलफल

एडिट इन्टरप्राइजेजले आयोजना गरेको डेभकन २०२५  सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा आयोजना भएको डेभकनमा एआई र डेटाक…

च्याटजीपीटीको डिप रिसर्चलाई अब गिटहबको डेभलपर इकोसिस्टममा जोड्न सकिने

च्याटजीपीटीले आफ्नो डिप रिसर्च सेवा गिटहबको डेभलपर इकोसिस्टममा सिंधै जोड्न सकिने ल्याएको छ । यो एकीकरण अहिले बेटा परीक्षणको चर…

अब एन्ड्रोइडमा पनि ‘ब्याट्री हेल्थ’ फिचर

प्रायः आईओएस माथि एन्ड्रोइड बाट लिएको हो, तर यसपटक कुरा उल्टो भएको छ । वास्तवमा एन्ड्रोइडको आगामी भर्सन, अर्थात् एन्ड्रोइड १६ मा आइ…

यामाहाका जेनुइन स्पेयर पार्ट्स अब दराजबाट पनि किन्न सकिने

अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिने …

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार  नियमि…

पेगासस प्रकरण : मेटाले एनएसओ ग्रुपविरुद्ध जित्यो १६७ मिलियन डलरको ऐतिहासिक मुद्दा

मेटाले पेगासस स्पाइवेयर बनाउने कम्पनी एनएसओ ग्रुपविरुद्ध १६७ मिलियन डलरको मुद्दा जितेको छ । मेटाले एक ब्लग पोस्टमार्फत यसबारे ज…

ग्रीस सरकारद्वारा ‘किड्स वालेट’ एप सार्वजनिक: बालबालिकाको डिजिटल सुरक्षा र स्क्रिन टाइम नियन्त्रणमा नयाँ कदम

ग्रीस सरकारले ‘किड्स वालेट’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । बच्चाहरूको स्क्रिन टाइम सीमित गर्नु र डिजिटल प्…

गुगलको नयाँ एआई फिचर ‘सिम्प्लीफाई’ आइफोन प्रयोगकर्ताका लागि सार्वजनिक

गुगलले आइफोन प्रयोगकर्ताहरूका लागि “सिम्पलीफाई” नामक नयाँ एआई सुविधा ल्याएको छ । नामले नै जनाएझैं, यो सुविधा जट…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (MBUST) ले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । 

डिजिटल प्रविधिमा आधारितरहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेव…

स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच स्मार्ट पे र स्मार्ट क्युआरका लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको &…