समाचार
एनसेलले ल्यायाे ‘कल आयो पैसा पायो’ अफर, कल कल आउँदा बोनस पाइने
एनसेलले कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकले रुचाएको अफर ‘कल आयो पैसा पायो’ लाई यो वर्ष पनि निरन्तरता दिएको छ। यस योजनाअन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट दुई रुपैयाँ बोनस प्राप्त गर्नेछन्। यो अफर सोमबारबाट लागू भई तीन महिनासम्म जारी रहनेछ।
एनसेलका ग्राहकले विदेशबाट आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि १० मिनेटसम्म प्रत्येक मिनेटको दुई रुपैयाँको दरले बोनस पाउनेछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्।
यसरी प्राप्त बोनस सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन्।
ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्नेछन्। बोनसका साथै अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन्।
योजना अवधिभर प्रत्येक हप्ता १० ग्राहकले १÷१ थान स्मार्टफोन पाउनेछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयअनुसार विजेताको छनोट गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार परिवारका सदस्य, आफन्त र साथीभाइ विदेशमा रहेका र उनीहरूसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप मुल्य प्रदान गर्दै यो आकर्षक योजना ल्याएको हो।
समाचार
नेपालमै मोबाइल उत्पादन हुनेः सम्भाव्यता अध्ययन सुरु
काठमाडौं। मेक इन नेपाल योजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्मा…
लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथिको प्रतिबन्ध हटाइयो
काठमाडौं। लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ। बु…
चौधरी ग्रुपले बजारमा ल्यायो फ्यान र कुलरहरु
काठमाडौ। चौधरी ग्रुपले गर्मि मौसमलाई ध्यानमा राखेर विभिन्न किसिमका फ्यान र कुलरहरु बजार…
रिना मृत्यु प्रकरणमा अतिरञ्जित सामाग्री सम्प्रेषण गर्ने युट्युब च्यानल प्रहरी निगरानीमा
विराटनगर । मोरङ पथरीकी रीना खड्का मृत्यु प्रकरणमा अतिरंजित समाचार सम्प्रेषण गर्ने केही अनलाइन् र युट्युव च्यानललाई प्रहरीले निगरानीमा राखेको छ ।
…सर्वाेच्च अदालतले भन्यो : एनसेलसँग तत्काल कर नउठाउनू
सर्वोच्च अदालतले एनसेललाई कर तिराउने सरकारी निर्णय तत्कालका लागि रोक्का गर्न आदेश दिएको छ । सरकारले गरेको कर निर्धारणविरुद्ध एनसेलले दायर गरेको मुद्दामा सर्…
आइसिटी अवार्ड प्रि-इभेन्ट क्यापियन : प्रदेशस्तरीय आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै
नेपालको सूचना प्रविधिको अवार्ड ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारीस्वरुप देशका विभिन्न स्थानमा आइसिटी स्टार्टअप एण्ड इन्न…
मोबाइलका सिम अनधिकृत बेच्ने २ जना पक्राउ
काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
अ…
‘ठेगाना’ मोबाइल एप सार्वजनिक
ठेगाना सर्भिसेजले ‘ठेगाना’ मोबाइल एप सार्वजनिक गरेको छ । हाललाई सो एप सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिमा महिलाको पहुँच पुर्याउन आवश्यक रहेको बताएका छन् । आज काठमा…
विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस
नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च…
आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै
काठमाडौं । आज अप्रिल २५ तारिख बिहिबार विश्वभर इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे मनाइदै छ । हरेक अप्रिल महिनाको अन्तिम बिहिबारका दिन मनाइने यो दिवस नेपालमा …
राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनकाे आयोजना
काठमाडौँ । राजधानीको खुमलटारस्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ गरिएकाे छ । वैशाख १० …
भारतमा टिकटक बन्द हुँदा दैनिक ५ लाख डलर घाटा
भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भएको छ । कम्पनीले २५० जनाको जागिर खतराम…
वर्ल्डलिंकले ल्यायाे कर्पोरेट ग्राहकहरुका लागि ‘सेफ नेट’ सेवा
काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट&…
इन्टरनेटले बालयौन दुर्व्यवहार बढायो : प्रहरी
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले पछिल्लो समयमा सामाजिक सञ्जाल इन्टरनेट म…