प्रोफाइल
उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्घि सम्भव छैनः मन्त्री गुरुङ
नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्घि सम्भव नहुने बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उहाँले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास अपरिहार्य भएकोमा जोड दिनुभयो ।
स्थानीयस्तरमा आफनै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रवद्र्घन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रवद्र्घनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उहाँले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको बताउनुभयो ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीब्रत्तर आर्थिक बृद्घिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उहाँको भनाई थियो । सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले मन्त्री गुरुङको स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, सल्लाहकार वासु गिरी, पूर्व अध्यक्ष सुरेश प्रधानलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रोफाइल
एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात
एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को सहकार्यमा NIC ASIA UnionPay Virtual Card को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
कृषि विकास बैंकको सिस्टम ह्याक गरि करिब दुई करोड रुपैयाँ ह्याकरले लुटे
कृषि विकास बैंकको लहान शाख…
एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
बालकोट र किर्तिपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्द…
एन आई सीको “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी
एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ ।
पुरै होटल तथा हस्पिटलमा वाइफाई कभरेज दिने ‘नेटगियर ओर्बी‘
विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ ।
विश्व…
ओयो २०१९ सम्म नेपालका १५ शहरमा पुग्ने
काठमाडौं, ४ चैत्र– दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको उत्कृष्ट ४मध्ये एक र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल र घरहरु र गुणस्तरीय …
बिमा पहुँच बढाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन
बिमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ । लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बिमा विज्ञको सक्र…
एनआईसी एशिया बैंकको \'Smart Teller\' सञ्चालनमा
एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्तगुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवय…
राष्ट्रिय बीमा संस्थान ५२ वर्षमा प्रवेश
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५२ औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिको…
सिटि एक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्ध
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १४ गतेबाट कारोबार सुरु गर्ने गरी सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई अन्तरबैंक विद्युतीय भ…