कीवर्डहरू -

समाचार

सबै ग्राहकलाई एकवर्षमा नयाँ प्रविधि आईपीभी सिक्समा लैजाँदै वर्ल्डलिङ्क

यस वर्षको अन्त्यसम्ममा वर्ल्डलिङ्कले आफ्ना सबै ग्राहकहरुलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकलाई गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ वर्ल्डलिङ्कले आफ्ना सबै ग्राहकहरुलाई आईपीभी सिक्समा लैजाने भएको हो ।

एक अर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक पर्छ । यो एउटा यस्तो संख्या हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी एड्रेस) भनिन्छ । यो एड्रेस इन्टरनेट असाइन नम्बर प्राधिकरण (आईएएनए) भन्ने अमेरिकी संस्था ले सबै इन्टरनेट सेवा प्रदायकहरु लाई बाँडफाँड गरी प्रदान गरेको हुन्छ ।

आईपी एड्रेसका दुई संस्करण हुन्छन्  । एउटा आईपी भर्सन फोर (आईपीभी फोर)  हो भने अर्को आईपी भर्सन सिक्स (आईपीभी सिक्स )  हो । भर्सन आईपी भी फोरमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु हुनछन् । जसका कारण यसको कोटा २०११ को अप्रिल १५ मा नै समाप्त भएको थियो ।

परिणामतः पब्लिक भी फोरको अभावको समस्यालाई निराकरण गर्न अधिकांश इन्टरनेट सेवाप्रदायकहरु अहिले प्राइभेट एड्रेसिङको प्रयोगका लागि नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएटी) प्रविधिमा निर्भर छन् ।

यो प्रोटोकलको पछिल्लो संस्करण भनेको आईपीभी सिक्स हो । आईपीभी सिक्सभित्र आईपी एड्रेस यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन् ।

जसले गर्दा विश्वमा भविष्यमा इन्टरनेटसँग जोडिने हरेक डिभाइसका लागि यसले छुट्टाछुट्टै रोउटेबल एड्रेस असाइन गर्ने क्षमता राख्छ ।

यसमा एनएटी प्रविधिको आवश्यकता नहुने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ ।

हाल गूगल, फेसबुक जस्ता कन्टेन्ट सेवा प्रदायकहरुले आईभी सिक्समा पनि सामग्री प्रदान गर्ने गरेका छन् । जसलाई हरेक इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तासम्म पुर्‍याइरहेका हुन्छन् ।

हाल उपकरणको ईकोसिस्टममा पनि भी सिक्स र भी फोर दुवै इनेबल हुँदा प्रयोगकर्ताको डिभाइसमा हुने ब्राउजर एप्लिकेसनहरुले स्वचालित रुपमा भी सिक्सलाई नै प्राथमिकतामा राखिरहेका हुन्छन् ।

विर्ल्डलिङ्क नेपालको पहिलो इन्टनेट सेवा प्रदायक हो, जसले जुलाई २०१९ मा आईपीभी सिक्सलाई इनेबल गरेको थियो । विश्वमा कमै मात्र आईएसपीहरुले यसलाई इनेबल गरेका छन् ।

भी सिक्समा जाँदा हामीले ग्राहकलाई अलि उत्कृष्ट इन्टरनेट सेवा दिन सक्छौं र सेवाप्रदाकहरुका लागि रिमोटली ग्राहको समस्या निवारण अलि सजिलो बनाइदिन्छ ।

अहिले विश्वसँगै नेपाल पनि इन्टरनेट अफ थिङ्स  (आईओटी)  मा गइरहेको अवस्थामा त्यसलाई वृहत बनाउन यस किसिमको तयारीलाई ठूलो विकासको संकेत मान्न सकिन्छ ।

हाल वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन् । विर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन् ।

एसिया प्रशान्त नेटवर्क इन्फर्मेसन सेन्टर (एपीएनआईसी), गूगल र  फेसबुकको तथ्याङ्क अनुसार हाल विश्वको करिब २६ प्रतिशत नेटवर्क भी सिक्समा छ । यस्तै नेपालको ११ प्रतिशत नेटवर्क आईपीभी सिक्समा गएको छ । जसमा सबैभन्दा धेरै योगदान रहेको वर्ल्डलिंकको भनाई छ । यसले इन्टरनेटलाई छिटो र व्यापक मात्र हैन साथै यसले इन्टरनेट सुरक्षा समेत बढाउन मद्दत गरेको छ ।

सरकारी तथा नियामक निकायहरुलाई गैरकानूनी गतिविधि ट्रयाक गर्न समेत सजिलो बनाउनेछ , जुन कुरा आईपीभी फोरमा नेटवर्क एड्रेस ट्रान्सलेसन एनएटीको कारण ले गतिविधि ट्र्याक गर्न निकै कठिन हुन्छ ।

समाचार

नेपाली ईकमर्श कम्पनी ग्यापुले भियतनाममा पनि सेवा विस्तार गर्दै 

लकडाउनको विषम परिस्थितिमा स्थापना भएको नेपाली ईकमर्श कम्पनी ग्यापुले भियतनाममा पनि…

अनलाइनबाटै हुवावे क्लाउड समिट आयोजना हुदै, आकर्षक पुरस्कार समेत जित्न सकिने

हुवावे इन्टरनेसनलले हुवावे क्लाउड समिट २०२० आयोजना गर्ने भएको छ । हुवावेले भर्चुअ…

अनलाइनबाटै निःशूल्क पाइथन प्रोग्रामिङ सिकाउँदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी   

ब्रोडवे इन्फोसिसले निशूल्क पाइथन प्रोग्रामिङ सिकाउने भएको छ । आइटी सम्बन्धि तालिम प्र…

अब लगानीकर्ताले अनलाइनबाटै युजर आईडी र पासवर्ड पाउने

ब्रोकर कार्यालय नगई अनलाइन युजर आईडी र पासवर्ड अनलाइनबाटै पाइने भएको छ । लगानीकर्…

ईसेवा मनि ट्रान्सफर मार्फत आएको रकम अब कृषि विकास बैंकबाट निकाल्न मिल्ने

कृषि विकास बैक र ईसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानीको लागि सम्झौता भएको छ…

सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसनबीच सम्झौता, सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सुरु गरिने

सिद्धार्थ बैंक लिमिटेडले भदौ ३ गते सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको …

जिमेल, ड्राइभ लगायत गूगलका अन्य सेवामा देखिएको समस्या समाधान

जिमेल र गूगल ड्राइभसँगै गूगलका अन्य सेवामा देखिएको समस्या समाधान भएको छ ।

आइएमई पे मोबाइल एपमै रेमिट्यान्स रकम पाउन सकिने

अब आइएमई पे मोबाइल एपमै रेमिट्यान्स रकम पाउन सकिने भएको छ । कोरोना महामारीका का…

भिजिटर बढी भएपछि मेरो सेयर पोर्टल सुस्त

मेरो सेयरको वेबसाइटमा ५० हजार भन्दा बढी भिजिटर आएपछि सिस्टमले काम गर्न सकेको छैन्…

जिमेल, ड्राइभ लगायत गूगलका अन्य सेवामा समस्या

बिहीबार जिमेल र गूगल ड्राइभसँगै गूगलका अन्य सेवामा समस्या देखिएको छ ।

एन आईसी एशिया बैंकले बैंकिङ सेवा सुचारू राख्न गर्‍यो डिजिटल ग्राहक सहायता केन्द्रको व्यवस्था

एन आईसी एशिया बैंकले डिजिटल बैंङ्किङलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंङ्किङ सेव…

\'सहकारी संस्थाहरुका लागि विद्युतीय वित्तिय सेवा आजको आवश्यकता\' विषयक वेभिनार सम्पन्न

क्यान महासंघ, Women In ICT Committee को आयोजना र प्रभ्रू मेनेजमेन्टको सहकार्य तथा क्यान रुपन्देही, क्यान दोलखा, क्यान चितवन र क्यान सिन्धुपाल्चोकको संयोजनमा आ…

\'खल्ती\' डिजिटल वालेटबाट एनआइसी एशियाकाे बैंक ऋणका लागि आवेदन दिन सकिने 

बैंक ऋण लिन चाहने ग्राहकले 'खल्ती' डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंककाे सुपर चमत्कारिक कर्जाका ल…

भिसा कार्ड मार्फत दराजमा भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट पाइने 

नेपालको अग्रणी ईकमर्श कम्पनी दराजले डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लीडर भिसासँग…