काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको उप-प्रमुख पदमा डा. अभिजित गुप्ता नियुक्त भएका छन् ।
नयाँ जिम्मेवारी प्राप्त गरेसँगै डा. गुप्ताले पार्टी नेतृत्व प्रति हार्दिक आभार व्यक्त गर्दै उक्त जिम्मेवारीलाई केवल पदको रूपमा नभई राष्ट्र, पार्टी तथा समग्र डिजिटल भविष्यप्रतिको उत्तरदायित्वका रूपमा लिएको बताएका छन् ।
उनले विज्ञान, प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि तथा प्रभावकारी सञ्चार प्रणालीमार्फत सुशासन, पारदर्शिता र नागरिकमैत्री व्यवस्थाको निर्माणमा सक्रिय योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, उनले विज्ञान र प्रविधिमा आधारित नीतिगत सुधार तथा प्रभावकारी सञ्चार प्रणाली विकासमार्फत पार्टीलाई थप सक्षम र नागरिकमुखी बनाउन भूमिका खेल्ने बताएका छन् ।
डा. गुप्ताले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने पार्टी नेतृत्व, सहकर्मी, शुभेच्छुक तथा साथीहरू प्रति धन्यवाद व्यक्त गर्दै सबैको साथ, सुझाव र सहयोगले आगामी यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
देश र नागरिकको हितलाई केन्द्रमा राख्दै जिम्मेवारीपूर्ण ढंगले अघि बढ्ने प्रतिबद्धतासहित उनले डिजिटल भविष्य निर्माण, सूचना प्रविधिको प्रभावकारी उपयोग तथा नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउन आफ्नो भूमिका सक्रिय रहने बताएका छन् ।
आईसीटी समाचार