समाचार
कोरोनाको लागि गृह मन्त्रालयले सुरु गर्यो \'एकीकृत सूचना तथा क्वारेन्टाइन अनुगमन प्रणाली\'
कोभिड–१९ को बारेमा आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिने र मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन गर्ने सूचना प्रणाली गृह मन्त्रालयले सोमबारदेखि शुरु गरेको छ । मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी एप सञ्चालनमा ल्याएको छ । क्वारेन्टाइनमा रहेको मानिसहरुलाई उक्त एप्सले त्यसको निगरानी गर्नेछ भने को कस्तो अवस्थामा रहेका छन भन्ने केन्द« र सम्वन्धित निकायमा जानकारी दिनेछ ।
यसैगरी गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘
कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’
मा हरेक प्रदेश र जिल्लाका तथ्यांकहरु पनि उपलब्ध गराइएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालनमा ल्याएको वेबसाइटमा विभिन्न क्वारेन्टाइनमा रहेका व्यत्तिहरुको सख्या र अवस्थाको जानकारी लिन सकिन्छ ।
गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालनमा ल्याएको वेबसाइटमा विभिन्न क्वारेन्टाइनमा रहेका व्यत्तिहरुको सख्या र अवस्थाको जानकारी लिन सकिन्छ ।
सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सो वेबसाइट लगइन गरेर सञ्चालनमा ल्याएका हुन । मन्त्री थापाले सो सूचना प्रणालीले विपद्को सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस प्रणाली मार्फत केन्द«बाटै कोरोना प्रभावित क्षेत्र र क्वारेन्टाइनको अवलोकन गरि आवश्यक योजना र संयन्त्र परिचालन गर्न सकिने उनको भनाई थियो ।
मन्त्रालयले जारी गरेको वेबसाइटमा मुलुकका ७७ वटै जिल्लाका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट तथ्यांक प्रविष्ट गरी दैनिक विवरण अपडेट हुने छ । त्यहाँ मानिस क्वारेन्टाइनमा कति छन् ? कति जनाको स्वाब नमूना लिइएको छ । संक्रमित कति फेला परे, कति जना उपचारपछि फर्किए, एम्बुलेन्स कहाँ कति छन् ? सुरक्षा निकायको अवस्था के कस्तो भन्ने समेत जानकारी लिन सकिन्छ ।
प्रदेश र जिल्ला तहको अवस्था बारेमा पनि त्यहीँबाट जानकारी लिन सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विवरण अपडेट हुनेबित्तिकै स्वचालितरुपमा उक्त वेबमा पनि विवरण अपडेट हुने गरी प्रविधिको प्रयोग गरिएको गृह मन्त्रालयले जनाएको छ ।
कोबडी एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कने बित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सन लिन सकिन्छ । एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि मात्रै प्रवेशको अनुमति मिल्ने बताइएको छ । आपत्कालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ । आफूलाई ज्वरो आयो, कुनै लक्षण देखियो वा केहि समस्या भयो भने एप्सबाटै जानकारी पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरिन्छ । त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ । सोमबारदेखि नै काठमाडौँ, भक्तपुर, बाग्लुङ, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिएको जनाइएको छ ।
यस अघि स्वास्थ मन्त्रालयले सम्भाव्य लक्षणको आधारमा कारोना संक्रमणको अवस्था मुल्यांकन गर्न मिल्ने
वेबसाइट तथा एप
सञ्चालनमा छ । स्वास्थ मन्त्रालयको वेबसाइट तथा एपबाट अहिलेसम्म १२ हजारबढिले कोरोनको स्व परिक्षण गरेका छन भने एकसयभन्दा बढिलाई निगरानीमा राखिएको छ ।
समाचार
लकडाउनमा डिजिटल प्रविधिको प्रयोग बढ्दो, उपभोत्ताहरुको गुनासो सम्वोधन गर्ने \'एकिकृत गुनासो प्रणाली\' आवश्यक
यतिखेर विगत १५ दिनदेखि देश लकडाउनमा छ । कोरोना संकटले निम्त्याएको यो विषम परिस्थितीमा अधिकांश कार्यालयहरु बन्द छन । धेरै कम्पनीहरुले घरबाटै काम गरिरहे…
अब १२ जना सम्मले गूगल डिओमा ग्रुप भिडियो कल गर्न सकिने
गूगल डुओमा अब १२ जना सम्मले ग्रुप भिडिओ क्लिङ गर्न सकिने भएको छ । गूगलले यो भन्दा …
टेस्लाले निर्माण गर्यो कारको पार्ट्सबाट भेन्टीलेटर
विश्वमा कोरोना भाइरसले महामारीको रुप लिएको बेला लोकप्रिय कार निर्माता कम्पनी टेस्ल…
राेबाेटिक्स एशाेसियसन नेपाल फारवेस्टले निर्माण गर्यो सेफ्टी बुथ
राेबाेटिक्स एशाेसियसन नेपाल फारवेस्टले काेइचाे ग्रुप तथा राष्ट्र आविस्कार केन्द्रकाे …
अनलाइन कक्षा सञ्चालन गर्न सरकार र विश्वविद्यालयहरुलाई सिफ्यानको ध्यानाकर्षण
कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल(सिफ्यान)ले कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनलाई समर्थन गर्दै अनलाइन लर्निङलाई सुचारु गर्ने जनाएको छ । कोरा…
नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो
नोकिया ले हाल …
नेपाली कांग्रेसले सार्वजनिक गर्यो कोरोनाको ‘स्व-परीक्षण वेब एप’
नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सहरको परामर्शमा ‘स्…
कोरोना सम्वन्धि नि:शुल्क अनलाइन परामर्श, यसरी लिनुहोस् सेवा
चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वमा यतिबेला महामारीको रुप लिएक…
लकडाउनको समयमा घरमा सामान बिग्रियो, यसरी लिनुहोस् अनलाइनबाटै निशूल्क मर्मत सेवा
विश्वमा यतिबेला कोरोना भाइरसले महामारीको रुप लिएको छ । जसको असर नेपालमा पनि पर…
विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने
नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले उच्च शिक्षाका लागि विदेशी भूमिमा रहेका …
साईबर सुरक्षा र डेटाको दुरुपयोग सम्वन्धमा इ गभर्नेन्स समाजको ध्यानाकर्षण
प्रदेश नम्बर ५ ले कोरोना भाइरस सम्बन्धि प्रदेशभरका सूचना संकलन तथा सम्प्रेषन गर्न मोब…
वेबबीनारमा रञ्जना लिपी सिकाइदै
वेबबीनारको माध्यमबाट आज अर्थात अप्रिल ५ मा रञ्जना लिपी सिकाइने भएको छ । गर्ल्स इन ट…
लकडाउनको बेला घरमै आइपुग्छ ओषधि
कोरोना भाइरसको संक्रमण कम गर्न यतिबेला नेपाल सरकारले देश लकडाउन गरेको छ । अत्याव…
यी कम्पनीले घर घरमा पुर्याउँदै छन् ताजा तरकारी
कोरोना भाइरसको संक्रमण कम गर्न यतिबेला नेपाल सरकारले देश लकडाउन गरेको छ । अत्याव…