कीवर्डहरू -

अपडेट

मानव बेचबिखन विरुद्धको अभियान शुरू गर्दै स्कलर्स स्पेस

मानव बेचबिखन अनुसन्धान ब्यूरो  र माईती नेपालको सहकार्यमा स्कलर्स स्पेसले १  महिना लामो मानव बेचबिखन विरुद्ध र मानव  बेचबिखनको पिडितलाई टेवा पुग्ने अभियान सुरु गर्ने भएको छ । यो अभियान असार १५ गतेदेखि साउन १५ सम्म सञ्चालन हुनेछ ।

यस अभियानमा आईटी स्टुडेन्ट्स अफ नेपाल र जेनेस क्लाउड एकेडेमी सहजकर्ताको रूपमा तथा सिस्टरहूड नेपाल प्रभाव साझेदारको रूपमा जोडिएका छन् ।

यस १ महिने अभियानमा मानव  बेचबिखन विरुद्ध जागरुक्ता फैलाउनका लागि विभिन्न टक सो, प्यानल डिस्कसनहरु हुनेछन । विभिन्न खेलाडी, समाजका परिवर्तकहरु र विभिन्न समाजसेवीहरु मानव बेचबिखन विरुद्धमा आफ्नो आवाज उठाउने स्कलर्स स्पेसले जनाएको छ ।

समाजलाई केहि दिनुपर्छ भन्ने मुलभावका साथ यस १ महिने लामो अभियानमा करिव २५ वटा ट्रेनिंग सेसनहरु हुनेछन् ।

विभिन्न विधामा संचालन गरिने ट्रेनिंगहरु स्कलर्स स्पेसको वेबसाईटमा गएर रजिस्टर  गर्न सकिनेछ । धेरै ट्रेनिंग हरु निःशुल्क रहेको र केही न्युनतम शुल्कमा संचालन हुनेछन् ।

यी ट्रेनिंगहरु तपाईले रजिस्टर गरेपछि तोकिएको मितिबाट जुमबाट संचालन हुनेछन् । यी ट्रेनिंगबाट उठेको पैसा श्रावण १५  गते (अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस) का दिन माईती नेपाललाई हस्तान्तरण गरिनेछ ।

कम्पनीका अनुसार यो अभियान केहि नारासहितको अभियान  मात्रै हैन, आफू संगसंगै सिंगो समाजलाई सचेत र क्षमतावान बनाउने प्रयास हो ।

साथै आयोकले सबै सामाजिक आभियानता, सामाजिक संस्था, समाजका परिवर्तक, युवाका प्रेरणाका श्रोतहरु , लेखकहरु, विद्यार्थीहरु र समग्र नेपाली मनहरुलाई यस अभियानमा सामिल भई, मानव बेचबिखन विरुद्ध आवाज उठाउन हुन अनुरोध गरेको छ ।

यो अभियान ‘युथ एक्सन फर अवेयरनेस ’ #Youaa  को नाराबाट अगाडी बढ्नेछ । यस अभियान बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

अपडेट

माछापुच्छ्रे बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

दराजले ‘बैंक डे अफर’का लागि माछापुच्छ्रे बैंकसँग साझेदारी गरेको छ । यो साझेदारी…

माइक्रोसफ्टको अध्यक्षमा सीईओ सत्य नाडेला नियुक्त

माइक्रोसफ्टको अध्यक्षमा सत्य नाडेल नियुक्त भएका छन् । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधि…

काठमाडौं आइपुगे विश्व बैंकले उपलब्ध गराएका ९८२ अक्सिजन कन्सनट्रेटर

विश्व बैंकको आर्थिक सहयोगबाट प्राप्त ९८२ अक्सिजन कन्सनट्रेटर नेपाल आइपुगेका छन् । दश लिटरका उक्त अक्सिजन कन्सन्ट्रेटर शनि…

फेसबुकमा थप हुँदै पोडकास्ट फिचर

अब फेसबुकमा पोडकास्ट सुविधा पनि थप हुने भएको छ । जुन २२ अर्थात आगामी मंगलबारदेख…

को हुन् क्लबहाउसको लोगोमा राखिएकी महिला ? 

के तपाईंले क्लबहाउस एप डाउनलोड गर्नुभएको छ ? छ भने पक्कै पनि क्लबहाउसको लोगोमा एक…

इन्स्टाग्रामका प्रयोगकर्ताले समूहमा कोष जम्मा गर्न फण्डरेजिङ प्रयोग गर्न पाउने

इन्स्टाग्रामका प्रयोगकर्ताहरुले अब समूहमा कोष जम्मा गर्नलाई फण्डरेजिङ उपकरण प्रयोग गर्न…

अन्तरिक्षबाट यस्तो देखियो नेपाल 

अन्तरिक्षबाट नेपाल कस्तो देखिन्छ होला भन्ने धेरैको मनमा खुल्दुली हुन सक्छ । नेपालस्थि…

स्न्यापच्याटले हटायो स्पीडोमिटर फिल्टर

स्न्यापच्याटले कानूनी समस्या आएकपछि स्पीडोमिटर नामक फिल्टरलाई हटाएको छ । यो फिचल्टरल…

घरबाट काम गर्नलाई अझ सहज बनाउन माइक्रोसफ्टले ल्यायो ह्वाइटबोर्ड एप

माइक्रोसफ्टको पछिल्लो ह्वाइटबोर्ड एपले घरबाट काम गर्नलाई अझै सहज बनाएको छ । यो ह्वाई…

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड रूपैयाँ (१८० मिलियन) लगानी गर्ने…

माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै

कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डि…

आधिकारिक रुपमा एकीकृत भए वानप्लस र ओप्पो

वानप्लस र ओप्पो कम्पनी अब आधिकारिक रुपमा एकीकृत भएका छन् । केही समय देखिनै यी दुइ…

फेसबुकले पत्ता लगाउन सक्छ अब ‘डिप फेक’, कहाँबाट बनाइएको भन्ने पनि थाहा हुने

फेसबुक विश्वव्यापी समस्याका रुपमारहेको ‘डिप फेक’ पत्ता लगाउने प्रविधिको विकास गरेक…

कोरोनाको गलत सूचना चिर्दै नेपाल कोभिड सर्पोट डटकम, सेवा लिएर ‘थम्सअप’ गर्नुहोस्

मुलुकमा कोरोना महामारी शुरू भएसँगै विभिन्न गलत सूचनाहरु फैलिए । अझ फेसबुक, युट्…

शुरू भयो नयाँ ई-कमर्स कम्पनी किन्नी हो डटकम, एक महिनासम्म निःशुल्क डेलिभरी

दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउँबा…