कीवर्डहरू -

समाचार

गुगल सर्चमा एआई मोडको आगमन: अब खोज परिणामहरू अझ स्मार्ट, पर्सनलाइज्ड र रियल टाइममा अपडेट हुने

गुगलले सधैं प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिन नयाँ नयाँ फिचरहरू ल्याइरहन्छ । यस पटक, यो टेक दिग्गज कम्पनीले आफ्नो सर्च सिस्टममा एक शक्तिशाली अपडेट रोलआउट गरेको छ ।

यो नयाँ फिचरको नाम एआई मोड हो, जसले गुगल सर्चलाई अझ विस्तृत, स्मार्ट र अत्यधिक पर्सनलाइज्ड बनाउँने छ । यो फिचर गुगल सर्चमा रियल टाइम इन्फर्मेसन एक्सेस र एडभान्स्ड एआई इन्ह्यान्समेन्ट्सबाट लैस गरिएको छ ।

गुगलले आफ्नो एक ब्लग पोस्टमा लेखेको छ, “मानिसका प्रश्नहरू धेरैजसो लामो टास्क वा प्रोजेक्ट्सको हिस्सा हुन्छन्, र उनीहरू चाहन्छन् कि खोजिएको जानकारी फेरि सजिलै भेटियोस् । अब हामी यो प्रक्रिया डेस्कटपमा अझ सरल बनाउँदैछौं । हामी तपाईंको इनपुटका आधारमा एआई मोडलाई छिटो सुधार र विकास गर्दै जानेछौं ।”

हालै सुरू गरिएको एआई मोड गुगल लेंस मार्फत उपलब्ध छ र हाललाई केवल अमेरिकामा सीमित छ । यदि तपाईं अमेरिकामा हुनुहुन्छ भने, साइन अप गरेर सिधै एक्सेस गर्न सक्नुहुन्छ, कुनै वेटलिस्ट छैन् ।  अमेरिका भित्रका केही प्रयोगकर्ताहरूलाई गुगल सर्चमा नयाँ एआई मोड ट्याब देखिन थालिसकेको छ ।

नेपाली प्रयोगकर्ताहरूले भने यस फिचरका लागि केही महिना पर्खिनुपर्ने हुन सक्छ। तर तपाईं चाहनुहुन्छ भने गुगल एपमार्फत गगल एक्सपेरिमेन्ट ल्याब्समा ज्वाइन गरेर यो फिचर छिट्टै ट्राइ गर्न सक्नुहुन्छ ।

त्यसका साथै, गुगलले सुझाव दिएको छ कि एआई मोडलाई मोबाइल डिभाइसमा प्रयोग गर्नु राम्रो हुन्छ, किनभने यो टेक्स्ट र इमेज दुवै सर्च का लागि उत्तम काम गर्छ ।

एआई ओभरभ्यूमा आधारितः सर्च नतिजाको शीर्षमा देखिन्छ ।
उदाहरणः होलिडे प्लान खोज्दा एउटै नतिजामा फ्लाइट डिटेल्स, मौसमको पूर्वानुमान, स्थानीय आकर्षणहरू र बुकिङ अप्सनहरू देखिन्छन् ।

मल्टिमोडल सर्च :टेक्स्ट र इमेज–आधारित क्वेरीज सपोर्ट गर्छ ।

फलो–अप प्रश्नहरूः नयाँ सर्च नगरीकै फोलो–अप प्रश्नहरू सोध्न सकिन्छ ।

पर्सनलाइज्ड रिजल्ट्सः तपाईंले दिएका रिफाइण्ड क्वेरीहरूका आधारमा व्यक्तिगत उत्तर प्रदान गर्छ ।

भिजुअल काड्र्स : व्यवसायको रेटिङ, स्टोर समय, लाइभ प्राइस र उपलब्धता जस्ता रिच इन्फोमेसन देखाउँछ ।

सर्च हिस्ट्री प्यानल (डेस्कटप):लामो–समयका टास्कहरू फेरि सुरु गर्न सजिलो बनाउँछ ।

शपिंग ग्राफबाट पावर्डः ४५ अर्बभन्दा बढी प्रोडक्ट लिस्टिङ्स रियल टाइममा अपडेट हुन्छन् ।

 

समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आज

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ शीर्षकमा एकद…

क्युआरसहितको ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने तयारीमा बागमती प्रदेश

बागमती प्रदेशले अब ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने भएको छ । 
    
छिट्टै क्युआर कोडसहितको ड्रा…

नागरिक एपबाटै दैनिक २५ देखि ३० हजारले देखाउँछन् ड्राइभिङ लाइसेन्स, १७ सयले तिर्छन् जरिवाना

दैनिक २५ देखि ३० हजार सवारी चालकहरुले नागरिक एपमार्फत डिजिटल्ली लाइसेन्स देखाउने सुविधा लिन थालेका छन् । 

अब बच्चाको टिकटक अकाउन्ट अभिभावकले सजिलै कन्ट्रोल गर्न सक्ने, के के छन् सुविधा ?

टिकटकले नेपालमा आफ्ना किशोरकिशोरी प्रयोगकर्ताका लागि ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ । यस फिचरमार्…

एनसेलले तिर्‍यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारद्वारा सम्मान

सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । क…

यसैवर्षदेखि फाइभजी सुरू गर्ने सञ्चारमन्त्रीको घोषणा

नेपालमा यसैवर्षदेखि फाइभजी सुरू हुने भएको छ । 

राष्ट्रिय सूचना तथा सञ्चार प्र…

अब भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्यूआर कोडसहित ई-ब्लुबुक जारी हुने

बागमती प्रदेशले ई–ब्लुबुकको सुरूवात गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओ…

अब एक स्थानीय तह: एक स्मार्ट हुलाक

सरकारले एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको कार्यान्वयन गरिने बताएको छ । 

सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने सरकारको घोषणा

सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तु…

अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिने, नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

सरकारी र सार्वजनिक सेवामा नागरिकहरूको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरि…

किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने

सरकारले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय  परिचयपत्रमा आबद्ध गर्ने भएको छ । 

इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला

सरकारले इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।

सरकारले साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गर्ने

सरकारले साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गरिने घोषणा गरेको छ । 

ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने सरकारको घोषणा

सरकारले ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा …