कीवर्डहरू -

प्रोफाइल

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगोनोस्टिक ल्याबबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण परिक्षण (पिसीआर टेष्ट) का साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगोनोस्टिक ल्याब्रोटरीसँग भदौ २१ गते एक सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगोनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत, र कोभिड १९ को संक्रमण परिक्षण पीसीआर परीक्षणमा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।


प्रोफाइल

एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने

एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने भएक…

अनलाइनबाटै कृषि विकास बैंकको खाता खोल्न सकिने 

अब कृषि विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । ग्राहकलाई सरल तरिकाले…

पीसीआर मेसिनको लागि नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई आर्थिक सहयोग

नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक था…

के दुई वर्षभित्र क्यासलेस कारोबार सम्भब छ ? के गर्दैछ राष्ट्र बैंक !

एन आईसी एशिया बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, निय…

एन आइसी एशियामा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म फिर्ता

एन आई सी एशिया बैंक लिमिटेडले बैंकबाट अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ का…

 डिजिटल प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्सबाट कामना सेवा विकास बैंकको बैठक सम्पन्न 

कामना सेवा विकास बैंक लिमिटेडले चैत २० गतेका दिन डिजिटल प्रविधिको प्रयोग गरी भि…

कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य

कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा…

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलइडी सूचना बोर्ड जडान

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क…

बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका अत्याधुनिक प्रडक्टहरु 

सराज पन्त , प्रतिनिधि, सिजी टेक्नो ड्रिम

सिजी टेक्नो ड्रिमले डेटा सेन्टर, सेक्युरिटी, पेमेन्ट र बायोमेटिक सेवा दिने ४ ओटा…