समाचार
एटीएम ठगी नियन्त्रणका लागि बलियो सुरक्षा संयन्त्र अपनाउन जोड
काठमाडौं । साइबर सुरक्षासम्बन्धी जानकारहरुले पछिल्लो समय नेपालमा देखिएका एटीएम ठगीसँगै समग्र साइबुर जोखिमका लागि बलियो सुरक्षा संयन्त्र अपनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार राजधानीमा आयोजित ‘साइबर सुरक्षा र बढ्दो एटीएम आक्रमण’ विषयक एक अन्तक्र्रियामा बोल्दै वक्ताहरुले साइबर सुरक्षाका लागि संवेदनशील हुनुपर्ने बेला आएको बताए ।
कार्यक्रममा बोल्दै एनपी सर्टका सल्लाहकार एवं इन्फोएस्युर प्रालिका प्रमुख विवेक राणाले यस्ता घटना आएपछि आत्तिनुभन्दा कसरी सतर्कता अपनाउने र आफ्नो सुरक्षा प्रणालीलाई बलियो बनाउनतर्फ सोच्नुपर्ने बताए ।
एनपीसर्टका उपाध्यक्ष एवं साइबर सेक्युरिटीसम्बन्धी रिस्क एनालिस्ट डा. प्रमोद पराजुलीले बैंक तथा वित्तीय संस्थाले साइबर सुरक्षाको जोखिम नियन्त्रण गर्न सुरक्षा पछिल्ला प्रविधि उपयोग गर्नुपर्ने मत राखे । उनले ह्याकरको आक्रमण शैली, आफ्नो प्रविधिको सुरक्षाको अवस्था, सुरक्षासम्बनधी रिसर्च टुल र अन्य सरोकारवालासँग सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘उस्तै किसिमका सामान छ भने सबैभन्दा सस्तो चाहिँ किन्नु भन्ने खरिद प्रक्रियाको नियमले ठूलो जोखिम ल्याएको छ,’ उनले भने ।
नेटवर्क सेक्युरिटी विज्ञ रामकृष्ण परियारले नेपालमा योग्य प्राविधिज्ञ भए पनि बेला बेला सुरक्षा जोखिम निम्तिरहेको बन्दै म्यानेजमेन्ट र टेक्नोलोजी टिम हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले सूचना सुरक्षामा लगानी गर्नुपर्छ भन्ने सोच अझै व्यवस्थापनलाई नआउनुले जोखिम निम्त्याइरहेको तर्क गरे ।
एसियन डेभलपमेन्ट बैंकका कन्सल्टेन्ट रिदेश राईले अवेयरनेशको कमी, म्यानेजमेन्ट सिस्टममा नेग्लिजेन्सले आइटी सेक्टरमा समस्या आइरहेको बताए । अब हरेक व्यध्क्ति प्रविधिको प्रयोगसँगै यसले कसरी काम गर्छ भनेर सचेत हुनुपर्ने अवस्थामा रहेको उनले बताए ।
इन्फमेर्शन सेक्युरिटी अडिट गर्ने कम्पनी एमिनेन्स वेजका संस्थापक नारायण कोइरालाले विकासशील देश भएकाले नेपालको सन्दर्भमा टेक्नोलोजी र यसको सुरक्षाको दृष्टिकोणले् त्यति नराम्रो अवस्थामा नरहेको बताए । बैंकिङ क्षेत्रले निरन्तर रुपले बटेक्नोलोजीमा अिपडेट गरिरहेका छन् । तर सेक्युरिटीको मामला विस्तारै डेभलपमेन्ट भइरहेका पनि त्यति नराम्रो छैन ।
स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी नेटवर्क) का सिनियर म्यानेजर दीपक मास्केले प्रविधिको विकास विस्तार भइरहँदा एटीएम मेशिनमा आक्रमण हुनु कुनै ठूलो घटना नभएको भन्दै जोखिम नियन्त्रण गर्न के कस्ता उपाय अवलम्बन भएका छन् त्यो महत्वपूर्ण हुने विचार राखे । उनले डोमेस्टिक कार्ड इन्टरनेश्नल ट्रान्जेक्सनका लागि एक्सपोज हुन नहुने धारणा समेत राखे । ‘फ्रड म्यानेजमेन्टका लागि अलर्ट सिस्टममा प्राक्टिसमा ल्याउनुपर्छ । स्विचिङ सिस्टममा नियन्त्रण र नियमनलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने । मास्केले वित्तीय क्षेत्रमा म्याग्नेटिक स्ट्रिपको सट्टा चिप कार्डको प्रयोगलाई बढावा दिनुपर्ने भनाइ राखे ।
कार्यक्रममा एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारले नेपालको साइबर सुरक्षाका लागि मिलेर काम गर्नुपर्छ भन्ने भावना नपाइएको गुनासो गरे । साे कार्यक्रम एनपी सर्ट, टेक्सास कलेज, वान कभर लगायतकाे अग्रसरतामा भएकाे थियाे ।
समाचार
भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा उपलब्ध
नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेव…
कनेक्ट आईपिएस प्रयोगकर्ता बीचफण्ड ट्रान्सफर अब निःशुल्क
काठमाडौं। नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग ह…
इस्लिङटन कलजेमा प्रोजेक्ट शो केस सम्पन्न
काठमाडौं। लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्लिङटन कलजेमा फाइनल इएर प्र…
एटीएमबाट अब एक दिनमा ६० हजार रूपियाँ मात्रै निकाल्न पाइने
राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । केही दिनअघि चिनियाँ ह्याकरणले एटीएमबाट अनाधिकृत रुपमा करोडौं रुपियाँ निकालेको तथ्य आएपछि …
महेन्द्रनगरमा पहिलो पटक एफटीटीएच सेवाको औपचारिक शुभारम्भ
नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द …
हुवावेले ७ वटा क्यामेरा भएको मोबाइल ल्याउदै
काठमाडौं। हुवावेले मेट ३० सिरिजको स्मार्टफोन सेप्टेम्बर १९ मा सार्वजनिक गर्ने तयारी गरेक…
साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउछौं: नव नियुक्त महावाणिज्यदूत
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूत…
नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा
तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ …
एक वर्षमा ४२ लाख ४७ हजार मोबाइल सेट आयात
काठमाडौं। गएको आर्थिक वर्षमा नेपालमा ४२ लाख ४७ हजार मोबाइल सेट नेपाल भित्रिएको छ। आर्थ…
नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा
आइ.एम.इ.को मुख्य प्रायोजनमा चाहना मीडिया प्रा.लि.द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानि…
इस्लिङ्टन कलजेमा प्रोजेक्ट शो केस हुदै
इस्लिङ्टन कलजेमा भदौ १८ गते फाइनल इएर प्रोजेक्ट शो केस हुने भएको छ। विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म यो कार्यक्र…
प्रधानमन्त्रीले भिडियो कन्फेरेन्स मार्फत मन्त्रीहरु सँग गरे छलफल
सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधि मार्फत मन्त्रीहरुसँग छलफल गरेका छन। <…
अनरले नेपालमा चाडै अनर ब्यान्ड ५ सार्वजनिक गर्दै
अनरले नेपालमा चाडै नै अनर ब्यान्ड ५ सार्वजनिक गर्दै छ। अनरको मुख्य लक्ष्य भनेको सस्तो मुल्यमा एडभान्स हेल्थ ट्रयाकिङ र म…
महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालत बीच सम्झौता उपचार गराउँदा छुट पाउने
काठमाडौं। महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य स…