कीवर्डहरू -

अपडेट

सुरू भयो डिजिटल नेपाल कन्क्लेभ २०२४, प्रधानमन्त्रीद्वारा उद्घाटन

आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२४ सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रडण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको कन्क्लेभमा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै कन्क्लेभको उद्घाटन गरेका थिए ।  

कार्यक्रममा स्वागत मन्तव्य दिदै आईसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताएका छन् ।

‘राज्यले सूचना तथा सञ्चार प्रविधिलाई विशेष प्राथमिकतामा राखेको छ तर कार्यान्वयन कमजोर हुँदा उल्लेख्य प्रगति हुन सकेको छैन्,’ उनले अगाडि भने ।

null

यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र आर्थिक सम्वृद्धि हासिल गर्ने मुख्य क्षेत्रको रूपमा सूचना प्रविधिलाई पहिचान गरेको बताए । 

‘सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकको रूपमा अगाडि बढाउने गरी काम गरिरहेको छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सूचना प्रविधिको अधिकत्तम उपयोग गर्दै देशलाई सम्वृद्धिको बाटोमा लैजानु पर्छ ।’ 

पछिल्लो समय नेपालमा केही हुँदैन् भन्ने भाष्य स्थापित गर्ने कोसिस भएपनि छोटो समयमा सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिले आशा जगाएको समेत जानकारी दिए । 

सूचना प्रविधिले नयाँ सम्भावनाको ढोका खोलेको भन्दै यस अवसरको अधिकत्तम उपयोग गर्नुपर्ने उनको जोड छ । 
यसैगरी कन्क्लेभको पावर संवादमा बोल्दै सञ्चारमन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधिको विकासका लागि थिंक ट्यांक जरूरी रहेको बताइन् ।  

‘सूचना प्रविधिमा सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो समय सूचना प्रविधिलाई सरकारले प्राथमिकतामा राखेको छ,’ उनले भनिन, ‘यस क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ । नीतिगत सहजीकरण गर्दै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छौं ।’ 

null

साथै कार्यक्रममा ड्राइभिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट विषयमा किनोट प्रस्तुति दिदै लिपफ्रग टेक्नोलोजी इंकका अध्यक्ष हिमाल कर्माचार्यले १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न ५ लाख जनशक्ति आवश्यक पर्ने बताएका थिए । 

नेपाली आईटी कम्पनीहरू विश्वस्तरीय सेवा दिन सक्षम रहेको बताउँदै कर्माचार्यले स्थानीय कम्पनीलाई प्राथमिकता दिनुपर्ने, सानै स्तरबाट भएपनि सुरू गर्नुपर्ने र मोबाइल केन्द्रित सेवामा जोड दिनुपर्ने सुझाव दिएका थिए । 

दिनभर नै हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्लुजन डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन । 

कन्क्लेभमा  डिजिटल नेपालको लागि नविनत प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको छ । 

वर्षको ठुलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघीय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरूसहित ५०० बढीको सहभागिता रहेको छ । 

null

कार्यक्रमको इन एसोसिएसन विथ एनसेल, पावर्ड वाईमा द एसिया फाउण्डेसनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, विद्युतीय सुशासन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नास आईटी, क्यान महासंघ लगायतको सहकार्यमा हुन लागेको कन्क्लेभको कनेक्टेड बाई पार्टनरमा नेपाल टेलिकम रहेको छ । 

यस्तै टेक्नोलोजी पार्टनरमा स्मार्टन टेक्नोलोजी, बैंकिङ पार्टनरमा नबिल बैंक, डिजिटल पेमेन्ट पार्टनरमा इसेवा, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, टिकेटिङ पार्टनरमा सस्तो टिकेट्स, स्याटेलाइट इन्टरनेट पार्टनरमा क्यासिफिक, ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टिभी एचडी, इभेन्ट म्यानेजमेन्ट पार्टनरमा टेक्नोरियो, आईएसएस, ग्लोबल स्पार्क रहेका छन् ।

साथै सहयोगी सस्थाहरुमा ग्लोबल आईएमई बैंक, इन्फोडेभलपर्स, आईएमई पे,  राष्ट्रिय वाणिज्य बैंक, कोइली, वानपोइन्ट फाइनान्सियल सर्भिसेस, डायमानिक टेक्नोसफ्ट, जियोकृषि लगायत रहेका छन् ।
 

अपडेट

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा एकसाथ ७७०० रूख वृक्षारोपण गरिने

विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य …

बिहीबारदेखि दराजको मिड इयर सेल, निःशुल्क डेलिभरीसहित २ करोड बराबरको मेगा भौचर अफर

दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ को घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उप…

एउटै संस्थालाई नेटवर्क र इन्टरनेट सेवा प्रदायकको दोहरो भुमिकामा नरहने व्यवस्था गर्न सुझाव

सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न मन्त्रालय …

क्रोमका केही संस्करणमा सुरक्षा जोखिम

प्रविधिको प्रयोग बढ्दै गएपछि अनलाइनमा खतरा समेत उत्तिकै बढ्न थालेको छ । धेरै जसो मानिसहरूलाई अनलाइन खतराबाट कसरी बच्ने भनेर थ…

ल्यापटपमा लगाइएको ५ प्रतिशत अन्त:शुल्क करबारे पुनर्विचार गर्न क्यान महासंघको अनुरोध

आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्त:शुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले …

अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने

मेटाको प्रसिद्ध मेसेजिङ एप अर्थात् ह्वाट्सएपले आफ्ना ग्राहकहरुका लागि नयाँ फिचर ल्याएको छ, जसको मद्दतले तपाईले आफ्नो डेस्कटपबाट सजि…

डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का गरेको छ । 

नेपाल क्लियरिङ्ग हाउस र नेप्सबीच एकीकृत कारोबार सुरू

सोमबारदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरू भएको छ । …

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेक…

आईसर्भबाट उत्कृष्ट डिजिटल बैंकिङ दिने एनआईसी एशिया बैंकले पायो इनोभेसन अवार्ड

एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनो…

लुम्बिनी प्रदेशले एआई र मेसिन लर्निङ सम्बन्धि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी प्रदेशले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ सम्बन्धमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेक…

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनमा गर्न जोड दिन आग्रह

आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले स्वागत गरेको छ  । सूचन…

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने सेवाग्राहीको बाध्यता

तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन् । राष्ट्रिय…

डीएनए परियोजना फिर्ता गएपछि विश्व बैंकको सहयोगमा नयाँ परियोजना ‘डिजिटल स्टार’ सुरू हुँदै

विश्व बैंकको सहयोगमा डिजिटल स्टार परियोजना सञ्चालन हुने भएको छ । डिजिटल नेपाल फ्रेमवर्कलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन व…