अपडेट
डिजिटल बन्दै बिमा समिति, नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा
बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । शुक्रबार बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकै पटक नयाँ सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आईआरएमआईएस) को उद्घाटन गरेका हुन् ।
अध्यक्ष सिलवालले नयाँ सफ्टवेयर मार्फत अभिकर्ताको लाइसेन्स प्रिन्ट गरेर औपचारिक रुपमा उद्घाटन गरेका छन् । नयाँ सफ्टवेयर प्रयोग आएसँगै स्थापना भएको ५ दशकपछि बिमा समिति डिजिटाइजको बाटोमा अगाडि बढेको छ ।
बिमा समितिको आन्तरिक कामलाई डिजिटाइज गर्ने योजना अनुरूप नयाँ सफ्टवेयर निर्माण गरिएको बिमा समितिको सूचना प्रविधि विभाग प्रमुख मिलन राज नेपालीले बताए ।
सफ्टवेयर
‘नयाँ सफ्टवेयरबाट बिमा समितिको कागजी प्रक्रियालाई डिजिटल बनाउन आटेका छौं,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘शाखा, महाशाखाहरु लगायतबाट हुने काम अब कागजबाट नभइ सफ्टवेयरबाट हुनेछन् ।’
उनका अनुसार बिमा कम्पनीले आफ्नो वित्तीय विवरण तथा दैनिक, मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्नुपर्ने प्रतिवेदन अनलाइनबाटै पेश गर्न सक्नेछन् । जसले गर्दा अब प्रतिबेदन बुझाउन बिमा समिति आउनुपर्ने झन्झट अन्त्य भएको छ ।
बिमा समितिको नयाँ सफ्टवेयर दर्शन टेक प्रालिले बनाएको हो । यस सफ्टवेयर मार्फत समितिको काम कारबाहीमा सहजता हुनुका साथै बीमकहरुबाट प्राप्त हुने तथ्याङ्क एवं सूचनाहरु व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।
सर्भर
बिमा समितिले आफ्नै सर्भर पनि निर्माण गरेको छ । उक्त सर्भरमा बिमकबाट आएका डेटाहरु स्टोर नेपालीले जानकारी दिए ।
साथै डाटा सुरक्षाका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पनि ब्याकअप राखिने उनले बताए । विस्तारै आवश्यकता अनुसार थप सर्भर पनि थप्दै जाने योजना रहेको उनी बताउँछन् ।
अपडेट
म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने, यस्तो छ तरिका
फेसबुक म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने भएको छ । फेसबुकले बिहीबारद…
पेटिएमले भारु १६ हजार ६०० करोडको आईपीओ जारी गर्ने
पेटिएमले १६ हजार ६०० करोड भारू बराबरको आईपीओ जारी गर्ने भएको छ । जोम्याटोको आईप…
महानगरीय ट्राफिक प्रहरी महाशाखामा अब फ्री वाईफाई
वर्ल्डलिंक कम्युनिकेशन प्रालिले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी मह…
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकियो, छनोट प्रक्रिया शुरू
मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने समय सकिएको छ । ब…
एआईले अब गीत लेख्न सक्ने, कस्ता छन् ति गीत ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात रोबोटले मानिसको जस्तै काम गर्न सक्छ । विश्वमा य…
आजदेखि नेपालमा लागु भयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गते अर्थात आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सि…
ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने
के तपाई, ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहु…
जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्य…
कन्टेन्ट क्रियटरलाई सन् २०२२ देखि एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक
फेसबुकले आगामी वर्ष देखि कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक …
अपेक्षा अनुसार प्रयोगकर्ता नआएपछि फ्लिट्स फिचर बन्द गर्दै ट्विटर
ट्विटरले फ्लिट्स फिचर बन्द गर्ने भएको छ । यो फिचर सार्वजनिक भएको एकवर्ष नहुँदै बन्द ह…
क्लबहाउसमा अब म्यासेज पनि गर्न सकिने
क्लबहाउसले म्यासेजिङ फिचर सार्वजनिक गरेको छ । क्लबहाउसले ब्याकच्यानल भन्ने मेसेजिङ फ…
माइक्रोसफ्टले सार्वजनिक गर्यो क्लाउडमा आधारित विन्डोज ३६५ ओएस
माइक्रोसफ्टले क्लाउडमा आधारित विन्डोज ३६५ ओएस सार्वजनिक गरेको छ । माइक्रोसफ्टले अब व…
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन, यसरी पठाउनुहोस् परिकल्पना
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन रहेको छ । माइ सेकेण्ड टि…
अन्तरिक्षमा जान भर्जिन ग्यालाक्टिकमा एलन मस्कले बुक गरे टिकेट
टेस्लाका सीईओ एलन मस्कले अन्तरिक्षमा जान रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकमा …
रुसको र्यान्समवेयर समूह ‘रेभिल’ इन्टरनेटबाट गायब
रुसको र्यान्समवेयर समूह ‘रेभिल’ इन्टरनेटबाट गायब भएको छ । अहिलेसम्म थुपै ठूला ठू…