समाचार
जेनजी प्रदर्शनमा यातायात विभागबाट ल्यापटपदेखि हार्डडिस्कसम्म चोरी, फिर्ता गर्न आग्रह
जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागबाट सवारी साधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टिभि, छपाइ मेशिन, छपाइ भएका सवारी चालक अनुमतिपत्र (स्मार्टकार्ड), सर्भरमा प्रयोग हुने हार्डडिस्कलगायतका सामानहरु चोरी/लुटपाट भएका छन् ।
सूचना प्रकाशित गर्दै विभागले भदौ २३ र २४ गते चोरी तथा लुटपाट भएका सामानहरू देखेमा वा भेटाएमा नजिकको सुरक्षा निकायमा जानकारी दिई सार्वजनिक सम्पत्तिको संरक्षण अभियान र विभागबाट यथासक्य चाडो सेवा सुचारु गराउने कार्यमा सहयोग गर्न विभागले आग्रह गरेको छ ।
सामानहरू चोरी तथा लुटपाट भएपछि सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (eDLVRS) प्रणालीसम्बन्धी सेवा, इम्बोस्ड नम्बर प्लेट उत्पादन र सवारी चालक अनुमति पत्र छपाइ तथा वितरण लगायतका सेवा अवरुद्ध हुन पुगेका छन् ।
विषम परिस्थितिमा सार्वजनिक सेवालाई सुचारु गर्नु सबैको दायित्व भएको बताउँदै विभागले फिर्ता गर्न आग्रह गरेको हो ।
सामानहरू फिर्ता गर्न नजिकको सुरक्षा कार्यालयका अलवा कम्प्युटर इन्जिनियर भानुभक्त जोशी (९८५११४०२९१) र नायब सुब्बा धन बहादुर घर्ति (९८४८४५८०६१) लाई पनि सम्पर्क गर्न सकिने छ ।
समाचार
चल्न थाले जेनजी प्रदर्शनका क्रममा बन्द भएका सरकारी वेबसाइटहरू
सरकारी वेबसाइटहरू चल्न थालेका छन् । जेनजी प्रदर्शनका क्रममा विभिन्न ठाउँमा तोडफोड र आगजनी भएपछि सरकारी वेबसाइटहरू बन्द भएका थि…
भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू, आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालन हुने अपेक्षा
इन्टरनेट सेवा प्रदायकको भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू भएको भएको छ । जेनजी प्रदर्शनका क्रममा सेन्ट्रल बिजनेस प…
जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन प्रहरीको अनुरोध
नेपाल प्रहरीले जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन अनुरोध गरेको छ ।
अहिलेको विषम परिस्थितिमा कताहो एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क
नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालको समूहले ‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क उपलब्ध गराउने घोषणा…
डिजिटल भुक्तानी सुचारू राख्न राष्ट्र बैंकको आग्रह, वेबसाइट र सामाजिक सञ्जालबाट सेवाको जानकारी दिनुपर्ने
नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थालाई अत्यावश्यक…
एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा
टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मंगलबारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको …
डेटा र भ्वाइस सेवा नि:शुल्क दिदै नेपाल टेलिकम, यस्तो छ लिने तरिका
नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क प्रदान गरेको छ । मंगलबारदेखि टेलिकमले निःशुल्क डेटा र भ्वाइस सेवा …
एनसेलले निःशुल्क दिइरहेको छ कल, एसएमएस र इन्टरनेट
टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारदेखि दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
सरकारविरूद्ध चर्कियो जेनजीको देशव्यापी आन्दोलन
सरकारको दमनमा १९ जनाको ज्यान जाने गरी घटना भएपछि जेनजीको आन्दोलन झनै चर्किएको छ । ठाउँ ठाउँमा सरकारविरूद्ध प्रदर्शन भइरहेको छ…
सरकारलाई एक्सको जवाफ: नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता हुन सक्दैनौं
सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता नहुने आफ्नो नीति रहेको बताएको छ ।
रुसको दाबी: ‘एंटेरोमिक्स’ एमआरएनए भ्याक्सिनको क्यान्सरमा क्लिनिकल परीक्षणमा आशाजनक सफलता
क्यान्सर हालको समयको सबैभन्दा छिटो बढ्ने गम्भीर स्वास्थ्य समस्याहरू मध्ये एक हो। यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बन्न पुगेको…
युरोपको पहिलो एक्सास्केल सुपरकम्प्युटर ‘जुपिटर’ जर्मनीमा सुरू, एआई प्रतिस्पर्धामा ऐतिहासिक छलाङ
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वैश्विक प्रतिस्पर्धामा अब युरोप पनि ठूलो कदम चाल्न तयार भएको छ। जर्मनीको जूलिश सुपरकम्प्युटिङ से…
केही सेवा प्रदायकको नेटवर्कमा चल्न थाल्यो फेसबुक
केही सेवा प्रदायकको नेटवर्कमा बन्द भएका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर चल्न थालेका छन् ।
इनड्राइभको 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न, १०० भन्दा बढी चालक सहभागी
ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति…
हाम्रो पात्रोले भन्यो: दर्ता २०७३ सालमै भएका हौं, अहिले सञ्चार मन्त्रालयमा सूचीकरण मात्रै हो
सूचीकरण नभएको भन्दै सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा हाम्रो पात्रो पर्दा धेरैलाई आश्चर्य लागेको थियो । हाम्रो पात्रोलाई उक्त …