कीवर्डहरू -

सरकारी आईटी प्रणाली छानबिन गर्न कार्यदल गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारी आईटी प्रणाली छानबिन गर्न कार्यदल गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं ।  सरकारले विभिन्न सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीहरूको समग्र अवस्थाबारे अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

आज बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको नेतृत्वमा उक्त कार्यदल गठन गर्ने निष्कर्ष निकालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार कार्यदलले विद्यमान प्रविधि संरचना, प्रयोग तथा व्यवस्थापन सम्बन्धी पक्षहरूको समीक्षा गर्नेछ ।