अपडेट
एआई नीति सुधारका लागि क्यान महासंघले सरकारलाई बुझायो यस्ता रणनीतिक सुझाव
नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना महत्त्वपूर्ण सुझावसहितको अवधारणापत्र सरकारलाई बुझाएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको हो ।
‘नेपालमा एआईको प्रयोग र अभ्यास’ शीर्षकको अवधारणापत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी, प्रा.डा. सुदन झा, अधिवक्ता दिक्षा राउत र गंगा भण्डारीको समीक्षात्मक अध्ययन तथा सिफारिसमा तयार गरिएको हो । उक्त दस्तावेजमा प्रविधि नवप्रवर्तन, एआई अनुसन्धान, नैतिक एआई विकास, डेटा सुरक्षा तथा नियमन जस्ता विषयलाई केन्द्रमा राख्दै विभिन्न सिफारिस प्रस्तुत गरिएको छ ।
नेपालले नयाँ प्रविधिहरूको विकास तथा अनुसन्धानलाई प्रवर्द्धन गरेमा एआई क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सक्ने र विश्वव्यापी प्रतिस्पर्धामा उत्रन सक्ने महासंघको धारणा छ । साथै, एआई प्रविधिको विकास गर्दा नैतिक मूल्यहरूलाई उच्च प्राथमिकता दिनुपर्ने, डिजिटल समावेशीकरण तथा मानव अधिकारको रक्षा गरिनुपर्ने सुझाव दिइएको छ ।
त्यसैगरी, एआई प्रविधिको विकास गर्दा नैतिकतालाई पनि उत्तिकै ध्यान दिनुपर्ने कुरामा क्यान महासंघले जोड दिएको छ । एआईको प्रयोगले कसैलाई पनि हानि नपुर्याओस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । यसका साथै, एआईको प्रयोगको लागि आवश्यक डेटाको सुरक्षाको लागि बलियो प्रणाली बनाउनुपर्नेमा पनि महासंघले सुझाव दिएको छ । डेटाको दुरुपयोग हुनबाट रोक्नको लागि कडा नियमहरु बनाउनुपर्ने कुरा उठाइएको छ ।
एआई प्रविधिको प्रयोगलाई नियमन गर्नको लागि स्पष्ट नीति र कानुन बनाउनुपर्ने सुझाव पनि क्यान महासंघले दिएको छ । त्यस्तै एआईको विकास र प्रयोगलाई प्रभावकारी बनाउनको लागि विभिन्न क्षेत्रहरुबीच सहकार्य आवश्यक रहेको कुरामा पनि जोड दिइएको छ । अवधारणापत्रमा सरकार, निजी क्षेत्र, शैक्षिक संस्थाहरु र अन्य सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने सुझाव समावेश गरिएको छ ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले वर्तमान डिजिटल युगमा नेपालले एआई प्रविधिको दिगो विकास गर्न उचित नीति तथा संरचनागत पहल आवश्यक रहेको बताइन । एआईले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा प्रशासनिक क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याउने सम्भावना बोकेको भन्दै उहाँले क्यान महासंघले सरकारलाई नीति निर्माणका लागि ठोस दिशानिर्देश प्रदान गर्ने उद्देश्यले यो अवधारणापत्र तयार पारेको जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ डा. शालिग्राम पराजुलीले एआई नीतिलाई अत्यन्त उत्कृष्ट बनाउन क्यान महासंघ लगायतका सरोकारवालाको भूमिका र सहयोग महत्त्वपूर्ण हुने बताए । “हामी चाहन्छौं कि खुल्ला र पारदर्शी वातावरणमा एआई नीति लागू गरियोस् । यसका लागि हामी सम्पूर्ण सरोकारवालाहरूको विचार, भावना र समर्थन अनुसार कार्यदिशा तयार गरेर अगाडि बढ्नेछौं र चाँडै नै एआई नीति पारित गरेर लागू गर्नेछौं ।”
क्यान महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी चिरञ्जीवी अधिकारीले नेपालको एआई क्षेत्रलाई बलियो बनाउन एआई उद्यमी र नयाँ सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनका अनुसार सरकारले ल्याउन लागेको एआई नीतिले यसमा सहयोग गर्नेछ ।
सूचना प्रविधि विज्ञ प्रा. डा. सुदन झाले यस अवधारणा पत्रले नेपाल सरकारलाई नीति निर्माणका लागि ठोस दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नीति निर्माण गर्दा स्थानीय आवश्यकताहरू तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको उचित समायोजन आवश्यक रहेको बताए ।
क्यान महासंघले दिएका सुझावहरूको मुख्य उद्देश्य नेपाललाई एआई-अनुकूल वातावरण तयार पार्ने तथा विश्वव्यापी एआई प्रविधिको विकासक्रममा प्रतिस्पर्धी बनाउनु रहेको महासंघका महासचिव चन्द्र बिलास भूर्तेलले बताए । नीति निर्माण गर्दा स्थानीय आवश्यकताहरू तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको उचित समायोजन आवश्यक रहेकोमा उहाँले जोड दिए ।
के के छन् सुझाव ?
क्यान महासंघले आफ्नो अवधारणापत्रमा विभिन्न सुझावहरु दिएको छ । जसमध्ये केहि मुख्य सुझावहरु यसप्रकार छन्:
-एआईको स्पष्ट परिभाषा: प्रतिवेदनमा एआईको स्पष्ट परिभाषा नभएकोले नेपालको सन्दर्भमा लागू हुने एक स्पष्ट एआई परिभाषा राख्नुपर्ने ।
-शब्दकोश: एआई, मेशिन लर्निङ, डेटा प्राइभेसी जस्ता प्राविधिक शब्दहरूको परिभाषा समेटिएको शब्दकोश समावेश गर्नुपर्ने ।
-क्षेत्रीय आवश्यकताहरू: स्वास्थ्य, कृषि, विपद जोखिम व्यवस्थापन जस्ता विविध क्षेत्रीय आवश्यकताहरूमा एआईको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ।
-बहुक्षेत्रीय सहकार्य: शैक्षिक संस्था, सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था तथा स्थानीय सरकारहरूको भूमिकालाई स्पष्ट पार्दै बहुक्षेत्रीय सहकार्यलाई जोड दिनुपर्ने ।
-कानुनी ढाँचा र डेटा संरक्षण: एआईका लागि एक सशक्त कानुनी ढाँचा र डेटा सुरक्षा नीति बनाउनुपर्ने ।
-डेटा व्यवस्थापन: एआई सम्बन्धी डेटा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्टता प्रदान गर्नुपर्ने । डेटा क्लिन्जिङ, डेटा सेफ्टी, डेटा प्राइभेसी जस्ता विषयमा प्रशासनिक स्पष्टताको खाँचो छ ।
-अन्तरदेशीय डेटा साझेदारी: अन्तरदेशीय डेटा साझेदारी सम्बन्धी व्यवस्था गर्नुपर्ने ।
डेटा सेन्टर: नेपालको आफ्नै स्वतन्त्र र सक्षम डेटा केन्द्र स्थापना गर्नुपर्ने ।
-लगानी: राष्ट्रिय एआई इकोसिस्टममा लगानी गर्नुपर्ने । मानव संसाधनमा लगानी गर्नुपर्ने, छात्रवृत्तिलाई प्रोत्साहन गर्नुपर्ने र विश्वविद्यालयहरूमा एआई केन्द्रहरूको स्थापना गर्नुपर्ने ।
स्थानीयकरण: नेपाली भाषा र नेपालका विशेष आवश्यकताहरूको लागि एआई उपकरणहरूको विकास गर्नुपर्ने ।
अपडेट
दक्षिण कोरियामा डिपसिक डाउनलोड गर्न प्रतिबन्ध
दक्षिण कोरियाले चिनियाँ एआई एप डिपसिकलाई एप स्टोरबाट डाउनलोड गर्न शनिबारदेखि अस्थायी प्रतिबन्ध लगाएको छ । चिनियाँ कम्पनीले प्रय…
एआई नीति २०८१ प्रभावकारी बनाउन विज्ञ संस्थाहरूको सुझाव
काठमाडौं । राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउनका लागि तीन विज्ञ संस्थाहरूले सरकारलाई महत्…
आईएमई पे र खल्ती मर्ज हुँदै, नयाँ नाम ‘आईएमई खल्ती’ राखिने
आईएमई पे र खल्ती डिजिटल वालेट एक आपसमा मर्ज हुने भएका छन् । मर्जरका लागि आईएमई पे र खल्तीबीच सम्झौता भएको हो ।
<…पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?
डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्हो हुन्छ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको चुनौती र सम्भावना विषयमा अनुसन्धान सार्वजनिक गरिँदै
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको चुनौती र सम्भावना विषयक अनुसन्धान सार्वजनिक गरिँदै
अन्तर्राष्ट्रिय महिला…
विश्वका एआई नेतृत्वकर्ताहरुले एआईको प्रयोग के कार्यका लागि गर्छन्?
तपाईं सोच्न सक्नुहुन्छ कि शीर्ष एआई सर्जगहरुले आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग धेरै जटिल तरिकाले गर्छन्, तर आवश्यक छैन कि यो सधैं…
एन्ड्रोइड १६ सार्वजनिक हुने मिति नजिकिँदै, कुन-कुन स्मार्टफोनमा अपडेट उपलब्ध हुनेछ?
गूगलले आफ्नो वार्षिक विकासकर्ता कार्यक्रम गूगल आई/ओ २०२५ को घोषणा गरिसकेको छ । यस कार्यक्रमका अन्तरालमा कम्पनीले आफ्नो मोबाइल सञ्च…
एससीटी र एनसीएचएलबीच सम्झौता, अब अलिपे प्लसबाट स्मार्ट क्युआर स्क्यान गरी पैसा तिर्न सकिने
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकब…
शनिबार हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको सेमिफाइनल हुने, २५ टिम भिड्दै
फागुन ३ गते शनिबार हल्ट प्राइज एट आईओई, पुल्चोक क्याम्पसको सेमिफाइनल हुने भएको छ । सेमिफाइनल प्रतियोगितामा २५ उत्कृष्ट सेमिफाइन…
ह्याकाथन प्रतियोगिता गर्दै क्लासिक टेक, नगद पुरस्कार १ लाख रुपैंयाँ
देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्टसंगको सहकार्यमा 'ह्याकाथन प्रतियोगिता २०२५&…
डिशहोम इन्टरनेटको समर स्पिड अफर सार्वजनिक, नयाँ ग्राहक र रिचार्ज गर्नेलाई थप ३ महिना बोनस
डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै समर स्पिड अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत, १०० एमबीपीएस, २०० एमबीप…
एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका
भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ…
रेडियो: प्रविधिको विकाससँगै अडियोदेखि भिडियोसम्म विस्तार
आज विश्व रेडियो दिवस । प्रविधिको तीव्र गति र नयाँ डिजिटल प्लेटफार्महरू निरन्तर परिवर्तन भइरहे पनि रेडियो आज पनि विश्वभर सबैभन्दा…
मास्टर्समा एआई तथा डेटा साइन्स पढ्न चाहनेका लागि मदन भण्डारी विश्वविद्यालयमा खुल्यो आवेदन
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले मास्टर्समा एआई तथा डेटा साइन्सको आवेदन खुला गरेको छ । विश्वविद्यालयले मे २०२५ सेस…
सुरक्षित इन्टरनेट दिवसको अवसरमा देशभर जनचेतनाका कार्यक्रम सञ्चालन
अनलाइन बाल सुरक्षामा कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद् र ५० भन्दा बढी सहकर्मी संस्थाहरुकासंगको सहका…