अपडेट
नाष्टले बनाएको अक्सिजन सिलिण्डर उत्पादन गर्न चौधरी ग्रुप इच्छुक
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमै बनाएको अक्सिजन सिलिण्डर उत्पादन गर्न चौधरी ग्रुपले चासो देखाएको छ । नाष्टले रिसर्च एण्ड डेभलपमेन्टको काम गरिरहेको अक्सिजन सिलिण्डरमा लगानी गर्न नेपालका चौधरी ग्रुपले चासो देखाएको हो ।
अक्सिजन सिलिण्डरमा चौधरी ग्रुपसँगै युएनडिपीले पनि चासो देखाएको छ । नाष्टका वरिष्ठ प्राविधिक डा. इन्जिनियर शंकर ढकालले चौधरी ग्रुप र युएनडिपी नेपाल मै अक्सिजन सलिण्डरमा उत्पादन गर्ने काममा सपोर्ट गर्न इन्छुक रहेको बताए ।
‘यो महामारीमा नाष्टले गरिरहेको काममा कसरी सपोर्ट गर्न सकिन्छ भनेर उहाँहरु कम्युनिकेट गरिरहनु भएको छ,’ ढकालले आइसिटी समाचारसँग भने, ‘मलाई लाग्छ अब फन्डिङको लागि चाहिं समस्या हुँदैन् । अक्सिजन सिलिन्डरमा लगानी गर्ने कुरा र वितरण गर्ने कुरामा उहाँहरु इन्छुक हुनुहुन्छ ।’
नाष्टले सोमबार रातिमात्रै नेपालमै अक्सिजन सिलिण्डर उत्पादनको दोस्तो परीक्षण सफल रूपमा सम्पन्न गरेको छ । दोस्रो परीक्षण सफल भएसँगै अब मास उत्पादनमा जान तयार भएको ढकालले जानकारी दिए ।
नेपालमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर अक्सिजन सिलिन्डर बनाइएको हो । ‘पहिलो परीक्षणबाट मास उत्पादनमा जान हामी अलिकति डराएका थियौं । सेकेण्ड चरणको परीक्षण गरेर मात्रै मास उत्पादनमा जानुपर्छ भन्ने थियो,’ ढकालले आइसिटी समाचारसँग भने, ‘अब हामी ढुक्क भएका छौं । हामी अब नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्छौं ।’
नाष्टले नेपालमै पहिलोपटक अक्सिजन सिलिन्डर टेष्टका लागि ‘टेष्ट सेटअप’ समेत बनाएको छ । अब उत्पादन भएको सिलिन्डर नाष्टमै परीक्षण गर्न सकिन्छ ।
अपडेट
चालक मजदूरको परिवारलाई निःशुल्क शिक्षा तथा राहत दिदै राइड शेयरिङ कम्पनी इजी ट्याक्सी
राइड शेयरिङ्ग कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजग…
जेनेस सोलुसनमा बिजनेस अक्सिजनको साढे ५ करोड लगानी, नेपालका लागि नयाँ सीईओमा पोखरेल नियुक्त
जेनेस सोलुसनमा साढे ५ करोड नयाँ लगानी थपिएको छ । वर्ल्ड बैंक ग्रुप अन्तर्गतको कम्पन…
डिशहोममा नयाँ रियालिटी शो ‘हिपहप ब्याटल’ प्रसारण हुँदै
डिशहोमले हिपहप ब्याटल नामक नयाँ रियालिटी शो प्रशाण गर्ने भएको छ । शुशिला आर्टस् एक…
महामारीको समयमा नेपालसहित विभिन्न देशका ग्राहकसँग निकटमा रहेर काम गर्दै ह्वावे
अग्रणी सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सोलुसन र सेवा प्रदायक ह्वावेले शनिबार डार्…
कोरोना संक्रमणमा मोबाइल व्यवसाय उच्च, दश महिनामा भित्रिए ३२ अर्बका मोबाइल सेट
मुलुकमा कोरोना संक्रमणले अर्थतन्त्रलाई प्रतिकुल प्रभाव पारिरहेको बेला दूरसञ्चार सेवा…
स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । …
भर्चुअल रूपमा सम्पन्न भयो नेपाल प्रहरीको वैशाख महिनाको मासिक कार्य प्रगति समीक्षा
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको वैशाख महिनाको मा…
स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका लागि लुगा स्क्यान गर्न दिने
स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका निम्ति लुगाहरु स्कयान गर्न दिन्छ । नयाँ अ…
चीनको जुरोङ रोभर मङ्गल ग्रहको सतहमा चल्न थाल्यो
चीनको पहिलो मङ्गल ग्रह रोभर ग्रहको सतहमा चल्न थालेको छ ।
दक्षिण कोरियाको म्युजिक ब्याण्ड बिटिएसले आफ्नै रेकर्ड तोडेर २४ घण्टामा विश्वकै सबैभन्द…
चुनावमा ड्रोन र सिसी क्यामेरा प्रयोग हुन्छ –प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावलाई निस्पक्ष बनाउन प्रविधिको गर्ने बताएका छन् ।
‘इसेवा भर्चुअल फिस्टा’ सुरू, दशहजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने
निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ …
सबै स्वास्थ्यकर्मीहरुलाई अब टेलिकमको एक महिनासम्म निःशुल्क भ्वाइस कल
कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात ख…
गूगलले पनि रिटेल स्टोर खोल्ने
गूगलले पनि अब रिटेल स्टोर खोल्ने भएको छ । न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसल ग…
ग्यापुको जि-क्यास अफर
अनलाइन शपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकह…