अपडेट
स्मार्टडोकोको तिहार अफर, ब्रान्डेड सामान खरिद गर्दा ६० प्रतिशतसम्मको छुट पाइने
ईकमर्स कम्पनी स्मार्टडोले चाडपर्वको अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर सार्वजनिक गरेको छ । कम्पनीले तिहारको समयमा स्मार्टडोकोबाट सामसङ, बाल्ट्रा, अक्सेमबर्ग, सीजी, टिपटप, ब्ल्याक एन्ड डेकर, हर्नबुल, भर्जिन्स, लुमिनार्क जस्ता ब्रान्डका समान खरिद गर्ने ग्राहकलाई ६० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो ।
यसपटक ग्राहकहरूले भाइको कोसेली, बहिनीलाई उपहार, धन्तेरस, घरमा तिहार जस्ता छुटका विभिन्न विकल्प प्राप्त गर्नेछन् । स्मार्टडोकोले ‘हाम्रो स्मार्ट तिहार’ अफरमा आफ्ना ग्राहकलाई इलेक्ट्रोनिक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ ।
ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरू स्मार्टडोकोको वेबसाइट तथा एप बाट अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोमा दश हजारभन्दा बढी प्रडक्टहरू रहेका छन् ।
ग्राहकले कोभिड-१९ का लागि आवश्यक सामग्री, फुड तथा ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर गरी दश फरक क्याटेगोरीका सामानहरू खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा सोही दिन सामानको डेलिभरी पाउने कम्पनीले जनाएको छ ।
स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोड भित्र निःशुल्क डेलिभरी र रिङरोड भन्दा बाहिर निकै कम शुल्कमा सामान डेलिभरी सुविधा पाउने बताइएको छ । यो अफर १२ कात्तिक २०७८ देखि १६ कात्तिक २०७८ सम्म लागू हुनेछ ।
अपडेट
दराजको ११.११ फेस्टिभल : ११ लाख उत्पादन, ५ करोड रुपैयाँ छुट !
अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल र विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११…
दुई विधामा ‘वर्ल्ड कम्युनिकेसन’ अवार्डबाट एनसेल सम्मानित
एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधामा सम्म…
फेसबुकको कर्पोरेट नाम ‘मेटा’ मा परिणत, नयाँ तरिकाले हुँदैछ रिब्राण्डिङ
फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । स्थापनाको १७ वर्षपछि बिहीबार फेसबुक…
अब आइफोनका लागि नेपाल टेलिकमले डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने
नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पल…
Bhatbhateni Supermarket to accept QR code payments from today onwards
विजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएकी छन् । स्वार…
निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य
निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य भएको छ । यसैसंगै अब द डुअर्स नेपालले न…
Top 5 Announced at ICT Awards 2021
“डिजिटल साक्षरता अभियान” ले टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल साक्षरता सम्बन्धि…
हाम्रोपात्रोमा बोर्ड अफ डिरेक्टरको अध्यक्षको रुपमा जोडिए रुद्रप्रसाद पाण्डे
पछिल्लो समय बैंकिङ तथा भुक्तानीको क्षेत्रमा विद्युतीय प्रणालीको प्रयोगमा तीव्रता आएको…
त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको परीक्षणको रिपोर्ट अब देखि अनलाइनमार्फत उपलब्ध
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले प्रयोगशाला परीक्षणको रिपोर्ट अब द…
कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता
कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच व्यव…
यातायात व्यवस्था विभागलले गर्याे सवारीचालक अनुमति पत्र खुल्ला, दैनिक करिब पाँच हजार आवेदन मात्र संकलन गरिने
यातायात व्यवस्था विभागले आज अर्थात मंगलबारदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्…