अपडेट
सिक्रेट कोड इन्टर गरेपछि मात्र खुल्ने रील्स, इन्स्टाग्रामले ल्याउँदै नयाँ फिचर
अमेरिकामा टिकटकमा सम्भावित प्रतिबन्धको चर्चा तीव्र भइरहेका बेला, इन्स्टाग्राम लगातार नयाँ फिचरहरू सार्वजनिक गर्दै आफूलाई सशक्त बनाउने प्रयासमा जुटिरहेको छ । हिजो मात्र खबर आएको थियो कि कम्पनीले आईप्याडका लागि विशेष एपमा काम गरिरहेको छ भने, आज एक नयाँ रिपोर्टमा इन्स्टाग्राम ‘सिक्रेट कोड’ भएको लक्ड रील्स फिचरको परीक्षण गरिरहेको खुलासा भएको छ ।
प्रविधि वेबसाइट टेक क्रन्चका अनुसार, इन्स्टाग्रामले आफ्नो डिजाइन अकाउन्टमार्फत एउटा लक्ड रील सेयर गरेको थियो, जसलाई हेर्न प्रयोगकर्ताले “इन्टर सिक्रेट कोड” अर्थात् ‘गुप्त कोड प्रविष्ट गर्नुहोस्’ भन्ने सन्देश प्राप्त गरे । उक्त रीलमा सुराकीको रूपमा “1st # in the caption” अर्थात् ‘क्याप्सनको पहिलो ह्यासट्याग’ दिइएको थियो । यस केसमा पहिलो ह्यासट्याग #threads थियो, जुन नै कोडको रूपमा प्रयोग भयो । प्रयोगकर्ताले सही कोड प्रविष्ट गरेपछि, रीलमा “कमिंग सुन भन्ने ब्यानर देखा परेको थियो — जसले सम्भवतः थ्रेडसमा चाँडै हुने कुनै नयाँ लञ्चको संकेत गर्दछ ।
यो फिचर केवल रमाइलोका लागि मात्र नभई, प्रयोगकर्ताको संलग्नता बढाउने उद्देश्यले ल्याइएको बताइएको छ । विज्ञहरूका अनुसार, यो फिचर ब्रान्ड र कम्पनीहरूका लागि पनि निकै उपयोगी बन्न सक्छ । उनीहरूले अब आफ्नो प्रोडक्ट रिवील, टिजर भिडियो वा विशेष अफरहरू सिमित दर्शकहरूसम्म कोडमार्फत पु¥याउन सक्नेछन् ।
सामान्य प्रयोगकर्ताहरूका लागि यो फिचर एक रमाइलो माध्यम बन्न सक्छ, जसद्वारा उनीहरूले आफ्ना निजी कन्टेन्टहरू केवल छनौट गरिएका साथीहरूसँग सेयर गर्न सक्नेछन् । यद्यपि, केही प्रयोगकर्ताहरूले भने यस्तो सिक्रेट कोड प्रविष्ट गर्ने झन्झटबाट टाढा रहन चाहन सक्छन्, विशेष गरी यस्तो अवस्थामा जब इन्स्टाग्राम पहिले नै थुप्रै फिचरहरूले भरिएको छ ।
अपडेट
विदेशमा भएका नेपालीलाई बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने
विदेशमा भएका नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ। नेपाल राष्ट बैंकले एकिकृत निर्देशन जारी गर्दै विदे…
कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न, फाइनलिष्टहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने
कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । विश्वकै सबैभन्दा ठूलो विद्यालय तहको एआई र कोडिङ प्रतियोगिता कोडेभर नेपालमा निम…
मोटोरोलाको नयाँ ल्यापटप: मिड–रेन्ज सेग्मेन्टमा केन्द्रित, लेनोभोको रिब्रान्ड वा नयाँ प्रडक्ट ?
स्मार्टफोनका लागि परिचित कम्पनी मोटोरोला अब ल्यापटप सेग्मेन्टमा पनि प्रवेश गर्न गइरहेको छ । मोटोरोलाले हालै एक टिजर सार्वजनिक गर्…
सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहर…
१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल
‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०…
सामसङ नेपालको नयाँ वर्ष अफर, अप्लाएन्सहरू खरिद गर्दा विशेष छुट, उपहार र इएमआई सुविधा
नयाँ वर्षको अवसरमा सामसङ नेपालले 'नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार' अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट…
फुडमाण्डुुको नयाँ वर्ष फिस्ट क्याम्पेन सार्वजनिक, खाना मगाउँदा ८२ प्रतिशतसम्म छुट
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुल…
टेलिग्रामलाई ७० लाख रूबल जरिवाना, चरमपन्थी सामग्री नहटाएको आरोप
मस्कोको एक अदालतले टेलिग्राम मेसेन्जरमाथि ७० लाख रूबल (लगभग ८०,००० अमेरिकी डलर) को जरिवाना लगाएको छ । यो कारबाही त्यस्तो रिप…
गुगल म्याप्सको कडा कारबाहीः फेक रिभ्यू र प्रोफाइल लिस्टिङ गर्ने व्यवसायहरू अब सजायको घेरामा
गुगल म्याप्सले ती व्यवसायहरूविरुद्ध कडा कारबाही सुरू गरेको छ, जसले नक्कली रिभ्यूहरू लेखाउने काम गरिरहेका थिए ।
क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक
नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ । ‘नयाँ वर्षक…
इन्फिनिटी लघुवित्तले कर्जा लगायत अन्य भुक्तानी अब सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्न सक्ने
इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसै…
नयाँ वर्षमा व्यावसायिक व्यापारीलक्षित पठाओको ‘पार्सल डेलिभरी महोत्सव’
पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । &lsq…
नयाँ मल्टिमोडल क्षमता र शक्तिशाली प्रदर्शनसहित मेटाले सार्वजनिक गर्यो लामा ४ एआई मोडेल श्रृंखला
टेक्नोलोजीको क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्नो नयाँ लामा ४ एआई मोडेल श्रृंखलाको पहिलो झलक सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुन…
अब एआई आफैं सिक्नेछ! चीनको नयाँ मोडेलले प्रशिक्षण बिना काम गर्ने
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई केही समयअघिसम्म एक महँगो प्रविधिको रूपमा हेरिन्थ्यो, तर डिपसिक को आगमनपछि यो भ्रम समाप्त भएको छ । सामान्यतया कुनै पनि एआई…
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
ओपन एआईको प्रतिस्पर्धी एन्थ्रोपिकले ‘क्लाउड फर एजुकेसन’ नामक सेवा सार्वजनिक गरेपछि, ओपन एआईले पनि मासिक २० अम…