कीवर्डहरू -

समाचार

सबै विश्वविद्यालय र आंगिक क्याम्पसहरुलाई अब  नेपाल टेलिकमको ह्यापी लर्निङ प्याक 

कोरोना भाइरसको कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच भदौ ८ सम्झौता भएको छ ।

शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र ढुंगेलबीच सम्झौता भएको हो ।

कोरोनाले शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्नको लागि विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाका ‘गाइडलाइन्स फर फेसिलेटिङ अल्टरनेटिभ मोड अफ लर्निङ इन हायर एजुकेसन २०७७’ लाई मध्यनजर गरी सो सम्झौता भएको हो ।

नेपाल टेलिकम र  विश्वविद्यालय अनुदान आयोगको विशेष सक्रियतामा सम्पन्न सो सम्झौता बमोजिम मुलुकका सबै विश्वविद्यालय र ती अन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउने छ ।

सो प्याकेज अन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ प्याक प्रयोग गर्न सकिने छ । बाँकी ४ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

यसैगरी ३५ जीबी डेटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा प्रयोग गर्न ससिने छ। बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

यो प्याकेज प्रयोग गर्नका लागि विद्यार्थी, प्राध्यापक वा अनुसन्धानकर्ताहरुले [email protected] मा इमेल पठाउनु पर्नेछ । साथै नेपाल टेलिकमको वेबसाइटबाट यो सेवा उपलब्ध गराउनका लागि कम्पनीले आवश्यक तयारी गरिरहेको हुनाले केही दिनमा उपलब्ध हुनेछ ।

सो समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने हाम्रो प्रयास चुनौतीहरुको सामना गर्दै चाँडै कार्यरुपमा उत्रन लागेको बताए ।

मुलुकको उच्च शिक्षाको व्यवस्थापन गरिरहेको आयोग र अत्याधुनिक दूरसञ्चार सेवा प्रदान गरिरहेको टेलिकमबीच भएको यो सम्झौताले विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताले किफायती मूल्यमा प्रविधिको प्रयोगबाट शिक्षा र ज्ञान आदानप्रदान गर्नसक्ने उनले बताए ।

यसैगरी सो अवसरमा आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले जस्तोसुकै संकटको अवस्थामा पनि मुलुकको शैक्षिक कार्यक्रमहरु नरोक्न र सहजरुपले सरल मूल्यमा पठनपाठन र अनुसन्धानका कामहरु जारी राख्न यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विषम अवस्थामा मुलुकको शैक्षिक वातावरण सहज बनाउन कम्पनीले सक्नेसम्म सबै कार्यहरु गर्ने उल्लेख गर्दै यसलाई  कम्पनीले राष्ट्रिय दायित्वको रुपमा लिएको बताए ।

समाचार

अब १० दिनसम्म डिशहोमको क्रेडिट सेवा लिन सकिने, यसरी लिनुहोस् सेवा 

डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिसहोमले…

नागरिक लगानी कोषका लाभग्राहीको खातामा एनसीएचएल मार्फत भुक्तानी गर्न सकिने

‍नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत क…

टेस्लाको स्वचालित एसी नेपाली सम्पदा अङ्कित नयाँ मोडलमा आउँदै

ईलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर) ले केही दिन भित्र आफ्नो नयाँ उत्पादन…

किष्ट मेडिकल अस्पताललाई \'सिस्टर रोबोट\' हस्तान्तरण, कोरोना संक्रमितको हेरचाह तथा उपचारमा सघाउने

सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम…

WIIT ले आयोजना गरेको कोभिड १९ विषयमा अडियो तथा भिडियो प्रतियोगीता सम्पन्न

टेक वेबिनार नेपालले फ्लटरको थिममा आफ्नो २० औं श्रृङ्खला आयोजना गरेको छ । यो वेबिन…

सस्तोडिलको अर्को सफलता: भारतीय फेसन  ब्रान्ड मिन्त्रसँग सहकार्य 

नेपालको ईकमर्स कम्पनी सस्तोडिलडटकम एकै साता भारतका बिख्यात दुई ईकमर्स कम्पनी सँग  र…

टिकटकले डोनाल्ड ट्रम्पको प्रशासन विरुद्धमा मुद्दा हाल्ने

टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको विरुद्धमा मुद्दा हाल्ने भएको छ ।…

अनलाइन प्रिन्टिङ ईकमर्श ‘प्रिन्टसेवा’ सञ्चालनमा, छपाई सम्बन्धि सबै काम अब अनलाइनबाटै

अब छपाई सम्बन्धि सबै काम अनलाइन मार्फत गर्न सकिने भएको छ । छपाई सम्बन्धि सबै काम अन…

फोनमा पानी पस्दा के गर्ने ?

कहिले काही दुर्घटनावस फोनमा पानी पस्न सक्छ वा हाम्रै हातबाट पनि फोन पानीमा खस्न सक्…

\'खल्ती\' बाट पिइएकाे शुल्क तिर्न सकिने 

इन्जिनियरिंगकाे इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसाेसिएसनकाे शुल्क 'खल्ती' डिजिटल वालेटबाट तिर्…

महिलालाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले ल्यायो ‘नारी बचत खाता’ योजना 

महिलाहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले नारी बचत खाताको सुरु…

जापानमा ईन्टरनेट कनेक्शन गर्न सकिने स्मार्ट मास्कको उत्पादन सुरु, मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउने

कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य भएको छ । कोरोना संक्रमणको सुरुवातमा मास्कको अभाव भएपनि पछिल्लो समय कम्पनीहरुल…

नेपालका आईएसपीमध्ये आईपीभी सिक्स प्रयोगमा क्लासिक टेक अगाडी

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा …