समाचार
नेपाललाई सुहाउँदो खोप अनुमोदन
नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो ।
तुलनात्मक रूपमा सस्तो र सामान्य फि«जको तापक्रममा समेत सुरक्षित राख्न सकिने भएकाले यो खोपको प्रतीक्षा विश्वव्यापी रूपमा रहेको छ ।
यो खोपले बेलायतमा मात्र पहिलोपटक प्रयोग अनुमति पाएको हो । बेलायतको सख्त नियामक निकायले अनुमति दिइसकेको अवस्थामा अन्य देशका नियामक निकायले यसलाई अनुमति दिन सजिलो हुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् ।
‘यो अत्यन्त खुसीका कुरो हो,’ डा. उप्रेतीले भने, ‘एमएचआरएको अनुमति विश्व स्वास्थ्य संगठनले दिएबराबर मानिन्छ ।’ बेलायतले यो खोपको १० करोड डोजको अर्डर गरिसकेको छ । त्यसअन्तर्गतको ४० लाख डोज केही दिनमा उपलब्ध हुने बेलायती दैनिक गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।
बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग (डिएचएससी) का अनुसार नियामक संस्थाका विज्ञले गरेको समीक्षाले सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड खोपले पूरा गरेको छ ।
बेलायतमा यो खोप जनवरी ४ देखि लगाउन सुरु गरिने र केही सातामै यसको गतिलाई तीव्रता दिइने बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बिबिसीलाई बुधबार बताएका छन् ।
सन् २०२० को सुरुको महिनादेखि नै अक्सफोर्ड र अस्ट्राजेनेकाले यो खोपको डिजाइन सुरु गरेका थिए । पहिलो स्वयंसेवीलाई अप्रिलमा परीक्षण गरिएको थियो भने त्यसपछि खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण बेलायत, ब्राजिल र भारतका हजारौं स्वयंसेवीमा गरिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।
समाचार
स्मार्ट क्युआर सञ्चालनमा, क्युआर कोड स्क्यान गरी पैसा तिर्दा १५ प्रतिशतसम्म छूट
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारक…
एमआई ११ फोनमा साओमीले चार्जर नदिने
एप्पल सँगै अरु ठूल्ठूला फोन कम्पनीहरुले पनि आफ्नो बक्सबाट चार्जर निकाल्न थालेका छन् ।…
साइबर सेक्युरिटी अडिटरको रोष्टर तयार पार्दैं नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले इन्फरमेसन सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटरहर…
पुस १७ गतेदेखि शुरू हुँदैं नेपाल टेलिकमको एनटी टिभी
नेपाल टेलिकमले यही पुष १७ गतेदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच…
सामाजिक सञ्जालमार्फत ४२ लाख रुपैयाँ ठगी गर्ने युवायुवती पक्राउ
सामाजिक सञ्जाल वाट्सएप र फेसबुकको माध्यमाबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको अभियो…
वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ शुरु
कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै …
एनआईसी एशिया बैंकले थाल्यो वीच्याट पे भुक्तानी सेवा
एनआइसी एशिया बैंकले वीच्याट-पे मोबाइल वालेटमार्फत आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्…
ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याब स्थापना
ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्…
सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित ३ जना पक्राउ
नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित त…
विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने
वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका ल…
नेपाल राष्ट्र बैंकको आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क खल्ती डिजिटल वालेटब…
पाठशाला सियुजी सीम अब अभिभावकलाई पनि उपलब्ध हुने, ८ जीबी डेटा निःशूल्क
नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका …
फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरस जाँच गर्न थाल्यो दक्षिण कोरिया
दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थ…
राइडरहरुद्वारा पठाओ कार्यालय तोडफोड
पठाओ राइडरहरूले पठाओको कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्द…
आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद
एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्…