समाचार
कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर
चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ ।
सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।
कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
एक बेञ्च, एक विद्यार्थी
राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिए ।
यस्तो छ बोर्डको तयारी
राष्ट्रिय परीक्षा बोर्र्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर दिइएको छ ।
यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ ।
४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षा हलमा रहनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
समाचार
सामसङले पनि एप्पल जस्तै स्मार्टफोनमा चार्जर र इयरफोन हटाउन सक्ने
सामसङले एप्पल जस्तै आफ्नो सेटमा पनि चार्जर र इयरफोन हटाउन सक्ने भएको छ । एप्पलले यो…
बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागूऔषधसहित पक्राउ
व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको…
नयाँ डिजाइन सहित सार्वजनिक भयो सोनीको प्लेस्टेसन एप, नयाँ फिचर पनि थपिए
सोनीले आफ्नो प्लेस्टेसन एपलाई फेरी नयाँ डिजाइनमा ल्याएको छ । नयाँ डिजानइ सहित एप …
प्रविधिको प्रयोग गरी ७ हजार ६ सय टनको भवनलाई यसरी सारियो ६२ मिटर पर (भिडियोसहित)
Image Credit: Shanghai Evolution Shift Project
जूमले सबै प्रयोगकर्तालाई निःशूल्क इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउन थालेको छ …
धान खेतमा फालेको अवस्थामा भेटियो स्मार्ट लाइसेन्स
प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट…
सिस्टम अपग्रेड गर्दैं हिमालयन बैंक, शुक्रबार सम्पुर्ण शाखाहरु बन्द हुने
कार्तिक १४ गते शुक्रबार हिमालयन बैंकका सम्पुर्ण शाखाहरु बन्द हुने भएका छन् । शुक्रबा…
नबिल बैंक एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित
नबिल बैंक लिमिटेडलाई २०२० का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइ…
हल्ट प्राइजले आयोजना गरेको उद्यमी टक सिरिज सम्पन्न
हल्ट प्राइज आईओई २०२१ र नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार म्युजिक इभसहित ‘…
अब देशमै छ रोजगारी
हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन भने करिब ३ देख…
२१ गेमिङ एपमा मालवेयर, मोबाइलमा इन्स्टल गरेको भए तुरुन्तै हटाउनुहोस्
२१ वटा गेमिङ एपहरुमा मालवेयर समावेश भएको पाइएको छ । जेडीनेटको रिपोर्ट अनुसार ग…
ह्वावेद्वारा सन् २०२० को तेस्रो त्रैमासको कारोबार नतिजा सार्वजनिक
ह्वावेले सन् २०२० को तेस्रो त्रैमासको कारोबार नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा …
ह्वावेद्वारा २०२० पहिलो तीन क्वाटरको कारोबार नतिजा सार्वजनिक, गतवर्षभन्दा ९.९५ प्रतिशतले वृद्धि
ह्वावेले २०२० को पहिलो तीन क्वाटरको कारोबारको नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा ह्वावेको राजस्व कमाई सीएनवाइ (C…
गृहले माग्यो १०० जना दर्ता अपरेटर, यसरी दिनुहोस् दरखास्त
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय कर्मचारी माग गरेको छ । गृह मन्त्रालय अ…
फेसबुक ह्याक भएको छ भन्दै नग्न तस्वीर र भिडियो मागेमा सचेत रहन साइबर ब्यूरोको आग्रह
नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लिल गत…