कीवर्डहरू -

अपडेट

यसरी लिनुहोस् टेलिकमको ब्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजको सुविधा

निषेधाज्ञाको समयमा घरमै बसेर वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने अवस्थामा छ ।

भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न र गराउन सकिने पनि टेलिकमले जानकारी दिएको छ ।

नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ब्यालेन्स ट्रान्सफर, रिचार्ज र गिफ्ट प्याकेजको सुविधा कसरी र प्याकेजको बारेमा जानकारी दिएको छ ।

व्यालेन्स ट्रान्सफर

नेपाल टेलिकम एपमा उपलब्ध ‘व्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशन अनुसार व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले ] *422*Security Code*Mobile Number*Rupees# डायल गरेर पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट SCODE लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । यहाँ व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ । यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको व्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ ।

रिचार्ज कार्डको प्रयोग

बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न *412*pinnumber# डायल  गर्न सकिन्छ । यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशन बमोजिम गर्नुपर्दछ ।

गिफ्ट प्याकेज

नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप  आफन्त वा साथीभाईलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ ।

यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ । नेपाल टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ ।

विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ ।

यसैगरी यहाँ क्लिक गरी गएर पनि रोजिएका प्याकेजहरु साथीभाई र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यसरी गिफ्ट दिंदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट व्यालेन्स रकम काटिन्छ ।

मोबाइल बैंकिङ

हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् । मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

अनलाइन रिचार्ज

बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाईको नम्बरमा व्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ ।

यसका लागि यहाँ क्लिक गर्नु पर्दछ । यही लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पे जस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ ।

विभिन्न डिजिटल वालेटको प्रयोग

नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ । हाल नेपालमा प्रचलित ई–सेवा, खल्ती, आइएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन् । विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरीदिने प्रचलन हाल बढ्दो छ ।

एमपोस पिनलेस रिचार्ज

नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तैः स्टेसनरी पसल)ले ग्राहकको मोबाइलमा सिधै व्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ । आफूले व्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सिधै त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्दछन् ।

सेल्फ केयरको प्रयोग

नेपाल टेलिकमको वेबसाइट मा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ । सेल्फ केयर एकाउन्ट प्रयोग गर्न सबभैन्दा पहिले रजिष्टर गर्नुपर्छ । रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ ।

सेल्फ केयरमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । यसैबाट आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध व्यालेन्स सम्बन्धी जानकारी लिन पनि सकिन्छ ।

अपडेट

चन्द्रागिरीको एक आइसोलेसन केन्द्रलाई क्लासिक टेकको नि:शुल्क इन्टरनेट

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भू…

आईफोनमा भीओएलटिई खुलाउन एप्पलका सीईओलाई टेलिकमको इमेल

नेपाल टेलिकमले सोमबार नेपालमै पहिलोपटक फोरजी प्रविधिमा आधारित उच्च गुणस्तरीय आवा…

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई करूणा फाउन्डेसनले दियो ११० अक्सिजन कन्सनट्रेटर

करूणा फाउन्डेसन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई ११० वटा अक्सिजन कन्सनट्रेट…

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आईटीको प्रयोग गर्न क्यान महासंघको आग्रह

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सु…

एन्ड्रोइड १२ को बेटा डाउनलोड गूगल प्ले स्टोरमा उपलब्ध 

आज देखि गूगल प्ले स्टोरमा एन्ड्रोइड १२ सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध भएको छ …

प्रेम सम्बन्धबारे अनुसन्धान चलिरहँदा बिल गेट्सको कम्पनी बोर्डबाट राजीनामा

प्रेम सम्बन्ध बारे अनुसन्धान हुनथालेपछि बिल गेट्सले गत वर्ष माइक्रोसफ्टको कम्पनी बोर्डब…

प्यालेस्टाइनका रकेट आकाश मै नस्ट गर्ने इजरायलको ‘आइरन डोम’, कसरी काम गर्छ ? 

इजरायल र प्यालेस्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । इजरायलको आक्रमणमा २ सयभन्दा बढी प्…

एआईबाट सञ्चालन हुने विश्वकै पहिलो इन्टेलिजेन्ट जहाज मे फ्लावर ४०० को विकास

मे फ्लावर ४०० नामक स्वायत्त जहाज मान्छेबिनानै एटलान्टिकमा यात्रा गर्नेछ । यसले बेलाय…

टेलिकमको भीओएलटिई सेवा लिन के कुरा गर्ने दुबै जना यो सेवामा जोडिनु पर्छ ? 

नेपाल टेलिकमले सोमबारदेखि भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा सुरू गरेको छ ।

लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेशको घोषणा

विश्वब्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले  लाईसेन्सरका रुपमा एचईभीसी एडभा…

फाइभजीको लागि ६ गिगाहर्जको लाइसेन्स दिन जीएसएमएद्वारा सरकारहरुलाई आग्रह

सरकारहरुलाई ६ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स दिन नसकेमा फाइभजीको ग्लोबल भविष्य जोखिम…

स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुँदै

स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरु…

ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि विकास

ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि …

दोस्रो दिनमा ५ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटिई सेवा, ९० हजार सिममा एक्टिभेट 

नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा दोस्रो दिनमा ५ हजार मोबाइल सेटम…

एन्ड्रोइड १२ मा नोटिफिकेसन र विजेटमा परिवर्तन आउँन सक्ने

एन्ड्रोइड १२ मा अब नोटिफिकेसन र विडजेटमा परिवर्तन आउँन सक्ने भएको छ । यसको बारेमा…