अपडेट
विन्डोज ११ मा अब एन्ड्रोइड एप पनि चलाउन सकिने
विन्डोज ११ मा अब एन्ड्रोइड एपहरु चलाउन सकिने भएको छ । माइक्रोसफ्टले हिजो आयोजना गरेको आफ्नो ‘वाट्स नेक्सट फर विन्डोज ईभेन्ट’ मा कम्पनीले नयाँ विन्डोज ११ ओएस सार्वजनिक गरेको हो ।
यमा धेरै नयाँ र आकर्षक सुविधा थप गरिएको छ । विन्डोज ११ मा अब एन्ड्रोइड एपहरु चल्ने हुँदा यो स्टार्ट मेन्युसँग पनि एकीकृत गरिएको छ ।
यो फिचर अमेजन र ईन्टेलको सहकार्यमा माइक्रोसफ्टले ल्याएको छ । यो टास्कबारमा आफ्नै छुट्टै आईकनका साथमा आउने छ । एन्ड्रोइड एपहरु डेस्कटप शर्टकटसँग पनि लञ्च हुनेछ ।
यी एपहरु माइक्रोसफ्ट स्टोरमा उपलब्ध हुनेछन् तर प्रयोगकर्ताहरुले यसलाई अमेजन एप स्टोरबाट पनि डाउनलोड गर्न सक्नेछन् ।
माइक्रोसफ्टले यो फिचरलाई सम्भव पार्न इन्टेल ब्रिज प्रविधिको प्रयोग गरेको छ । यसले गर्दा एन्ड्रोइड एप एकीकृत गर्ने प्रक्रिया अझै ‘सिमलेस र स्मुथ’ भएको कम्पनीले बताएको छ ।
एन्ड्रोइड एपहरु एएमडी प्रणालीमा पनि चल्ने कम्पनीले बताएको छ । एन्ड्रोइड एपले गर्दा मोबाइलका लागि अझै राम्रो ओएस हुने भएको छ ।
अहिले यस ओएसको अनआधिकारिक भर्सनहरु उपलब्ध रहेका छन् तर यो स्टेबल भर्सन भएकाले उपकरणलाई क्षति पुर्याउन सक्छ । विन्डोज ११ ओएसको बेटा भर्सन अर्काे हप्ता देखि उपलब्ध हुने भएको छ ।
अपडेट
सजेस्टेड पोष्ट फिचरको परीक्षण गर्दै इन्स्टाग्राम
इन्स्टाग्रामले फिड भरि ‘सजेस्टेड पोष्ट’ राख्ने फिचरको परीक्षण गरिरहेको छ । यसले प्लेट…
दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा बिलियन डलर ह्याक भएपछि संस्थापक फरार
दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा ३.६ बिलियन डलर ह्याक भएपछि दुई जना …
ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा आवद्ध
ओपोले एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो सम्ल…
विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक मृत भेटिए
विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक जोन म्याकफी मृत भेटिए…
कोरोना महामारीले ६ गुणा बढ्यो राउटरको आयात
कोरोना महामारीका कारण राउटरको आयात ६ गुणाले वृद्धि भएको छ । महामारी शुरू भएपछि…
वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारू
वर्ल्डलिंकको इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ । कम्पनीको मुख्य इन्टरनेट …
वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध, चाँडै सुचारू हुने
वर्ल्डलिंकको इन्टरनेट सेवामा समस्या देखिएको छ । कम्पनीको मुख्य इन्टरनेट गेटवे राउटरम…
फेसबुकको अडियो फिचर अमेरिकामा सार्वजनिक, के के छन् सुविधा ?
फेसबुकले क्लबहाउस जस्तै सुविधा भएको अडियो फिचर अमेरिकामा सार्वजनिक गरेको छ । अह…
टेलिकमले भन्यो, ‘समस्या आए न्यूनतम समयमा सेवा सुचारु गर्न सधैं तत्पर छौं’
नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका…
माइक्रोसफ्ट एजबाट अब डिभाइसहरु बिचमा वेबपेज शेयर गर्न सकिने
माइक्रोसफ्ट एजले विभिन्न डिभाइसहरु बिचमा वेबपेज सेयर गर्न दिन थालेको छ । माइक्रोसफ्…
अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्दै टाइड
टाइडले अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्ने भएको छ । अन्तरिक्ष यात्रीह…
११ विधामा आइसिटी अवार्डको अनलाइन नोमिनेशन शुरू, कुन विधामा कसले दिन सक्छन् ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डक…
क्लबहाउसमा म्यासेजिङ फिचर आउँदै
क्लबहाउसले म्यासेजिङ फिचर लिक गरेको छ । अहिलेसम्म एपले स्पोटिफाई, फेसबुक जस्ता एपल…
टिकटकले क्रियटरलाई मिनी एप राख्न दिने
टिकटकले क्रियटरहरुलाई भिडियोमा मिनी एप राख्न दिने भएको छ । प्रयोगकर्ताहरुले जम्प भ…
१३ दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त
सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त भएकी छन् । मन्त्री नियुक्त भएको १…