कीवर्डहरू -

प्रोफाइल

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलइडी सूचना बोर्ड जडान

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकले फागुन २ गते आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोर  एलइडी  सूचना बोर्ड जडान गरेको छ ।

\"\" उक्त उपकरण एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल थापालाई हस्तान्तरण गरेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रोफाइल

बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका अत्याधुनिक प्रडक्टहरु 

सराज पन्त , प्रतिनिधि, सिजी टेक्नो ड्रिम

सिजी टेक्नो ड्रिमले डेटा सेन्टर, सेक्युरिटी, पेमेन्ट र बायोमेटिक सेवा दिने ४ ओटा…