कीवर्डहरू -

समाचार

आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु, ईसेवा र एसएमएसबाट भोट गर्न सकिने

आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका विभिन्न ४ विधाहरुमा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इसेवा, एसएमएस र इमेल मार्फत विश्वभरीबाट भोट गर्न सकिनेछ ।

गत कार्तिक ६ गते भर्चुअल कार्यक्रम मार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितीमा आयोजकले विभिन्न ४ विधाका उत्कृष्ट ५ को घोषणा गरेको थियो ।

१४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप आइसिटी अवार्ड २०२० अन्तर्गत स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रा.लि, क्रिप्टोजेन नेपाल प्रा.लि, जेनियस सिस्टम प्रा.लि, जिवी हेल्थ प्रा.लि र नेपमेड्स प्रा.लि रहेका छन ।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, फ्युजक्लासरूम, जेनियस आइपिटिभी, जिवी र न्यानो नानी रहेका छन् ।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । ३५० बढिको अनलाइन आवेदन प्राप्त भएको आइसिटी अवार्ड २०२० को छनौट प्रकृया विगत २ महिनादेखि जारी छ ।

अन्य विभिन्न ७ विधामा दोश्रो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले मसिंर २१ गते आयोजना हुनेछ । उक्त कार्यक्रम विभिन्न टेलिभिजन र अनलाइनहरुमा प्रत्यक्ष प्रशारण समेत आयोजकले जनाएको छ ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, फोन पे, एनआइटिसी, राष्ट्रिय वाणिज्य बैंक, ईसेवा, डिस होम, इमिनेन्स वेज, टेक्नोरियो,  आइडियाजार लगायतको सहकार्य र सहयोग रहेको छ ।

कसरी गर्ने भोटिङ ?

विभिन्न ४ विधाको लागि उत्कृष्ट ५ मा छानिएका प्रतिस्पर्धीलाई भोट गर्न ईसेवा, इमेल वा एसएमएसको प्रयोग गर्नुपर्ने हुन्छ ।

ईसेवाबाट भोट गर्नको लागि मोबाइलमा इसेवा एप्लिकेशन डाउनलोड गरी आइसिटी अवार्डमा गएपछि विभिन्न ४ विधाहरु खुल्नेछन । आफुले भोट गर्न चाहेको विधामा गएर उत्कृष्ट ५ मध्ये कसलाई भोट गर्ने छनौट गरी भोट गर्न सकिने छ ।

एसएमएसबाट भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा ICT लेखेर प्रतिस्पर्धीको भोटिङ कोड राखी ३३००१ मा म्यासेज पठाउन सकिनेछ ।

यसैरी ईमेल तथा फेसबुकबाट भोट गर्नको लागि यहाँ क्लिक गरी आफुले चाहेको प्रतिस्प्रधिलाई भोट गर्न सकिनेछ । सबै प्लाटफर्ममा एउटा प्रतिस्पर्धीलाई एक दिनमा एउटामात्र भोट गर्न सकिनेछ ।

भोटिङ मसिंर १५ गतेसम्म सञ्चालन हुनेछ । साथै यहाँ क्लिक गरी भोटिङको बारेमा विस्तृत जानकारी लिन सकिनेछ ।

समाचार

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान, अनलाइनबाटै फाराम भर्न सकिने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थी…

स्लोभाकियामा उड्ने कारको सफल परीक्षण (भिडियोसहित)

फोटोः क्लेनभिजन


स्लोभाकियामा उड्न…

नोभेम्बर १२ मा एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्दैं सामसङ 

विश्वको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्ने भएक…

सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त

सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त भएका छन् । स…

सुधिर पराजुलीको अध्यक्षतामा आईस्पानमा नयाँ कार्यसमिति चयन

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्य…

कोरोना महामारीको असहज परिस्थितीमा न्यू नर्मलका साथ अगाडी बढ्न प्रोत्साहन गर्दैं एनसेल

कोरोना महामारीले देश आक्रान्त भईरेहको बेला असहज परिस्थितीलाई आत्मसाथ गर्दै न्यू नर्म…

१०० मिलियन युनिट हुवावे मेट फोर्टी ११ सेकेण्डमै सोल्ड आउट

जेडी अनलाइन स्टोरमा १०० मिलियन युनिट हुवावे मेट फोर्टी सिरिज स्मार्टफोन ११ सेकेण्ड…

पानडोरा बन्यो एप्पलको होमपोड मिनीमा काम गर्ने पहिलो थर्ड पार्टी म्युजिक एप 

एप्पलले गत महिना आफ्नो होमपोड मीनी सार्वजनिक गरेको थियो । कम्पनीले होमपोड मिनीमा …

ह्वाट्सएपले ल्यायो स्टोरेज म्यानेजमेन्ट टुल 

चर्चित मेसेजिङ एप ह्वाट्सएपले स्टोरेज व्यवस्थापन गर्न नयाँ फिचर ल्याएको छ । कम्पनीको न…

प्लाज्मा दिने व्यक्ति र लिने व्यक्तिलाई जोड्न प्रदीप पौडेलले ल्याए ‘प्लाज्मा’ एप 

कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप सञ्चालनमा आएको छ…

उद्योग क्षेत्रको पुनरुत्थान गर्न अनलाइन सर्वेक्षण सुरू

सरकारले कोरोना भाइरस (कोभिड—१९) र बन्दाबन्दीका कारण धराशयी बनेका उद्योग व्यवसाय त…

जेनस सोलुसनले अब श्रीलंकामा पनि जूम उपलब्ध गराउने 

नेपाली सूचना प्रविधि कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूम उपलब्ध गराउने भएको छ । श्…

ओप्पोद्वारा हाई प्रसीजन रियल टाईम किनेम्याटिक पोजिसनिङ अल्गोरिदमको घोषणा

ओप्पोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्…

ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान 

चर्चित मेसेजिङ एप ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान हुने गरेको तथ्य सार्वज…

कनेक्ट आइपीएसको टिकटक च्यालेन्ज, बम्परमा ४३ इन्चको टीभी पुरस्कार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्त…