समाचार
मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड
नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप-टु-डेट जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्नेछ।
प्राकृतिक प्रकोपहरू सम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यप्रक सचेतनालाई प्रवर्द्धन गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइडले प्रमाणित जानकारीहरू उपलब्ध गराउनेछ ।
अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी भेरिफाई गर्न प्रेरित गर्नेछ। यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल BIPAD, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र विपद्जन्य घटनाबाट प्रभावित व्यक्तिहरूलाई व्यावहारिक सहयोगसमेत समावेश गरिएको ट्र्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पहुँच दिन्छ।
यो गाइडले प्राकृतिक विपददेखि व्यक्तिगत क्षतिसम्मलाई समेटेर ट्र्याजिक ईभेन्टलाई स्पष्ट रूपमा परिभाषित गर्दै त्यस्ता घटनाहरूमा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक शेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिन्छ।
टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, “संकटको घडीमा समयमै र सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौं । हामीले विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका संस्थाहरूसँग सहकार्य गरेर एवम् यी स्रोतहरूलाई हाम्रा प्रयोगकर्ताको पहुँचमा सहज तरिकाले पुर्याएर, हामी वहाँहरूलाई सचेत निर्णय लिन र सुरक्षित रहन सहयोग गर्न चाहन्छौं।”
यो सुरुवात टिकटकको विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने लगायत वृहत लक्ष्यहरूमा आधारित छ। यी टुलहरूलाई युजर एक्सपिरियन्समै समाहित गरेर टिकटकले आफ्नो कम्युनिटीलाई अर्थपूर्ण सहयोग र भरपर्दो जानकारीको माध्यमबाट सशक्त बनाइरहेको छ।
यो प्लेटफर्म यस्तो वातावरण निर्माण गर्न प्रतिबद्ध छ जहाँ मानिसहरू सहि सूचनाको माध्यमबाट अपडेट भइरहन, आफ्नो मानसिक र सामाजिक स्वास्थ्यको ख्याल राख्न र संवेदनशील क्षणहरूमा जिम्मेवार बन्न सक्नेछन्।
थप जानकारीको लागि टिकटकको सेफ्टी सेन्टरमा जानुहोस्: www.tiktok.com/safety
समाचार
बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रबाटै केवाईसी विवरण पाउने व्यवस्था गरिने
नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२-८३ को म…
राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने भएको छ ।
२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो
स्विजरल्यान्डको जेनेभामा आयोजना भएको जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्ज २०२५ मा नेपाली टिम दोस्रो हुन सफल भएको छ ।
नासाको बजेटमा ६ अर्ब डलरभन्दा बढीको कटौती प्रस्ताव, नयाँ मिशन र अनुसन्धान परियोजना जोखिममा
अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासालाई आगामी वर्षहरूमा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। ट्रम्प प्रशासनको बजेट कट…
न्युज एग्रीगेटर प्लेटफर्म ‘छलफल डटकम’ सार्वजनिक, समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा
एआईमा आधारित न्युज एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक भएको छ । छलफ…
अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै
गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…
बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग
नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई…
गुगल क्यालेन्डर अब एप्पल वाचमा पनि उपलब्ध, सीमित सुविधा
गुगलले एप्पल प्रयोगकर्ताहरूका लागि चुपचाप नयाँ सुविधा थपेको छ। कम्पनीले गत हप्तामात्रै ‘गूगल क्यालेन्डर’ को एप्पल वा…
एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै
नसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ …
माइक्रोसफ्ट एजको नयाँ उपलब्धि: युआई लोड समय ४० प्रतिशतले घट्यो, अब झनै छिटो ब्राउजिङ अनुभव
यदि तपाईं माइक्रोसफ्ट एज प्रयोगकर्ता हुनुहुन्छ भने, अब तपाईंको वेब ब्राउजिङ अनुभव झनै छरितो र प्रभावकारी हुने भएको छ । माइक्रोस…
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी
सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एन…
बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा
अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरे…
मृत्युपछि गुगल अकाउन्टको भविष्य: ‘इनएक्टिभ’ सेटिङले डेटा सुरक्षित राख्ने नयाँ सुविधा
के तपाइँले कहिल्यै सोच्नुभएको छ, तपाइँको मृत्युपछि तपाइँको गुगल अकाउन्टसँग के हुनेछ? के कसैले त्यसलाई एक्सेस गर्न सक्छ? त्य…
बाइटडान्सले अमेरिकी बजारका लागि नयाँ टिकटक एप बनाउँदै, सेप्टेम्बर ५ मा सार्वजनिक गर्ने तयारी
टिकटकको मालिक कम्पनी बाइटडान्सले अमेरिकी बजारका लागि छुट्टै नयाँ एप तयार पारिरहेको छ, जसलाई ‘M2’ नाम दिइएको छ …
भर्चुअल ग्राहक प्रिभिलेज कार्ड ल्याउँदै डिशहोम, विभिन्न सेवाहरूमा छुट पाइने
डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रका ग्राहकहरूको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ, आफ्नो ग्राहक सेवा एप, ‘माइ…