कीवर्डहरू -

समाचार

वर्ल्डलिंक र डाटा वर्ल्डमा विश्व बैंक समूहको २९ मिलियन डलर लगानी

नेपालको डिजिटल पूर्वाधार विस्तार गर्दै समावेशी आर्थिक विकासलाई गति दिन विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (IFC) ले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCBNL) सँगको साझेदारीमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र यसको सहायक संस्था डाटा वर्ल्ड लिमिटेडमा २९ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।

यस लगानीमार्फत नेपालको फाइबर नेटवर्क विस्तार गर्ने र देशभर अत्याधुनिक डाटा सेन्टरहरूको विकास गरिनेछ, जसले ग्रामीण भेगका सर्वसाधारणलाई समेत उच्चगति इन्टरनेट पहुँचमा जोड्ने लक्ष्य लिएको छ।

'वर्ल्डलिंकमा हामी विश्वस्त छौं कि जडान नै अवसरसम्मको पुल हो,' वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले भने, 'आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको यो रणनीतिक साझेदारीले नेपालको डिजिटल भविष्यलाई थप बलियो बनाउनेछ।'

डाटा सेन्टर पूर्वाधार नेपालको आगामी प्रविधि-केन्द्रित अर्थतन्त्रको मुख्य आधार बन्ने अपेक्षा गरिएको छ। यो साझेदारी अन्तर्गत नेपालमै पहिलोपटक EDGE प्रमाणित डाटा सेन्टरको निर्माण हुने बताइएको छ।

'नेपाल सरकारको १६औं राष्ट्रिय योजना र डिजिटल नेपाल फ्रेमवर्कमा आधारित यो लगानीले देशको समग्र डिजिटल पहुँच विस्तारमा टेवा पुर्‍याउनेछ,' आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक इमाद एन. फाखौरीले भने, 'हामी ग्रामीण भेगमा इन्टरनेट पहुँच वृद्धि र रोजगारी सृजनामार्फत समावेशी विकासमा योगदान गर्न चाहन्छौं।'

डिजिटल पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि र सुदृढ फाइबर-टु-होम प्रविधिको प्रयोग गरिनेछ। आईएफसीको सहायतामा वर्ल्डलिंकले महिलाको कार्यक्षेत्रमा सहभागिता बढाउने योजना पनि अघि सारेको छ।

आईएफसीका एशिया तथा प्रशान्त क्षेत्रका पूर्वाधार तथा प्राकृतिक स्रोत निर्देशक विक्रम कुमारका अनुसार नेपालको डिजिटल क्षेत्रमा नवप्रवर्तन र वृद्धिको अपार सम्भावना छ। ग्रामीण क्षेत्रमा ब्रडब्यान्ड पूर्वाधार अभाव भएकाले डाटा सेन्टरले ठूलो भूमिका खेल्नेछ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोरख रानाले वर्ल्डलिंक, डाटा वर्ल्ड, आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीचको यो ऐतिहासिक सहकार्यले नेपालको इन्टरनेट पहुँच र डाटा सेन्टर क्षमतामा क्रान्तिकारी परिवर्तन ल्याउने बताए । 

समाचार

सन् २०२६ मा कोलम्बियामा हुने इन्ड्राइभको अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

इन्ड्राइभको अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो त्रैमासिकमा कोलम्बियामा आयोजना हुने भएको छ । यस संस्कर…

सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

यातायात व्यवस्था विभागको सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको छ ।

असार २० गते …

पठाओ पार्सलको अफर: समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामान फिर्ता

राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरे…

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०+…

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जाका लागि सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी स…

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक …

पर्प्लेक्सिटीको नयाँ सब्सक्रिप्सन योजना: २०० डलरमा ‘म्याक्स’ सदस्यता

एआई सर्च स्टार्टअप पर्प्लेक्सिटीले पावर युजरका लागि प्रतिमहिना २०० अमेरिकी डलरमा ‘म्याक्स’ सदस्यता योजना सार्वजनिक गरे…

टिएमवानका १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै

'कमाइको राजा' भनेर परिचित टिएमवानले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्…

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरुवात

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरूवात भएको छ । अनलाइन लञ्च कार्यक्रममा ‘Launch i…

माईक्रोसफ्टले सार्वजनिक गर्‍यो “डाइग्नोन्टिक अर्केस्ट्रेटर” एआई, ८० प्रतिशत मेडिकल केसमा डाक्टरभन्दा उत्कृष्ट काम गर्ने

माईक्रोसफ्टले भर्खरै यस्तो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली सार्वजनिक गरेको छ, जुन जटिल र चुनौतीपूर्ण मेडिकल केसहरूमा मानवी…

एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा छानिए २० विजेता ग्राहकहरु

एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत दोस्रो हप्तासम्ममा २० जना भाग्यशाली ग्राहकहरु छानेको छ । यसरी छानिएक…

छात्रवृत्तिमा प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले खुलायो अनलाइन आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फार…

हुवावे सिड्स फर द फ्युचर क्षेत्रीय कार्यक्रममा प्रतिनिधित्व गर्न शीर्ष ५ नेपाली विद्यार्थी छनोट

हुवावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर २०२५ कार्यक्रममा नेपालबाट चीनमा आयोजना हुने…

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने

एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्र…

तनहुँमा राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि खोलिएको बिहानी सेवा बन्द

जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकोमा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।