अपडेट
ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई १.४ मिलियन अमेरिकी डलर जरिवाना
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डी मोरेसले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) लाई ८.१ मिलियन ब्राजिलियन रियल (झन्डै १.४ मिलियन अमेरिकी डलर) जरिवाना तिराएको छ ।
एक्सले अदालतको आदेशको उल्लंघन गर्दै एलन डस सान्टोसको प्रोफाइलसँग सम्बन्धित पञ्जीकरण डेटा प्रदान गर्न अस्वीकार गर्दै ब्राजिलको सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।
डी मोरेसले जुलाई २०२४ मा आदेश जारी गर्दै एक्स र मेटालाई सान्टोसको एकाउन्ट ब्लक गर्न, प्रतिबन्ध लगाउन र त्यसको डेटा अदालतलाई प्रदान गर्न निर्देशन दिएका थिए ।
एक्सले अकाउन्ट त ब्लक गर्यो तर प्रयोगकर्ताको डेटा नभएको दाबी गरेको थियो । किनभने त्यो डेटा सङ्कलन गरिएको थिएन र प्रयोगकर्ताको ब्राजिलसँग कुनै प्राविधिक सम्बन्ध पनि थिएन । तर न्यायाधीश डी मोरेसले यो तर्क अस्वीकार गर्दै डेटा नदिएको कारण उसलाई दैनिक १००,००० ब्राजिलियन रियल (झन्डै १७,५०० अमेरिकी डलर) जरिवाना गरिएको छ ।
अक्टोबरसम्म यो जरिवाना ८.१ मिलियन ब्राजिलियन रियल पुगेको थियो । एक्सले यो जरिवानाविरुद्ध अपिल गरेको थियो, तर पछि कम्पनीले अदालतलाई जरिवाना तिर्न तयार रहेको जानकारी दिएको थियो ।
बुधबारको निर्णयमा, अदालतले एक्सलाई तुरुन्तै पूरा रकम तिर्न आदेश दिएको थियो । तर एक्सले अझै पनि अदालतको अनुरोधअनुसार पञ्जीकरण डेटा उपलब्ध गराएको छ या छैन भन्ने कुरा स्पष्ट छैन् ।
डी मोरेस र एलन मस्कबीचको विवाद
गत वर्ष, डी मोरेसले एक्सविरुद्ध अर्को कदम चालेका थिए, जब कम्पनीले ब्राजिलमा आफ्ना सबै कर्मचारी हटाउने योजना बनाएको थियो। त्यसबेला उनले ब्राजिलमा एक्सका कानुनी प्रतिनिधिलाई पक्राउ गर्ने धम्की दिएका थिए।
ब्राजिलको कानून अनुसार, विदेशी कम्पनीहरूले देशभित्रै कानुनी प्रतिनिधि नियुक्त गर्नुपर्छ, ताकि अदालतका आदेशहरू पालना गरियोस्। एलन मस्क र न्यायाधीश डी मोरेसबीच अभिव्यक्ति स्वतन्त्रता, दक्षिणपन्थी विचारधाराका खाता तथा गलत सूचनासम्बन्धी विवाद चलेको थियो।
मस्कले डी मोरेसलाई अभिव्यक्ति स्वतन्त्रताको शत्रु तथा अपराधी भनेका थिए। तर डी मोरेसका निर्णयहरू बारम्बार उनका सहकर्मीहरूले समर्थन गरेका छन्, जसमा एक्सलाई राष्ट्रव्यापी बन्द गर्ने र जरिवाना लगाउने आदेशहरू पनि समावेश छन्।
अपडेट
नेपालकै पहिलो राष्ट्रिय ईस्पोर्ट्स लिगलाई उत्कृष्ट बनाउँदै सामसङ
नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप फागुन ८ देखि १० गतेसम्म दशरथ रङ्गशाला, काठमाडौँमा भइरहेको छ । यो प्रतियोगि…
एनसेलले ल्यायो अनलिमिटेड डेटा अफर, ९० रूपैयाँमा दुई दिनसम्म अनलिमिटेड डेटा
एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई ड…
पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज गरेको छ । नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसा…
नो अब्जेक्सन लिएर मात्रै विदेशी दूरसञ्चार सेवा प्रदायकको सिम र रिचार्ज बिक्री गर्नु: प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले नो अब्जेक्सन लिएर मात्रै विदेश यात्रा गर्ने व्यक्तिहरूलाई सिमकार्ड र रिचार्ज कार्ड बिक्री गर्न अनुरोध गरे…
ताम्राकार कम्प्लेक्समा इजी मोबाइल केयरको एप्पल सर्भिस सेन्टर
इजी मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ । काठमाडौंको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको ५५ न…
अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने
हाम्रो पात्रो एपबाट सिधैँ टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, ह…
आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्साललाई कोशी एक्सिलेन्स अवार्ड
आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल कोशी एक्सिलेन्स अवार्ड २०८१ बाट सम्मानित भएका छन् ।
बुधबार सोल्टी वेस्टेन्ड इटहरीमा आयोजना भएको क…
एलन मस्कद्वारा ग्रोक ३ सार्वजनिक: आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ युगको सुरुवात
एक्स र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा हलचल मच्चाएका छन् । मस्कले पृथ्वीको सबैभन्दा स्म…
अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने, पूराना पनि डिलिट हुँदै
अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने भएका छन् । मंगलबार फेसबुकले फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभ…
ह्युम्यानोइड रोबोटमा काम गर्दै मेटा
मेटाले ह्युम्यानोइड रोबोटमा काम गरिरहेको ब्लुमबर्गले जनाएको छ । एआई र अगुमेन्टेड रियालिटी (एआर) प्रविधिको फाइदा उठाउँदै ह्युम्य…
एक्सएआईले सार्वजनिक गर्यो ग्रोक थ्री मोडेल
एलन मस्कको एक्सएआईले हालै ग्रोक थ्री मोडेल सार्वजनिक गरेको छ । यो ग्रोक २ मोडेलभन्दा दश गुणा क्षमता रहेको कम्पनीको दावी छ ।…
डेढ अर्ब बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ
नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत रु डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन्।
…भैरव टेक्नोलोजीले सार्वजनिक गर्यो ट्राइडेन्ट जीआरसी प्लेटफर्म
भैरव टेक्नोलोजीले ट्राइडेन्ट जीआरसी प्लेटफर्म सार्वजनिक गरेको छ ।
छैठौं वार्षिकोत्सवको अवस…
अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा ‘सूचना प्रविधिमा महिलाको अवस्था’ अनुसन्धान प्रतिवेदन सार्वजनिक
मेटाले ‘प्रोजेक्ट वाटरवर्थ’ नामक ५० हजार किलोमिटरभन्दा लामो समुद्री केबल निर्माण गर्न लागेको पुष्टि लागेको छ । यसले…
मेटाले समुद्रमुनि ५० हजार किलोमिटरभन्दा लामो फाइबर केबल बिछ्याउँदै, पाँच महादेशलाई जोड्ने