कीवर्डहरू -

अपडेट

एमपोसबाट टेलिकमको रिचार्ज गर्दा डेटा बोनस पाइने

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ । 

यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोबाइल पोइन्ट अफ सेल (एमपोस), नमस्ते पे, इसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।

यसै सन्दर्भमा कम्पनीले मङ्सिर १८ गतेदेखि आगामी पुस १७ गतेसम्मका लागि एमपोस रिचार्जमा बोनस उपलब्ध गराउने जनाएको छ । 

एमपीओएस रिचार्ज गर्दा ग्राहकले ५० देखि ९९ सयसम्मको रिचार्जमा तीन दिनका लागि २० मिनेट अन नेट भ्वाइस सुविधा प्राप्त गर्नेछन् भने एक सयदेखि एकसय ९९ सम्मको रिचार्जमा ५० मिनेट, दुई सयदेखि ४ सय ९९ सम्मको रिचार्जमा दुई दिनका लागि दुई जीबी डेटा र पाँचसयदेखि माथिको रिचार्जमा चार दिनका लागि ८ जीबी डेटा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ।

ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ । 

यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताहले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्नेछन् ।
 

अपडेट

डेथ क्लक एप: जीवनशैली सुधार्दै मृत्युको भविष्यवाणी गर्ने नवीन प्रविधि

एआईको प्रयोग हरेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको छ । हेल्थकेयरदेखि फाइनान्ससम्म यसको व्यापक प्रयोग भइरहेको छ । एआईले भविष्यसम्बन्ध…

जुम्ला पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार

नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका…

इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्सको लाइसेन्स खारेज

इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजीजको लाइसेन्स खारेज भएको छ । तोकिएको समयमा नवीकरण नगरेपछि नेट म्याक्सको लाइसेन्…

गुगल म्याप्स कसरी काम गर्छ र यसलाई बाटोको डाटा कहाँबाट प्राप्त हुन्छ?

गुगल म्याप्स विश्वभरि सबैभन्दा धेरै प्रयोग हुने नेभिगेसन र म्यापिङ उपकरणहरूमध्ये एक हो । तपाईं पनि गुगल म्याप्स प्रयोग गर्नुहुन्छ ह…

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँ…

अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने

अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वाले…

कुमारी बैंकको मोबाइल बैंकिङबाट भिजन कार्टमा भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट

कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरु…

ब्ल्याक एण्ड डेक्करको खरिदमा छुट पाइने

अमेरिकी नम्बर १ ब्रान्ड ब्ल्याक एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ । 

एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक, अनलिमिटेड यूट्युबको सुविधा

अत्यन्तै व्यग्रताका साथ प्रतिक्षा गरिएकोे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल भोली देखि सुरु हुँदैछ । एनप…

नेपालबाट चार आईसीटी कम्पनीहरू ब्रुनेईमा हुने एपिक्टा अवार्ड्स २०२४ सहभागी हुँदै

नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यास…

एनपीएलमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर टेलिकमद्वारा निःशुल्क जडान

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर जडान गरेको छ ।

एक्स प्रयोगकर्ताहरू किन ब्लुस्काईमा सिफ्ट भइरहेका छन् ?

एलन मस्कले ट्विटर खरिद गरेपछि अहिले यो 'एक्स' भइसकेको छ । पछिल्लो समय एक्स प्रयोगकर्ताहरूलाई ब्लुस्काईमा सिफ्ट भइरहे…

रोमानियाबाट ईसेवामा रेमिट्यान्स पठाउने अन्जुलाले जितिन् दुईतले घर

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले २ त…

वर्ल्डलिंकका अध्यक्ष भन्छन्: नेपालमा स्टारलिंकको इन्टरनेट आवश्यक छ, आफै लबिङ गरिरहेको छु

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले नेपालमा स्टारलिंकको इन्टरनेट भित्र्याउन २ वर्षदेखि लबिङ गरिरहेको बताएका छन् । बिहीबार का…

एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने एनसेलको घोषणा

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिम…