अपडेट
एप्पललको आजको इभेन्टमा के के हुँदैछन् सार्वजनिक ?
आज साझ एप्पल ईभेन्ट आयोजना गर्दै छ । एप्पलले वार्षिक रुपमा तीन देखि चार ओटा कार्यक्रमहरु आयोजना गर्ने गर्दछ र सेपटेम्बर महिना आईफोन सार्वजनिक हुनका लागि प्रख्यात रहेको छ ।
एप्पलले सन् २०२१ मा दुई ओटा कार्यक्रम गरिसकेको छ । पहिलो कार्यक्रम अप्रिलमा भएको थियो जसमा एप्पलले नयाँ आईप्याड अपग्रेड, रङ्गीबिरङ्गी आईम्याक, एयरट्याग ट्रयाकर, आईफोन १२ र अरु केही उपकरणहरु सार्वजनिक गरेको थियो ।
त्यसको दुई महिना पछि वार्षिक डब्लुडब्लुडीसी विकासकर्ता कार्यक्रममा आईओएस १५ को पहिलो लुक, म्याक ओएस, वाच ओएस ८ र आईप्याड ओएस १५ सार्वजनिक गरेको थियो । एप्पलको तेस्रो अर्थात आजको कार्यक्रमबाट के के सार्वजनिक हुँदैछन् भनेर जानकारी दिदैछौं ।
१. आईफोन १३
आईफोन १३ मा चार ओटा फोन हुने अनुमान लगाइएको छ, जसमा आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ म्याक्स रहनेछन् । आईफोन १३ नयाँ डिजाइन, अपग्रेड गरिएको क्यामेरा, ब्याट्री र स्पेक्ससँग आउनेछ ।
२. एप्पल वाच ७
एप्पल वाच ७ मा नयाँ की फिचर, पातलो रिडिजाइन गरिएको बनावट, ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ । यो डब्लुडब्लुडीसी विकासकर्ता कार्यक्रममा सार्वजनिक भएको वाच ओएस ८ सँग आउनेछ ।
३. एयरपड ३
एयरपड ३ ले यो वर्ष अपडेट पाउनेछ । एयरपड ३ को एयरपड प्रो जस्तै स्पाटियल अडियोको फिचर हुने बताइएको छ ।
४. आईप्याड मिनी ६
आईप्याड मिनी लाई यो वर्ष रिडिजाइन गरेर आईप्याड मिनी ६ को रुपमा सार्वजनिक गरिनेछ ।
५. नाइन्थ जेनेरेसन आईप्याड
एप्पलको आईप्याडलाई नाइन्थ जेनेरेसनले अपग्रेड गरिनेछ । यो पातलो मोडेल र सुधारिएको प्रोसेसर हुनेछ ।
६. नयाँ म्याकबुक प्रो, म्याक प्रो, म्याक मिनी, आईम्याक र एप्पल डिस्प्ले
एप्पलले गत साल एम वान नामक आफ्नै चिप बनाएर म्याक पावर गर्ने बताएको थियो । एप्पलले म्याकबुक प्रो र म्याक प्रोका लागि पनि प्रोसेसकको नयाँ भर्सन ल्याउने आशा गरिएको छ । एप्पलले प्रो डिस्प्ले एक्सडीआरको पनि अझै सस्तो भर्सन सार्वजनिक गर्न सक्नेछ ।
एप्पलको आजको इभेन्टको लाइभ एप्पलको वेबसाइट र एप्पल टिभीबाट हेर्न सकिन्छ ।
अपडेट
डेस्कटपका लागि गूगल सर्चमा डार्क मोड उपलब्ध
गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्च होमपेजले अहिले सम्म विभिन्न परिवर्तन…
अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२
एन्ड्रोइड १२ अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । अहिले सम्म गूगलले आधिकारिक रुपमा…
ओमानमा हुने ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने
नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक…
बुधबारदेखि मेसिन लर्निङ तथा डेटा साइन्समा राष्ट्रिय वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप आयोजना हुने भ…
पठाओको दशैं महोत्सव: राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका
राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र स…
पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गाले देखायो मङ्गल ग्रहमा पानीको संकेत
पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गा नमुनाले मङ्गल ग्रहमा लामो समयदेखि पानी रहेक…
गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान
गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । अहिले सम्म गूगल वानमा १० डलर प्र…
रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नेपाल पेमेन्ट सोलुसनले सार्वजनिक गर्यो प्लेटफर्म
नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेर रेमिट्यान्स…
गूगलले हङकङ अधिकारीहरुसँग प्रयोगकर्ताहरुको डेटा शेयर गरेको खुलासा
गूगलले हङकङ अधिकारीहरुलाई प्रतिबन्ध हुँदाहुँदै पनि डेटा दिएको छ । चिनियाँ सरकार…
मोटरसाइकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी
एप्पलले मोटरसाईकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी दिएको छ । म्याक …
सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ग्रोडेलीमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद…
अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा, यसरी गर्नुहोस् प्रयोग
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज’ र ‘क्याल…