कीवर्डहरू -

समाचार

भाडा नबढाएको पठाओको स्पष्टिकरण, अफलाइन राइडबाट होसियार रहन आग्रह

सोमबार राजधानीमा सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङ सेवामार्फत भाडा वृद्धि गरिएको भन्ने समाचारहरु बाहिरिएसँगै पठाओले आफ्नो तर्फबाट कुनै पनि भाडा वृद्धि नगरिएको स्पष्ट पारेको छ।

पठाओद्वारा जारी सूचना अनुसार, एपमा देखाइएको भाडा नै अन्तिम शुल्क भएको र कम्पनीले नियमित शुल्कमै सेवा दिइरहेको जनाएको छ  । “हामीले कुनै पनि भाडा बढाएका छैनौं, र पठाओ एपमा कुनै शुल्क वृद्धि गरिएको छैन,” सूचनामा भनिएको छ ।

साथै, यस्तो असहज परिस्थितिमा सेवाको पहुँच सुनिश्चित गर्न पठाओले राइडरहरूलाई कम्पनीकै तर्फबाट ‘क्वेस्ट’ र ‘इन्सेन्टिभ’ सुविधा उपलब्ध गराउँदै बढी राइड गर्न प्रोत्साहन दिइरहेको उल्लेख छ।

कम्पनीले यात्रुहरूलाई अफलाइन राइडबाट टाढा रहन पनि अनुरोध गरेको छ। अफलाइन राइडका कारण विगतमा विभिन्न व्यक्तिहरू ठगी, डकैती, दुर्ब्यवहारजस्ता घटनामा परेको उदाहरण रहेको भन्दै सुरक्षा जोखिम रहेको जनाएको छ।

साथै, अफलाइन यात्रा गर्दा सो को कुनै रेकर्ड नहुने, बीमा नहुने, र गम्भीर आपराधिक जोखिम हुने हुँदा मोबाइल एप प्रयोग गरेर मात्रै सेवा लिन अनुरोध गरिएको छ।

कुनै पनि समस्या वा गुनासो भएमा पठाओको २४ घण्टे कस्टमर सपोर्ट नम्बर ०१-५९७००९९ मा सम्पर्क गर्न सकिने जानकारी समेत पठाओले दिएको छ।

समाचार

‘आईसिटी ज्ञान’ कार्यक्रमअन्तर्गत मोरङमा डिजिटल साक्षरतामूलक तालिम सम्पन्न, २०० बढी विद्यार्थी र शिक्षक सहभागी

आईसिटी फाउण्डेशन नेपाल र एनसेल फाउण्डेशनको संयुक्त पहलमा सञ्चालन भएको ‘आईसिटी ज्ञान’ कार्यक्रम अन्तर्गत मोरङ, ऊरलाबारी–६ स्थित श्री राधिका …

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड टप-अप सुविधा सुरु

 डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ …

इसेवा अफर: हरेक दिन दुई जनालाई डबल क्यासब्याक, अन्त्यमा रु १ लाखको बम्पर पुरस्कार

नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘बिना ट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ …

५ वर्षभित्र एआईको कारण २० प्रतिशत सम्म बेरोजगारी बढ्न सक्छ: एन्थ्रापिक सीईओ

एआई कम्पनी एन्थ्रापिकका सह–संस्थापक तथा सीईओ डेरियो अमोदेईले फेरि एक पटक कृत्रिम बुद्धिमत्ता (एआई) बारे गम्भीर चेतावनी दि…

विदेशमा आईटी सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर

नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर लाग्ने भएको छ । 

<…

सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने

सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने भएको छ ।
 
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष…

अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने

अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आ…

सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने

सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थि…

आगामी वर्ष नियो बैंक स्थापना गर्ने सरकारको घोषणा

सरकारले आगामी वर्ष नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ । 

संघीय संसदको संयुक्त …

विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले स्वेट शेयर लिन पाउने

विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले अब स्वेट शेयर लिन पाउने भएका छन् । 

सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने

सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने भएको छ ।

संघीय संसदको संयुक्त ब…

सरकारले ओटीटी सेवाको नियमन गर्ने

सरकारले ओटीटी सेवाको नियमन गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्…

मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने, अवैध आयात र प्रयोगमा रोक

सरकारले मोबाइलहरूको आईएमईआई नम्बर दर्ता गर्ने व्यवस्था गर्ने भएको छ।

संघीय संसदको संयुक्त…

आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू हुने

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष …

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने

एआईको अनुसन्धान र विस्तारका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने भएको छ ।