कीवर्डहरू -

अपडेट

अब एआईले तस्वीर हेरेर सोच्न र जवाफ दिन सक्छ: ओपनएआईको नयाँ मोडेल सार्वजनिक

ओपनएआईले बुधबार आफ्ना दुई नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू – ओथ्री र ओफोर–मिनी सार्वजनिक गरेको छ ।

यी दुवै मोडेल कम्पनीका सबैभन्दा एडभान्स र रीजनिङमा केन्द्रित मोडेलहरू हुन्, जसमा भिजुअल रीजनिङ को क्षमता पनि छ । अर्थात्, अब यी मोडेलहरूले चित्रहरू हेरेर पनि जटिल प्रश्नहरूको सोचविचार गरेर सही जवाफ दिन सक्छन् ।

यी नयाँ मोडेलहरू पुराना ओवन र ओथ्री–मिनी मोडेलहरूको अपग्रेड गरिएको संस्करण हुन्, र अहिलेका लागि यी सुविधा च्याटजीपीटी का पेड सब्सक्राइबरहरू – प्लस, प्रो, र टिम प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।

के हो भिजुअल रीजनिङ?

भिजुअल रीजनिङ भन्नाले अब एआई मोडेल ले केवल टेक्स्ट मात्र होइन, इमेज (तस्वीर) हेरेर त्यसमा लुकेको जानकारी पनि बुझ्न सक्छन् ।

ओपनएआई को भनाइ अनुसार, ओथ्री र ओफोर–मिनी मोडेलहरू पहिलो पटक यति सक्षम भएका छन् कि अब च्याटजीपीटी भित्र भएका सबै टुल हरूको स्वतः प्रयोग गर्न सक्छन् — जस्तै 

  • वेब सर्च
  • पाइथन कोड रन गर्न
  • इमेज एनालिसिस
  • फाइल इन्टरप्रिटेशन
  • र इमेज जेनरेशन

के गर्न सक्छन् यी नयाँ एआई मोडेलहरू?

यी मोडेलहरूले अब त्यस्ता धेरै जटिल कामहरू गर्न सक्छन्, जस्तैः

  • उल्टो राखिएको नोटबुक पढ्न सक्ने
  • धमिलो वा टाढाबाट देखिएको बोर्ड को टेक्स्ट बुझ्ने
  • लामो सूचीमा भएको विशेष प्रश्नलाई चिन्ने
  • बस को फोटोबाट टाइमटेबल निकाल्ने
  • पजल हल गर्ने

ओपनएआईले दाबी गरेको छ कि ओथ्री र ओफोर–मिनी मोडेलहरूले जिपिटी–फोरओ र पुराना ओवन मोडेलको तुलनामा एमएमएमयू, म्याथभिस्टा, चारएक्सआईभी जस्ता बेञ्चमाक्र्स मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

तर, कम्पनीले यो पनि स्वीकार गरेको छ कि कहिलेकाहीं यी मोडेलहरूले आवश्यकता नभएको बेलामा इमेज लाई धेरै एडिट गर्न सक्छन्, धेरै लामो सोचमा उल्झिन सक्छन्, र कहिलेकाहीं इमेज लाई गलत बुझेको आधारमा गलत जवाफ पनि दिन सक्छन् ।

 

अपडेट

एकीकृत डाटा व्यवस्थापन केन्द्रको अटोमेटिक ट्रान्सफर स्वीचमा समस्या आउँदा सरकारी वेबसाइटहरू डाउन

एकीकृत डाटा व्यवस्थापन केन्द्रमा आकस्मिक रूपमा लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्वीचमा समस्या आउँदा सरकारी वेबसाइटहरू डाउन …

नेपाल प्रहरीको वेबसाइटमा समस्या

प्राविधिक समस्याका कारण नेपाल प्रहरीको वेबसाइट र अनलाइन प्रणालीमा नेपाल प्रहरीको वेबसाइटदेखिएको छ । 

रबर जस्तै मोड्न सकिने ब्याट्रीको विकास: ६० प्रतिशत पानी, लचिलो संरचना र आफैं मर्मत गर्ने क्षमता

ब्याट्री सधैंदेखि एक कडा वस्तु मानिँदै आएको छ चाहे त्यो घडीमा लाग्ने ब्याट्री होस् वा स्मार्टफोनको । तर वैज्ञानिकहरूले यस परम्पराला…

गुगलको नयाँ सुरक्षा फिचर: तीन दिनसम्म प्रयोग नभएमा एन्ड्रोइड फोन आफैं रिस्टार्ट हुने

यदि तपाईंको फोन कुनै दिन अचानक आफैं रिस्टार्ट हुन्छ भने नआत्तिनुहोस् । हामी यस्तो किन भन्दैछौं भने, गुगलले एन्ड्रोइड प्रयोगकर्ताहर…

फेसबुक अब सामाजिक सञ्जाल होइन, ‘एआई-आधारित मनोरञ्जन प्लेटफर्म’ बनिसक्यो: मार्क जुकरबर्ग

के तपाईंलाई याद छ त्यो समय, जब फेसबुकमा लगइन गरेपछि साथीहरूको फोटो, परिवारका अपडेटहरू र बर्थडे विशहरूले भरिएको हुन्थ्यो? त्य…

एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटीका कोर्षमा छुट दिने भएको छ । <…

वैशाख ९ र १० गते सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै, डिजिटल इनिसिएटिभ्स पनि शोकेस हुने

वैशाख ९ र १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश …

एनसेलले ल्यायो नयाँ प्याकहरू, ३० रूपैयाँ भन्दा कममा नै दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा

नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रूपैयाँ भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकह…

एआईले लियो स्टेयरिङ: ड्राइभरबिनाको कारले पार गर्‍यो सहरको ट्राफिक

भविष्यमा एआई हाम्रो जीवन र दैनिक कामको अभिन्न हिस्सा बन्नेछ । यसको सुरुवात भइसकेको छ । तपाईंको स्मार्टफोनले एआईलाई अँगाल्दैछ । …

इलेक्ट्रिक टूथब्रश: आधुनिक सुविधा वा अनावश्यक खर्च? जान्नुहोस् फाइदा र बेफाइदा

आजको समयमा दाँत सफा गर्नका लागि बजारमा म्यानुअल ब्रशसँगै इलेक्ट्रिक टूथब्रश पनि निकै लोकप्रिय बन्दै गएका छन् । धेरै ठूला ब्रान्डका इलेक्ट्रिक टूथब्रश बजारमा उपल…

ओपनएआईले ल्याउँदै एक्स-जस्तै एप, एआई र सोशल मिडिया भिडन्तको संकेत

ओपनएआई, जसले च्याटजीपीटी बनाएको हो, अब एउटा नयाँ र ठूलो कदम चाल्न तयारीमा रहेको छ । द भर्जको रिपोर्टअनुसार, ओपनएआईले आफैंले…

अमेरिकामै एआई चीप र सुपरकम्प्युटर बनाउने एनभिडियाको घोषणा

एनभिडियाले हालैको ट्यारिफको झमेलाबाट सिक्दै, अब आफ्ना एआई चिपहरू र सुपरकम्प्युटरहरू अमेरिका मै उत्पादन गर्ने घोषणा गरेको छ । क…

ह्वाट्सएपमा नयाँ 'ब्लर इमेज स्क्याम': एक क्लिकमा डाटा चोरीको खतरा

साइबर ठगीका नयाँ–नयाँ तरिका हरेक दिन बाहिर आइरहेका छन् । अहिले ह्वाट्सएपमा एउटा नयाँ स्क्याम देखिएको छ, जसलाई ’ब्…

दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला

दराजले दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंक…

के मार्क जुकरबर्गले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्ने हुन सक्छ ?

दुनियाँको सबैभन्दा ठूलो सोशल मिडिया कम्पनी मेटालाई लिएर ठूलो खबर बाहिर आएको छ । अमेरिकामा चलिरहेको एन्टिट्रस्ट मुद्दाको सुनुव…