कीवर्डहरू -

समाचार

काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो।

मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो।

मन्त्रालयका अनुसार अब काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ।

साथै काठमाडौँको ठूलोभर्याङ यातयात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ। भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँस्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ।

निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्था र सेवाप्रदायक कम्पनीबीच सम्झौता भइसकेको छ। नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन्।

सञ्चारमन्त्री खरेलको विशेष सक्रियतामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो।

प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ।

त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ ।

गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेका थिए। मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढेको छ ।

निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । रासस

समाचार

अब सोरा एपमा फ्रीमा एआई भिडियो बनाउन नपाइने, १० भन्दा बढी कन्टेन्ट क्रिएसनका लागि पैसा तिर्नुपर्ने

आर्टिफिसियल इन्टेलिजेन्स एआई कम्पनी ओपनएआईले आफ्ना प्रयोगकर्ताका लागि ठूलो परिवर्तन गरेको छ। कम्पनीले अहिले आफ्नो सोरा एपमा एआई भ…

सिरी एआई २०२६ मा आउने संकेत: एप्पलको एआई रिबुटको तयारी

एप्पलको लामो समयदेखि ठप्प अवस्थामा रहेको सिरी एआईको लन्च अन्ततः गतिशील अवस्थामा फर्किएको छ र यसलाई २०२६ भित्र प्रयोगकर्ताका लागि …

आंशिक रुपमा चल्न थाल्यो यातायात व्यवस्था विभागको सर्भर

यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा  चलेको छ। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको सर्भर कात्तिक १६ गत…

एप्पलद्वारा आईफोनमा भ्वाइस आइसोलेसन सुविधा सार्वजनिक, भीडभाडमा कलिङ आवाज सुधार्ने समाधान

एप्पलले आईफोनमा भ्वाइस आइसोलेसन नामक नयाँ सुविधा उपलब्ध गराएको छ, जसले कलको समयमा प्रयोगकर्ताको आवाजलाई प्राथमिकता दिएर पृष्ठभ…

यूट्यूबको नयाँ एआई फिचरले पुराना भिडियोहरूको क्वालिटी अपग्रेड गर्ने

यूट्यूबले केही महिनाहरूमा धेरै एआई-पावर्ड फीचरहरू प्रस्तुत गरिसकेको छ, र अब कम्पनी भिडियो क्वालिटीमा पनि आर्टिफिसियल इंटेलिजेन्…

आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा स्टार्टअपहरूका लागि २ दिने तालिम सम्पन्न

आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा आयोजना भएको दुई दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १५ र १६ गते स्टार्टअप त…

क्यान्भाको नयाँ ‘डिजाइन मोडेल’ सार्वजनिक, एफिनिटी सफ्टवेयर अब निःशुल्क

विश्वप्रसिद्ध ग्राफिक डिजाइन कम्पनी क्यान्भा (Canva) ले बिहीबार डिजाइनका लेयर र फर्म्याटहरू बुझ्नसक्ने गरी आफ्नै डिजाइन मोडेल सार्वज…

इसेवा र शिखर इन्स्योरेन्सले ल्याए ‘सहारा हेल्थ इन्स्योरेन्स’, १ हजार ३९९ रूपैयाँबाट प्रिमियम सुरू हुने

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपालीको स्वास्थ्य सुरक्षाला…

एपीईसी शिखर: शीले एआईलाई ‘मानवताको विश्वव्यापी सम्पत्ति’ बनाउने योजना अघि सारे, अमेरिका असहमत

दक्षिण कोरियाको ग्योंग्जू शहरमा भएको एपीईसी (एशिया–प्यासिफिक आर्थिक सहयोग) शिखर सम्मेलनमा चीनका राष्ट्रपति शी जिनपिंगले ए…

कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै, दिगाे टेक इकाेसिस्टम विकासमा सघाउने विश्वास

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ‘

टप ५ स्मार्टफोन नोभेम्बरमा आउँदै: नथिङ (३ए) लाइटदेखि ओप्पो फाइन्ड X९ प्रो सम्म

नोभेम्बर महिना टेक्नोलोजी प्रेमीहरूका लागि निकै विशेष रहनेछ। यो महिनामा वानप्लस, नथिङ, ओप्पो, रियलमी र आईक्यू जस्ता प्रमुख कम्पन…

ट्रम्पको गोल्डेन डोमका लागि उपग्रह विकास गर्न स्पेसएक्सलाई २ अर्ब डलरको ठेक्का दिने तयारी

अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले अमेरिकी सरकारका लागि उपग्रह विकास गर्न करिब २ अर्ब अमेरिकी डलरको ठेक्का पाउने भएको छ…

देशभरका ३७ विमानस्थलमा फ्री वाईफाई सेवा सञ्चालन गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फ्री वाईफाई इन्टरनेट सेवा ‍कार्तिक ११ गतेदेखि त्रिभुवन अन्…

तेह्रौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला

नेपालका लागि तेह्रौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ । कार्यक्रमको सिनियर विधामा जुलाई १, २००६ वा त्यसपछ…

दराजले सुरू गर्‍यो लजिष्टिक एकाई दराज एक्सप्रेस, दराजमा नभएका सामान पनि डेलिभरी हुने

दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) मार्फत नयाँ सुविधा लास्ट–माइल …