काठमाडौं । यी दिनहरूमा एक खतरनाक आइक्लाउड ईमेल स्क्यामबाट आईफोन यूजर्सलाई टार्गेट गरिँदैछ । स्क्यामर्सले आइक्लाउड स्टोरेज फुल भएको डर देखाएर फर्जी लिंकमा क्लिक गराउँछन् र प्रयोगकर्ताहरूको व्यक्तिगत तथा बैंकिङ इन्फर्मेशन चोर्छन् । यी मेलहरू एकदमै एप्पलको आधिकारिक ईमेलजस्ता देखिन्छन् । यिनमा कम्पनीको लोगो र फन्ट प्रयोग गरिन्छ, जसले गर्दा कसैलाई शंका नै हुँदैन ।
यो कसरी काम गर्छ ?
ह्याकरहरू मेसेजमार्फत प्रयोगकर्तालाई डराउने प्रयास गर्छन् । उनीहरूले तपाईंका मूल्यवान फोटो, भिडियो र आवश्यक ब्याकअप फाइलहरू अर्को ४८ घण्टाभित्र डिलिट हुनेछन् भन्ने मेसेज पठाउँछन् । त्यसपछि अपग्रेड स्टोरेज बटनमा क्लिक गर्ने बित्तिकै तपाईं यस्तो वेबसाइटमा पुग्नुहुन्छ, जुन हुबहु एप्पलको वेबसाइटजस्तै देखिन्छ । त्यहाँ तपाईंलाई पेमेंट डिटेल्स वा एप्पल आईडी मागिन्छ । तपाईंले ती विवरण भरेपछि तपाईंको डेटा ह्याकरहरूसम्म पुग्छ ।
कसरी सुरक्षित रहने ?
साइबर एक्सपर्ट्सका अनुसार यदि तपाईं पनि आफ्नो आईफोन र डेटा सुरक्षित राख्न चाहनुहुन्छ भने, यी स्टेपहरू पालना गर्नुपर्छ:
यदि कुनै ईमेलले स्टोरेज फुल भएको धम्की दिइरहेको छ भने, त्यसमा दिइएको कुनै पनि लिंकमा क्लिक नगर्नुहोस् । आफ्नो स्टोरेजको सही अवस्था जान्न पहिले आईफोनको सेटिङ्समा जानुहोस् र त्यसपछि आइक्लाउडमा ट्याप गर्नुहोस् । यदि त्यहाँ स्टोरेज फुल छ भने, त्यहीँबाट व्यवस्थापन गर्नुहोस् । एप्पलले कहिल्यै पनि ईमेलमार्फत बारम्बार पेमेंटका लागि आग्रह गर्दैन ।
कुनै पनि अपरिचित ईमेलमार्फत आफ्नो बैंकिङ वा क्रेडिट कार्ड जानकारी बिल्कुलै साझा नगर्नुहोस् । लिंक जाँच गर्नुहोस्: यदि गल्तीले कुनै लिंक खुलिहाल्यो भने, माथिको युआरएल बार हेरेर त्यो एप्पल डट कम हो कि अरू केही हो भनेर जाँच गर्नुहोस् । यदि युआरएल अटपटा वा शंकास्पद लाग्यो भने तुरुन्तै त्यो पेज बन्द गर्नुहोस् ।
आईसीटी समाचार