कीवर्डहरू -

अपडेट

चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको निर्माण गर्न चीनको जीयाङसु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी (स्टार चार्ज) कम्पनीलाई छनोट गरेको छ ।

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीलाई चार्जिङ स्टेशन बनाउने ठेक्का दिन छनोट गरेको हो । चार्जिङ स्टेशन बनाउन १३ कम्पनीले टेन्डर दिएका थिए । तिनमा ३ कम्पनी मात्र प्राविधिक रूपमा योग्य देखिएका थिए ।

तीमध्येबाट स्टार चार्जलाई छनोट गरिएको हो । प्राधिकरणअन्तर्गतको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजनाका प्रमुख सागरमणि ज्ञवालीले स्टार चार्जलाई आयोजना निर्माणको ठेक्का दिने निर्णय भएको बताए ।

उक्त कम्पनीलाई यसका लागि लेटर अफ इन्टेन (एलओआई) पनि दिइसकेको बताए । अब यही मार्चभित्र नै कम्पनीसँग ठेक्का सम्झौता हुने उनको भनाइ छ । ठेक्का सम्झौता गर्न उक्त कम्पनी बैंक ग्यारेन्टी लिएर नेपाल आउनुपर्ने छ ।

ज्ञवालीका अनुसार चार्जिङ स्टेशनमा आवश्यक पर्ने सामग्री खरीद र निर्माणको सबै काम कम्पनीले नै गर्नेछ । यस काममा प्राधिकरणले ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो ।

तर, कम्पनीले त्यो भन्दा २३ प्रतिशत कम अर्थात् ३८ करोडमा नै आयोजना बनाउने गरी प्रस्ताव पेश गरेको ज्ञवालीको भनाइ छ ।

ठेक्का सम्झौता भएको केही दिनमै आयोजनाको शिलान्यास हुने र १ वर्षभित्र आयोजनाको निर्माण सम्पन्न हुने उनले बताए । ‘हामीले ६ देखि ८ महीनाभित्र नै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।

तर, प्राविधिक तयारी पूरा गर्दा बढीमा १ वर्षसम्म लाग्न सक्छ,’ उनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  मिलन विश्वकर्माले लेखेका छन् ।

अपडेट

के हो कर्पोरेट पे ? कसरी लिने सेवा ? 

कर्पोरेट पे सञ्चालनमा आएको ६० दिन भन्दा बढि भएको छ । सञ्चालनमा आएको ६० दिनमा कर्पो…

स्टार्टअपलाई ५ लाख बढी रूपैयाँको एडब्लुएस क्रेडिट निःशुल्क दिदै जेनस, यसरी हुनुहोस् सहभागी

जेनस सोलुसनले स्टार्टअप कम्पनीहरुलाई ५ लाख भन्दा बढी रुपैयाँ अर्थात ५ हजार डलर बरा…

सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्युआर भुक्तानीलाई …

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुल…

अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने

अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने भएको छ । गूगलले यो नीति ज…

गूगलले सार्वजनिक गर्‍यो शर्ट भिडियो प्लेटफर्म थ्रेडिट

गूगलले कामका लागि थ्रेडिट भन्ने शर्ट भिडियो प्लेटफर्म सार्वजनिक गरेको छ । यो गूगल ए…

क्रोमबाट थर्ड पार्टी कुकिजहरु हटाउँदै गूगल

गूगलले सन् २०२२ सम्ममा क्रोमको थर्ड पार्टी कुकिजहरुलाई हटाउने भएको छ । यसले गूगलको…

मलेखु बजार बन्यो डिजिटल बजार, अबदेखि हरेक पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिने 

पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर…

ट्वीटरको आइओएस एपमै अब युट्युबको भिडियो हेर्न सकिने

अब ट्वीटरको आइओएस एपमै युट्युबको भिडियो हेर्न सकिने भएको छ । योे फिचरको नाम युट्य…

काठमाडौंमा एटीएम मेसिन फाेड्दै गरेकाे अवस्थामा एक जना पक्राउ

काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन ‘फोड्दा फोड्दै’ एक जना पक्राउ परेका छन् ।

अमेरिकी नागरिक हुँ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईसेवा, आईएमई पे वालेटको दुरुपयोग गरी आफू अमेरिकाको नागरिक हुँ भन्दै बिभिन्न व्यक्तिहरु…

सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा, सिसिटिभी, ट्राफिक लाइट, राडार सिस्टम अब एकै ठाउँमा

सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा आएको छ । बुधबारदेखि ललितपुरको कुपण्डोलमा …

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा, एकैदिन दुई नयाँ आउटलेट सञ्चालनमा

नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले…

दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने भएको छ । साइबर सेक्…

विद्युतीय राहदानी चाँडै वितरण गरिने

नेपालमा विद्युतीय राहदानी चाँडै वितरण गरिने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको र…