साइबर सुरक्षा
साइबर सुरक्षा अनुसन्धानमा नरेशको सफलता, सिंगल बग बाउन्टीबाट कमाए एक करोड २० लाख बढी
नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता नरेश लाम्गादे ले एउटा बग बाउन्टी प्रोग्रामबाट १ करोड २० लाखबढी आम्दानी गर्न सफल भएका छन् ।
उनले बगक्राउडको सिंगल बग बाउन्टी प्रोग्राम जोडिएपछि ढेड वर्षको अवधिमा १ लाख १ हजार ४ सय डलर अर्थात १ करोड २० लाख नेपाली रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको बताए ।
सन् २०१९ को अन्त्यतिर बगक्राउडको सिंगल बग बाउन्टी प्रोग्राममा उनले आफ्नो यात्रा शुरू गरेका थिए । ‘सिंगल प्रोग्राममा केन्द्रित हुनाले लुकेका फङ्सनहरु बुझ्न र बग पत्ता लगाउन मद्दत हुन्छ र एप्लिकेसनसँग राम्रो अनुभव पनि प्राप्त हुन्छ,’ उनले भने ।
साइबर सेक्युरिटी ब्याचलर गरेका गरेका लाम्गादे बग पत्ता लगाउने क्षेत्रमा नयाँ भने होइनन् । सन् २०१३ देखि नै यस क्षेत्रमा लागेर बग खोज्न थालेका हुन् ।
उनी सन् २०१८ मा बग क्राउडमा जोडिए । सन् २०१९ को अन्त्यतिर बगक्राउडको सिंगल बग बाउन्टी प्रोग्राममा उनले आफ्नो यात्रा शुरू गरेका थिए । उनले इसेवा, कान्तिपुर र नेपाल टेलिकममा समेत काम गरिसकेका छन्।
उनले हाल २ वटा कम्पनी सञ्चालन गरिरहेका छन् । एउटा सिनिकल टेक्नोलोजी र अर्को बगभी । सिनिकल टेक्नोलोजीले विभिन्न कम्पनीलाई साइबर सेक्युरिटी प्रदान गर्दछ भने बगभी चाहिँ नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म हो ।
डेढ वर्षको मिहिनेतपछि बगभी सन् २०२० मा सार्वजनिक भएको थियो । विदेशीहरुले बग बाउन्टी प्लेटफर्म स्थापना गरेर फाइदा लिएका छन् भने नेपाली कम्पनीले किन नलिने भनेर बगभी स्थापना गरेको बगभीका संस्थापक नरेश लाम्गादेले बताए ।
बग बाउन्टी प्लेटफर्म स्थापना गरेर नेपाली कम्पनीले किन फाइदा नलिने भनेर बगभी स्थापना भएको हो,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘सेक्युरिटी त विश्वभर सबैलाई एउटै हो ।’
बगभीमा अहिले विश्वभरबाट ३५ सय साइबर सुरक्षा अनुसन्धानकर्ता जोडिएका छन् भने १५ भन्दा बढी कम्पनी आवद्ध भइसकेका छन् । बगभीमा आवद्ध हुने जारी नै रहेको छ ।
विदेशीलाई कम्पनीलाई पनि बगभीमा आवद्ध गराउने योजना रहेको लाम्गादेले सुनाए । प्रडक्ट अलि स्टेबल भएपछि विदेशी कम्पनी पनि आवद्ध हुने उनले बताए । त्यस्तै उनले साइबर सुरक्षा प्रदान गर्ने उदेश्यले सन् २०१७ मा सिनिकल टेक्नोलोजी स्थापना गरेका थिए ।
यसले विभिन्न सरकारी तथा नीजी कम्पनीलाई साइबर सुरक्षा प्रदान गरिरहेको छ । सिनिकलले इसेवा, नागरिक एप, सामाजिक सुरक्षा कोष लगायत विभिन्न संस्थालाई सेवा प्रदान गरिरहेको छ ।
साइबर सुरक्षा
म्याक डोनाल्डमा साइबर आक्रमण, कर्मचारी र ग्राहकको निजी जानकारी चोर्न ह्याकर सफल
अमेरिका, दक्षिण कोरिया र ताईवानको म्याक डोनाल्डमा ह्याकरहरुले साइबर आक्रमण गरी डेट…
स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?
उपभोक्ताको मोबाइललाई सुरक्षित राख्न कम्पनीहरुले नयाँ नयाँ फिचरहरु ल्याइरहेका छन् । …
होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !
सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ …
सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्री नराख्न साइबर ब्यूरोको अनुरोध, राखे कारवाही हुने
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्रीहरु नराख्…
साइबर सुरक्षा परीक्षण अनिवार्य गर्ने, यस्तो छ नयाँ साइबर सुरक्षा नीतिको मस्यौदा
सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा तयार गरेको छ । सञ्चार तथा सूच…
एयर इन्डियाको डेटा ब्रिच, ४.५ मिलियन यात्रीको डेटा खतरामा
एयर इन्डियाको डेटा ब्रिचले गर्दा ४.५ मिलियन यात्रीको डेटा खतरामा परेको छ । प्रणाली…
के हो अमेरिकामा साइबर आक्रमण गरेर ६ करोड फिरौति लैजाने डार्कसाइड ?
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला भएपछि अहिले डार्कसाइड नाम चर्चामा छ । यो ड…
के हो अमेरिकामा साइबर आक्रमण गरेर ६ करोड फिरौति लैजाने डार्कसाइड ?
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला भएपछि अहिले डार्कसाइड नाम चर्चामा छ । यो ड…
कोलोनियल पाइपलाइन सुचारू गर्न अमेरिकाले ह्याकरलाई बुझायो ६ करौडौं बढी फिरौती रकम
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला गर्ने ह्याक…
युरोपमा तोशिबा युनिटमाथि र्यान्समवेयर आक्रमण, पैसा नदिए डेटा लिक गरिदिने धम्की
युरोपमा तोशिबा युनिट (६५०२.टी) लाई
घरको वाइफाइ कसरी सुरक्षित राख्ने ? नियामक निकायका छ सुझाब
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताहरुलाई साइबर सुरक्षाका उपायहरु अपनाएर इन्टरनेट प्रयोग ग…
युट्युबमा अब सजिलैसँग कपिराइट चेक गर्न सकिने
युट्युबले कपिराइट भ्वाइलेसन जाँच गर्ने नयाँ स्टुडियो टूल ल्याएको छ । यसले भिडियो अ…
सफ्टवेयरको सोर्स कोड दूरूपयोग गर्ने तीनजना पक्राउ
सफ्टवेयरको सोर्स कोड दूरूपयोग गर्ने तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर …
ह्याकरले चोरे यूरोपेली खोपको डेटा
रुसी र चिनियाँ ह्याकरहरुले यूरोपेली खोपको डेटा चोरेको अनुमान लगाइएको छ । रोयटर्…
फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राखी ठगी गर्ने युवक पक्राउ
महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राख…