अपडेट
काठमाडौं उपत्यकाको थप २ ठाउँमा ट्राफिक लाइट जडान
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै शुक्रबारबाट महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।
ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रशालीक र कामना सेवा विकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाईट जडान गरी संचालनमा ल्याएको हो ।
नयाँ जडान गरिएको महेन्द्रशालीक चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका हुन् भने नक्साल भगवतीको ट्राफिक लाईट एसएसपी भट्टराई र बैंकका सिईओ प्रबिन बस्नेतले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए ।
‘हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौं । यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं,’ उनले भने, ‘आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ ।’
प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको उनी बताउँछन् ।
कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए ।
पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरुमा ट्राफिक लाईट जडान र अन्य कार्यहरुमा सहकार्य एव सहयोगी बन्ने समेत बताए ।
बैंकका सिईओ बस्नेतले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईट महत्वपुर्ण सहयोगी बन्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा ट्राफिक व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय एव सहकार्य गर्दै जाने बताए ।
उद्घाटन कार्यक्रममा महाशाखाका प्रमुख, स्थानिय निकायका पदाधिकारीहरू, सहयोगी संस्थाका पदाधिकारीहरू र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागी समन्वय एव सहकार्य भैरहेको महाशाखाले जनाएको छ ।
ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।
अपडेट
शनिबार २ घण्टा आरटीजीएस खुला रहने
भोलि शनिबार पनि आरटीजीएस सेवा खुला रहने भएको छ ।
‘विक…
गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने
गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने बताएक…
स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कृष्ट डिजिटल बैंकको अवार्ड
स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडले बेस्ट डिजिटल बैंकको अवार्ड पाएको छ । बेलायत…
वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप
सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…
बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशत सम्म छुट
बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड…
विश्व विद्युतीय गाडी दिवसको अवसरमा निशानले आयोजना गर्यो दक्षिण एसियामा ग्रीन मिशन सेसन
विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजा…
नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी
नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानू…
करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय
एक जना अमेरिकी क्यानेडियनले अनैतिक रुपमा करौडौँ डलर धनराशि चारेकोमा ११ वर्ष जेल…
एन्ड्रोईड १२ बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध
एन्ड्रोईड १२ बेटा अब प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ । यो भनेको प्रयोगकर्ताहरुका…
ओपो ह्याक २०२१ सम्पन्न
ओपो ह्याक २०२१ सम्पन्न भएको छ । जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्…
चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघ…
साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा
नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको साथीमार्टले काठ…
दराजले सार्वजनिक गर्यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर
दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकह…
पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा
डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँब…
मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार
मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा …