कीवर्डहरू -

समाचार

खल्ती डिजिटल वालेट अब नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त

काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

डिजिटल भुक्तानीका साथै अब खल्ती मार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्ध हुनेछन् । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो ।

सुरुवातदेखि नै खल्ती नविनतम प्रविधि तथा सेवामार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन यस कम्पनी थप उत्प्रेरित बनेको छ । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रीत हुनेछ ।

खल्तीले राष्ट्र बैंकबाट अनुमती प्राप्त गरेको अवसरमा खुशी व्यक्त गर्दै कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले भने, “डिजिटल भुक्तानी नेपालमा भर्खरै सुरु भएको नयाँ प्रविधि हो । अझै पनि ग्रामिण भेगमा बिजुलीको महसुल तिर्ने जस्ता सामान्य कार्यको लागि सयौँ रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त भुक्तानी सेवा प्रदायकको यस आधिकारिक लाइसेन्सले हामीलाई अझै तीब्र रफ्तारका साथ डिजिटल भुक्तानी सेवालाई देशैभर विस्तार गर्न उत्साह प्रदान गरेको छ । हामी अब देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ भन्ने नाराका साथ भरपूर प्रयास गर्नेछौँ । बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने पनि हाम्रो उद्देश्य रहनेछ ।”

आज मानिसको हातहातमा मोबाइल छ । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार नेपालमा मोबाईल सेवाको पहुँच १३२ प्रतिशत भन्दा धेरै छ र ५९ प्रतिशत जनसंख्याले तीब्र  गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छ्न् । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार करीब ६४ लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र साढे आठ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । तथापि, विश्व बैंकले सन् २०१७ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार ४५ प्रतिशत नेपालीहरुको मात्रै बैंकमा खाता छ । यस्तो अवस्थामा खल्तीले बैंकिङ पहुँच बाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु–आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८,००,००० भन्दा बढि रहेको छ ।

समाचार

कामना सेवा विकास बैंकले सुरु गर्यो आई–बैंकिङ रिलोडेड सेवा

कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई–बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरी आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।

गल्र्स इन आईसीटि ह्ययाकाथोन पोखरामा चल्दै

सुचना प्रविधिमा महिला सहभागीता वृद्धि गराउने उदेश्यले सिएसआइटि एसोसिएसन अफ नेपालले नेपाल दुर सञ्चार प्रधिकरणको सहकार्यमा गल्र्स इन आइसीटि ह्ययाकाथोन यहि वै…

नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ को मनोनयन सार्वजनीक

नेपाल फोटो पत्रकार समूह एनएफपीजे नेपाल द्धारा आयोजित “नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो …

एनसेलले सर्वोच्च अदालतमा हाल्यो मुद्दा

काठमाडौं। कर तिर्न सात दिने म्याद सकिने १ दिन अगाडी सोमबार एनसेलले ठूला करदाता कार्यल…

फाईभ जी प्रयोग गर्दा डाटाहरु सजिलै ह्याक हुने सक्ने

काठमाडौ। इन्टरनेट विना मानव जीवनको कल्पना गर्न कठिन छ। जुनसुकै काम गर्दा पनि हामिलाई इ…

सिटिजन्स बैंक इन्टरनेसनल १३औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।

बैंकले आर्थिक…

पब्जी माथि प्रतिबन्ध लगाउने निर्णय कार्यन्वयन नगर्नुः सर्वोच्च अदालत

काठमाडौं। विश्वको चर्चित गेम पब्जी माथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले शुक्रबार आदेश दिए…

एनसेलको पहिलो सिम योजना १७ रुपैयाँमै अनलिमिटेड डाटा

काठमाडौं। २०७५ मा एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै एनसेलले पहिलो सिम योजना ल्याएको छ। यो योजना अन्तर्ग…

एप बाटै ट्याक्सीमा यात्रा सरर

काठमाडौं। ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले इजि ट्याक्सी नेपाल नामक एप सञ्चालनमा ल्याउने भएको छ। यो सुविधा आएप…

नेपालको राष्ट्रिय झण्डा अंकित स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण, यी तथ्यहरु जान्नुहोस्

नेपालको पहिलो भूउपग्रह नेपाल स्याट १ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेमार्फत यो स्याटे…

टुटलले साढे ३ करोड रुपियाँ कर बुझाउनुपर्ने, पठाओमाथि पनि छानबिन हुँदै

काठमाडौँ – टुटलले ३ करोड ४० लाख कर तिनुपर्ने भएको छ ।

कर छली गरेको निश्कर्षसहित आन्तरिक राजस्व कार्यालय ललितपुरले ‘राइड सेयरिङ&rsq…

नेपालको पहिलो स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ

नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भू-उपग्रह 'नेपाल स्याट-वान' अन्तरीक्षमा प्रक्षेपण हुँदै छ ।

भाेली बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाक…

नयाँ बर्षमा स्मार्ट डोकोको नयाँ अफर

काठमाडौं। स्मार्ट डोको ले नयाँ बर्षको अवसरमा नयाँ अफर ल्याएको छ। यो नयाँ बर्षको अफर वैश…

लोकप्रिय एप टिकटक ब्लक

काठमाडौं। भिडियो सेरिङ एप टिकटक भारतमा ब्लक भएको छ। टिकटकले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको भन्दै मद्रास उच्…

पब्जी बन्द गर्नु असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर

काठमाडाैं । गत हप्ता सरकारले प्रतिबन्ध लगाएकाे पब्जी गेम माथिको प्रतिबन्ध असंवैधानीक रहेकाे भन्दै सर्वाेच्च अदालतामा …