अफर
टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् नयाँ डेटा र भ्वाइस प्याक
नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ ।
यस अनुसार रु. १८ मा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने रु. ३५ मा २ घण्टा सम्म प्रयोग गर्न सकिने उपलब्ध छ । यी वाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।
नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुनेछ ।
नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा वान आवर भ्वाइस एण्ड डेटा उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ ।
त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ ।
जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । स्प्रिङ अफर आचैत ३० देखि लागु भएको छ ।
अफर
नमस्ते पेको नयाँ वर्ष अफर, प्लेट टिकट काट्दा र इन्टरनेट बिल भुक्तानीमा छुट पाइने
नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा प्लेट टिकट र इन्टरनेट बिल भुक्तानीमा आकर्षक अफर सुरु गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा हरेक उडा…
चैत २४ गतेदेखि पठाओ फूड फेस्टः फ्राइज किन्दा बर्गर फ्रि, केचप किन्दा पिज्जा फ्री
पठाओ नेपालले यही चैत २४ गतेदेखि पठाओ फूड फेस्ट, २०२४ सुरु गर्ने भएको छ । सन् २०२३ जुनमा पहिलो पठाओ फूड फेस्टको अपार सफलतापछ…
जिडब्लुएमको नयाँ वर्ष अफर, ओरा ०३ इभी खरिदमा ५ लाखसम्मको फाइदा
जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘सानदार नववर्ष २०८…
मनिग्रामबाट पठाएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने
आईएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको …
हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्ने मौका
समृद्धिका लागि हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्न सकिने भएको छ ।
सानिमा बैंकका ग्राहकलाई कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन दिँदा ५० प्रतिशत छुट
सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक ग…
नेपाल टेलिकमको सिम प्रयोग गर्नेलाई पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा
नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उ…
शहिद परिवारलाई १ जीबी डाटा, १०० मिनेट भ्वाइस र १०० एसएमएस भएको टेलिकमको सिमकार्ड निःशुल्क
नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लाग…
डिजिटल भुक्तानीमा नबिल बैंकका ग्राहकलाई हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट
नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपल…
सरस्वती पुजाको अवसरमा ब्रोडवे इन्फोसिसले सबै कोर्षमा ४० प्रतिशत छुट दिने
सरस्वती पुजाको अवसरमा आईटी ट्रेनिङ कम्पनी ब्रोडवे
फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ । यस कन्टेस्ट …
फूडमान्डुको भ्यालेन्टाइन डे कन्टेस्ट, फुड अर्डरमा हरेक दिन आकर्षक गिफ्ट पाउने मौका
बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेकमा के के छन् अफर ?
बिहीबारदेखि काठमाडौंमा भृकुटिमण्डपमा एस पावर क्यान इन्फोटेक सुरू भएको छ । पाँच दिनसम्म चल्ने मेलामा सूचना तथा सञ्चार प्रविधिसँ…
एनसेलको इण्डिया रोमिङ प्याक, १०० रूपैयाँमा ५०० एमबी डेटासहित भ्वाइस र एसएमएस सेवामा छुट
एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा …
भ्यालेन्टाइन्स डेको अवसरमा ब्ल्याक एण्ड डेकरको अफर, सामान खरिद गर्दा आकर्षक छुट पाइने
अमेरिकन ब्रान्ड ब्ल्याक एण्ड डेकरले नजिकै आउँदै गरेको भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरी गिफ्ट टु शेयर, लभ इन द एयर नामक अभिय…