प्रोफाइल
बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ सम्पन्न
शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् ।
२ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन खड्गीले दोस्रो र प्रताप बस्नेतले तेस्रो स्थान हासिल गरे ।
पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरे । काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ अर्थात नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको थियो ।
मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङ प्रतियोगितामा नोभिस र ओपन गरी दुई क्याटागोरीमा राइडरहरु सहभागी भएका थिए । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइएका थिए ।
सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाएका थिए । विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिएको थियो ।
च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका थिए । यस पटक लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी भएका थिए ।
मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको थियो ।
रेसिङलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले सबैलाई धन्यवाद दिएका छन् ।
प्रोफाइल
प्रभु बैंकको नयाँ शाखा बयलबासमा
प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका स्थित बयलबासमा आफ्नो १९९ औं शाखा सञ्चालनमा …
प्रभु बैंक लि. को टिमुरे शाखा कार्यालय सञ्चालन
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६÷०८÷१३ देखि रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरे…
उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्घि सम्भव छैनः मन्त्री गुरुङ
नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्घि सम्भव नहुने बताउनुभएको छ ।
नेपाल…
एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ । यसअघि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुप…
एन आई सी एशिया बैंकको शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
यस एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पन…
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठाँै वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६ (११ नोभेम्बर२०१९) मा होटेल क्राउन इम्पेरियल, काठमाडांैमा सम्पन्न गरेको छ …
एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात
एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को सहकार्यमा NIC ASIA UnionPay Virtual Card को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
कृषि विकास बैंकको सिस्टम ह्याक गरि करिब दुई करोड रुपैयाँ ह्याकरले लुटे
कृषि विकास बैंकको लहान शाख…
एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
बालकोट र किर्तिपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्द…
एन आई सीको “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी
एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ ।