समाचार
एक महिनामा २ हजार ५ सय जनाले लिए ट्राफिक प्रहरीको अनलाइन सेवा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाईसेन्स, ब्लुबुक र पर्मिट हराएको सिफारिस हालसम्म २५०० जनालाई अनलाइनमार्फत सेवा प्रदान गरेको छ ।
सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यतालाई हटाई थप प्रविधिमैत्री बनाउन तथा कोभिड-१९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै ट्राफिक महाशाखाले असोज ५ गते देखी घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस अनलाइनबाटै बनाउन मिल्ने बनाएको थियो ।
महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको लाईसेन्स, ब्लुबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
उनले ट्राफिक कार्यालय गएर कोभिड-१९ को यस महामारीको समयमा पनि भीडभाडमा लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिनुपर्ने दिनको अन्त्य भईसकेकाले सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिनहुन पनि विशेष अनुरोध गरेका छन् ।
दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइन मार्फत १,३८४ जनाले लाईसेन्स, १०६९ जनाले ब्लुबुक र ४७ जनाले पर्मिट हराएको बारेमा निवेदन दर्ता गराएकोमा १,७१० जनालाई अनलाइनबाटै सिफारिस दिई सकेको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले दिए ।
उनले बाग्मति प्रदेश बाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, डब्बल निवेदन दिएका ७९० वटा निवेदन रिजेक्ट गरिएको पनि बताए ।
यसरी लिनुहोस् अनलाइन सेवा
सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ ।
वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र लस्ट डकुमेन्टस एप्लिकेसन ( Lost Document Application ) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।
यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो, त्यो सेलेक्ट गरेपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।
माग भएअनुसार सबै विवरण सब्मिट (Submit) वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन ।
यसको लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।
त्यस्तै, महाशाखाले हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था गरेको छ । यसको लागि सवारी धनीले ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ ।
वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन ( Lost Vehicle Application ) मा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।
समाचार
सर्वेक्षण अनुसार जाभास्क्रीप्ट सबैभन्दा लोकप्रिय प्रोग्रामिङ ल्याङ्वेज
हालै गरिएको एक सर्वेक्षण अनुसार सन् २०२० को तेस्रो त्रैमासमा जाभास्क्रीप्ट सबैभन्दा लो…
क्रोम ओएसमा चाँडैनै डार्क मोड उपलब्ध हुन सक्ने
क्रोम ओएसमा छिट्टै डार्क मोडको फिचर उपलब्ध हुन सक्ने भएको छ । हाल भने प्रयोगकर्ताहरु…
सामसङ र स्ट्यानफोर्डका अन्वेषकहरुले बनाए दश हजार पीपीआईको ओएलईडी डिस्प्ले
सामसङ् र स्ट्यानफोर्डका अन्वेषकहरुले मिलेर दश हजार पीपीआईको ओएलईडी डिस्प्ले बनाएका छ…
यी हुन् नेपालका उत्कृष्ट ५ डिजिटल वालेट
पछिल्लो समय नेपालमा डिजिटल वालेटको प्रयोग बढिरहेको छ । मानिसहरु रिचार्ज गर्न होस् …
ह्वाट्सएपको वेब भर्सनमा भ्वाइस तथा भिडियो कलको सुविधा आउँदै
ह्वाट्सएपले चाँडैनै आफ्नो डेक्सटप एपबाट पनि कल गर्न मिल्ने सुविधा उपलब्ध हुने भएको छ…
आईप्याडका लागि सार्वजनिक भयो एडोब इलस्ट्रेटर
फोटोः एडोब
एडोबले आइप्याडको लाग…
दशैंमा बैंकहरुको ‘डिजिटल दक्षिणा’ योजना, कुन बैंकले कति दिदैं छन् क्यासब्याक ?
कोभिड १९ अर्थात कोरोना संक्रमणको जोखिम बढेसँगै नेपालमा सञ्चालित विभिन्न बैंकहरुले…
पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कोरोबार गर्न अनुमति दिने
पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कारोबार गर्न अनुमति दिने भएको छ । …
२५ हजार भन्दा बढी नेपाली गीतहरु अब ‘गीत’ एपबाट सुन्न सकिने
एनसेल र न्यू आईटी भेन्चरसँगको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका म्युजिक नेप…
हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध
हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छा…
सामसङका अध्यक्ष ली कुन हीको निधन
फोटोः रोयटर्स
विश्वको लोकप्रिय इल…
स्न्यापच्याटले अब आइओएस प्रयोगकर्तालाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने
स्न्यापच्याटले अब आइओएस प्रयोगकर्ताहरुलाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने भए…
गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर बनायो पहिलो एआरले चल्ने कला केन्द्र
गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर पहिलो एआरले चल्ने कला केन्द्…
नयाँ फिचर सहित मोजिला फायरफक्स ब्राउजरको नयाँ भर्सन सार्वजनिक
मोजिला फायरफक्स वेब ब्राउजरको नयाँ भर्सन ८२ सार्वजनिक भएको छ । यो भर्सन सँगै फायरफ…
आप्पोका नयाँ उत्पादन टिभी, वाच र इयरफोन सार्वजनिक
ओपोले सेप्टेम्बर १९ मा ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको छ …