समाचार
बससेवाबाट दशैंका लागि बसको टिकट बुकिङ गर्दा ५ जनालाई खसी उपहार, सय जनालाई निःशुल्क टिकट
बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ। बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाइजहाजको टिकट सहजै काट्न सक्नेछन्।
बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।
‘बससेवाको सिस्टममा पर्याप्त टिकट छन् । यात्रुहरूले मोबाइलबाटै टिकट बुकिङ गरी सहजै यात्रा गर्न सक्नुहुन्छ,’ उनले भने ।
सय जनालाई फ्रि बस टिकट
बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सय जनालाई निःशुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
बससेवाबाट टिकट काट्ने पाँच जनालाई खसी उपहार
बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई खसी उपहार समेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँच जनालाई उपहारस्वरूप खसी दिने घोषणा कम्पनीले गरेको हो ।
हवाई टिकटमा क्यासब्याक
मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् । बस सेवाका सिइओ खनालका अनुसार क्यास ब्याकको अफर मङ्सिर महिनासम्म रहनेछ । यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन् ।
समाचार
स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताले पनि अब आफूले चाहेको गीत सर्च गरेर प्ले गर्न सक्ने
स्पोटिफाइले आफ्नो लसलेस स्ट्रिमिङ सेवा पेड सब्सक्राइबरका लागि सार्वजनिक गरेपछि अब निःशुल्क प्रयोगकर्ताहरूका लागि पनि नयाँ सुविधा …
ओपनएआईले सार्वजनिक गर्यो नयाँ जीपीटी ५ कोडेक्स
ओपनएआईले सोमबार आफ्ना एआई कोडिङ एजेन्ट कोडेक्सका लागि नयाँ संस्करण जीपीटी ५ कोडेक्स सार्वजनिक गरेको छ। यो मोडेलले अघिल्ला संस्क…
उद्योग विभागमा आगजनी हुँदा ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट
उद्योग विभाग अन्तर्गतको ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट भएका छन् ।
आन्तरिक मेमोरी कि एसडी कार्ड ? फोन स्टोरेज बढाउन कुन प्रयोग गर्ने ?
आजको समयमा स्मार्टफोन केवल कल गर्ने उपकरण मात्रै होइनन्, बरु हाम्रो डिजिटल जीवनको एक महत्वपूर्ण हिस्सा बन्न पुगेका छन्।
स्न्यापले आफ्नो एआई चश्माका लागि सार्वजनिक गर्यो स्न्याप ओएस २.०
सामाजिक सञ्जाल स्न्यापले आफ्नो एआर चश्मा स्न्याप स्प्याक्टिकल्सका लागि नयाँ सफ्टवेयर स्न्याप ओएस २.० सार्वजनिक गरेको छ । यस संस्करणमा न…
आईओएस २६ को बेटा भर्सन सार्वजनिक, अहिलेसम्मकै ठूलो भिजुअल परिवर्तन
एप्पलले लामो प्रतीक्षा गरिएको नयाँ सफ्टवेयर आईओएस २६ को बेटा भर्सन सार्वजनिक गरेको छ। यो संस्करण अहिलेबाटै उपयुक्त आईफोन प्रयोगक…
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी
काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नामम…
यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि नागरिक एपमा देखिन छोड्यो लाइसेन्सको अप्सन
नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको छ । यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हट…
पेनस्के मिडियाले हाल्यो गुगलको एआई ओभरभ्यूजविरुद्ध मुद्दा, ट्राफिक र राजस्व घटेको आरोप
गुगलको एआई ओभरभ्यूज (AI Overviews) ले गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । रोलिङ स्टोन, भेराइटी, बिलबोर्ड लगायतका मिड…
एनसेलले भन्यो: हामी फेरि उठ्ने छौं
जेनजी प्रदर्शनका क्रममा काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकमसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्…
वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट, कम्प्युटर, प्रिन्टर्स, हार्डड्राइभ चोर्ने र जलाउने दुवै कार्य
जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।
…जेनजी प्रदर्शनमा यातायात विभागबाट ल्यापटपदेखि हार्डडिस्कसम्म चोरी, फिर्ता गर्न आग्रह
जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागबाट सवारी साधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टिभि, छपाइ मेशिन, छपाइ भए…
ड्राइभिङ लाइसेन्स छपाइ र वितरण बन्द, लाखौं ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट जलेर खरानी
यातायात व्यवस्था विभागमा आगजनी, तोडफोड भएपछि ड्राइभिङ लाइसेन्स छपाइ, वितरण लगायतका काम बन्द भएका छन् ।
अल्बानियामा एआईबाट बनाइएकी ‘डिएला’ मन्त्री नियुक्त, भ्रष्टाचार रोक्ने उद्देश्य
अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो नयाँ मन्त्रिपरिषद्मा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएको ‘मन्त्री’ नियु…
अर्थ मन्त्रालयका मुख्य तीनओटा सफ्टवेयरहरू र त्यसका तथ्याङ्क सुरक्षित
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ। अर्थ मन्त्रालय, भन्सार तथा कर कार्याल…